गायक टंक तिमिल्सिना अस्ट्रेलिया प्रस्थान गौरा पर्व २०२५ मा धमाकेदार प्रस्तुति दिने तयारी

 — लोकप्रिय गायक टंका तिमिल्सिना हिजो अष्ट्रेलियातर्फ प्रस्थान गरेका छन्। अष्ट्रेलियामा आयोजना हुने गौरा पर्व २०२५ कार्यक्रममा आफ्नो विशेष प्रस्तुति दिने उद्देश्यले उनी प्रस्थान गरेको उनको टोलीले जनाएको छ।

यस वर्षको गौरा पर्व अष्ट्रेलियामा भव्य रूपमा मनाइनेछ, जहाँ टंका तिमिल्सिना मुख्य आकर्षणका रूपमा रहनेछन्। उनले अष्ट्रेलियाको सिड्नी (३० अगस्ट), मेलबर्न (३१ अगस्ट) र ब्रिस्बेन (९ सेप्टेम्बर) मा आफ्नो दमदार प्रस्तुति दिनेछन्।

प्रस्थान अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुरा गर्दै तिमिल्सिनाले भने,

“अष्ट्रेलियामा बस्ने नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई आफ्नो गीत, संगीत र प्रस्तुति मार्फत नेपालीपनको स्वाद दिलाउनेछु। धेरै महिनादेखि यसका लागि तयारी गरेको छु, दर्शकलाई केही नयाँ र अविस्मरणीय अनुभव दिने वाचा गर्दछु।”

यस वर्षको कार्यक्रमलाई अझ रोचक बनाउन तिमिल्सिनाले आफ्ना चर्चित हिट गीतहरूसँगै अष्ट्रेलियाली दर्शकका लागि विशेष रूपमा तयार पारेका केही नयाँ गीतहरू पनि प्रस्तुत गर्नेछन्। साथै, कार्यक्रममा गायक चक्र बम पनि सहभागी हुने भएकाले गौरा पर्व २०२५लाई अष्ट्रेलियामा बस्ने नेपाली समुदायले सांगीतिक महोत्सवको रूपमा अनुभव गर्ने अपेक्षा गरिएको छ।

अष्ट्रेलियामा बस्ने नेपाली समुदायले टंका तिमिल्सिनाको आगमनलाई लिएर सामाजिक सञ्जालमा उत्साह व्यक्त गरिरहेका छन्। उनका प्रशंसकहरूले लामो समयदेखि प्रतीक्षा गरिरहेको यो कार्यक्रम अष्ट्रेलियामा बस्ने नेपालीहरूका लागि विशेष क्षण बन्ने देखिन्छ।

ताजा खबर

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?