गायक टंक तिमिल्सिना अस्ट्रेलिया प्रस्थान गौरा पर्व २०२५ मा धमाकेदार प्रस्तुति दिने तयारी

 — लोकप्रिय गायक टंका तिमिल्सिना हिजो अष्ट्रेलियातर्फ प्रस्थान गरेका छन्। अष्ट्रेलियामा आयोजना हुने गौरा पर्व २०२५ कार्यक्रममा आफ्नो विशेष प्रस्तुति दिने उद्देश्यले उनी प्रस्थान गरेको उनको टोलीले जनाएको छ।

यस वर्षको गौरा पर्व अष्ट्रेलियामा भव्य रूपमा मनाइनेछ, जहाँ टंका तिमिल्सिना मुख्य आकर्षणका रूपमा रहनेछन्। उनले अष्ट्रेलियाको सिड्नी (३० अगस्ट), मेलबर्न (३१ अगस्ट) र ब्रिस्बेन (९ सेप्टेम्बर) मा आफ्नो दमदार प्रस्तुति दिनेछन्।

प्रस्थान अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुरा गर्दै तिमिल्सिनाले भने,

“अष्ट्रेलियामा बस्ने नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई आफ्नो गीत, संगीत र प्रस्तुति मार्फत नेपालीपनको स्वाद दिलाउनेछु। धेरै महिनादेखि यसका लागि तयारी गरेको छु, दर्शकलाई केही नयाँ र अविस्मरणीय अनुभव दिने वाचा गर्दछु।”

यस वर्षको कार्यक्रमलाई अझ रोचक बनाउन तिमिल्सिनाले आफ्ना चर्चित हिट गीतहरूसँगै अष्ट्रेलियाली दर्शकका लागि विशेष रूपमा तयार पारेका केही नयाँ गीतहरू पनि प्रस्तुत गर्नेछन्। साथै, कार्यक्रममा गायक चक्र बम पनि सहभागी हुने भएकाले गौरा पर्व २०२५लाई अष्ट्रेलियामा बस्ने नेपाली समुदायले सांगीतिक महोत्सवको रूपमा अनुभव गर्ने अपेक्षा गरिएको छ।

अष्ट्रेलियामा बस्ने नेपाली समुदायले टंका तिमिल्सिनाको आगमनलाई लिएर सामाजिक सञ्जालमा उत्साह व्यक्त गरिरहेका छन्। उनका प्रशंसकहरूले लामो समयदेखि प्रतीक्षा गरिरहेको यो कार्यक्रम अष्ट्रेलियामा बस्ने नेपालीहरूका लागि विशेष क्षण बन्ने देखिन्छ।

ताजा खबर

बेलडाँडीमा आलु खेतीतर्फ किसानको आकर्षण, पकेट क्षेत्र कार्यक्रम प्रभावकारी

कञ्चनपुर ०२, पौष कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा रहेको सिद्ध वैजनाथ...

मेयर बोगटीः स्वर्गीय आमा–बुवाको स्मृतिमा प्रभात विद्या निकेतनलाई सहयोग

कञ्चनपुर २९, पौष  भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले...

राप्रपा बैतडीको अध्यक्षमा पुनः इन्द्रदेवशरण भट्ट चयन 

बैतडी,२८ पाैष ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बैतडीको अध्यक्षमा पुनः...

राप्रपा भीमदत्तनगर -४ वडा कमिटी अध्यक्षमा गुप्ता 

अमित ठाकुर  कञ्चनपुर, २६पाैष । राष्ट्रिय प्रजातन्त्र पार्टी भीमदत्तनगर वडा नंं...

बेदकोट ८का वडाध्यक्ष महेश जोशीको सकृयताले वडाका जनता लालपुर्जा पाउँदै 

धनसिह धामी   कञ्चनपुर, २४पुष कञ्चनपुरको बेदकोट नगरपालिका ८का लालपुर्जा बिहिन जनता...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?