ईन्सपेक्टर लोकराज भट्ट पुरस्कृत

कञ्चनपुर, साउन ७

नेपाल प्रहरीका एक प्रहरी अधिकृत उत्कृष्ट प्रहरी पुरस्कृत भएका छन । मधेश प्रदेशको पर्सा जिल्लामा कार्यरत प्रहरी निरीक्षक(ईन्सपेक्टर) लोकराज भट्ट असार महिना उत्कृष्ट प्रहरी पुरस्कृत भएका हुन । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख इन्चार्ज प्रहरी निरीक्षक भट्ट असार महिना ०८२को उत्कृष्ट ट्राफिक प्रहरी घोषित भएको जनाएको छ । प्रहरी निरीक्षक भट्टले जिल्लाभको ट्राफिक व्यवस्थापनमा देखाएको सक्रियता, अनुशासन र कामकारबाहीमा पनि प्रभावकारिता , ट्राफिक व्यवस्थापन, ह्यान्डलिङ, आकस्मिक परिस्थितिमा चाँडो निर्णय क्षमता, जनसम्पर्क, सहकार्य र प्रभावकारी नेतृत्वद्वारा विशेष पहिचान बनाउन सफल भएको जनाईएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा तथा मातहतसमेतमा उत्कृष्ट ट्राफिक व्यवस्थापन सकिएको आर्थिक वर्ष ०८१÷८२ मा विगतको आर्थिक वर्षको तुलनामा मधेश प्रदेशअन्तर्गतका आठवटै जिल्ला ट्राफिक प्रहरी कार्यालयमध्ये जिल्ला ट्राफिक प्रहरी कार्यालय वीरगन्ज पर्साले उच्च अंकमा राजस्व संकलन गर्नेमध्ये परेको प्रमाणपत्रमा उल्लेख गरिएको छ । आफ्ना जिम्मेवारीहरू कुशलतापूर्वक निर्वाह गर्दै वीरगन्जको जटिल ट्राफिक व्यवस्थापनलाई सहज बनाउन उल्लेखनीय योगदान पु¥याउँदै आएका छन । उनलाई नगद एक हजार तीन सय सहित प्रमाण पत्र पुरस्कार पनि प्रदान गरिएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, पथलैया बाराका प्रमुख एसपी राजकुमार सिलवालले बताए । एसपी अनुसार नेपाल प्रहरीका अनुसार ट्राफिक व्यवस्थापनमा उत्कृष्ट कार्य सम्पादन गर्ने उद्देश्यले मासिक रूपमा उत्कृष्ट ट्राफिक प्रहरी घोषणा गरिएको छ । पुरस्कृत भएसंगै ईन्सपेक्टर लोकराज भट्टले उत्साह थपिएको जनाउँदै आगामी दिनमा कार्य सम्पादन झन प्रभावकारी बनाउने जिम्मेबारी आएको बताए । सुदूरपश्चिम कञ्चनपुरको महेन्द्रनगर घर भएका प्रहरी निरीक्षक भट्टले यस अघि विभिन्न प्रहरी यूनिटको जिम्मेबारी कुसलतापुर्वक निर्वाह गरेका थिए ।

ताजा खबर

१० वर्षदेखि तलबभत्ता ज्येष्ठ नागरिक र असहायलाई बाँड्दै वडाध्यक्ष कुवँर

कञ्चनपुर, २४ असोज। जनप्रतिनिधि भएपछि राज्यबाट प्राप्त हुने तलबभत्ता व्यक्तिगत...

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

कञ्चनपुर, २४ असोज। महाकाली नदीमा नेपाल टेलिकमको अप्टिकल फाइबर तार...

उदयदेव सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न, उत्पादनमूलक कर्जामा जोड

कञ्चनपुर, २३ असोज  कञ्चनपुरको पुरानो सहकारी संस्थामध्ये एक उदयदेव बहुउद्देश्यीय...

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?