सार्क एजुकेशन फाउण्डेशनले थप शैक्षिक कार्यक्रम संचालन ल्याउदै

धर्म सिंह धामी
कञ्चनपुर २९ चैत ।
कञ्चनपुरको महेन्द्रनगरमा अवस्थित एक निजि विद्यालयले आउदो २०८२ नयाँ शैक्षिक सत्रदेखि थप शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याउदैछ ।
भीमदत्त नगरपालिका ४महेन्द्रनगरमा रहेको सार्क एजुकेसन फाउण्डेशन(सार्क स्कुल)ले आउँदोे नयाँ शैक्षिक सत्र ०८२ देखि थप नयाँ योजनाका साथ शैक्षिक कार्यक्रम संचालन गर्ने योजना अघि सारेको हो ।
यसका लागि विद्यालयले समर क्याम्प अर्थात विदा शैक्षिक अभियान समेत संचालन गरेको छ । शुक्रबार नयाँ बर्ष ०८२कोे शुभकामना आदान प्रदान तथा अन्तरकृया कार्यक्रम गर्दै सार्कले शैक्षिक गुणस्तर थप बृद्धि गर्दै समय सापेक्षा विद्यार्थीको चाहना प्रतिभा अनुरुप शिक्षणका कार्यक्रम संचालन गर्ने जनाएको छ । सार्क एजुकेशन फाउण्डेशन(सार्क स्कुल)का प्रमुख कार्यकारी अधिकृत(सिईओ) डा.लक्ष्मण  बस्नेतले नयाँ शैक्षिक सत्रमा थप स्तरिय ढङगले शैक्षिक कार्यक्रम संचालन हुने बताए ।
उनले विगतदेखि दिदै आएको स्तरिय शिक्षाका कार्यक्रम थप स्तरिय बनाउँदै जाने बताए । ‘हामीले विद्यार्थीको चापलाई मध्य नजर गर्दै स्कुल बस समेत थपेका छौँ, ‘उनले भने, ‘विद्यालयले विश्वव्यापी लिडरशिप विद्यार्थी बनाउने संकल्प लिएको छ ।’
एकीकृत शैक्षिक प्रणाली अनुरुप विद्यार्थीको चाहना अनुरुप अघि बढिरहेको उनले बताए । निकट भविष्यमै बहुउदेश्यीय आफ्नै विद्यालय भवन निर्माण गर्ने योजना रहेको बताए । सार्क एजुकेशन फाउण्डेशन(सार्क स्कुल)का प्रिन्सिपल अशोकराज खातीले गुणस्तर, सृजनशिलता र सस्कारयुक्त विद्यार्थी उत्पादन गर्ने विद्यालयको मुल ध्येय अनुरुप अघि बढिरहेको बताए । ‘हाम्रो उदेश्य विद्यार्थीलाई ठुलो होईन असल ज्ञानी नागरिक बनाउने हो, ‘उनले भने, ‘जो देश र समाजका लागि आवश्यक परोस ।’
प्रिन्सिपल खातीले विद्यार्थीको अतिरिक्त सिकाईदेखि अन्तरक्षमताकोे विकासका लागि समर क्याम्प अभियान समेत संचालन गरेको बताए । यसका साथै शिक्षकहरुलाई समेत विज्ञहरुबाट कक्षा संचालन गर्न लगाईने छ । समर क्याम्पका लागि आएका डिजायन थिङका प्रशिक्षक अजय यादवले पछिल्ला दिनहरुमा विज्ञान प्रविधीकोे विकासले मानिसको सृजनालाई ग्रास गरिरहेका बेला नविनतम विचारका लागि डिजायन थिङ्ग अपरिहार्य रहेको बताए । सार्क स्कुलका प्राज्ञिक निर्देशक दिपेन्द्र जोशीले विद्यालय फरकशैलीमा सृजनात्मक रुपमा अघि बढिरहेको बताए ।
उनले समय सापेक्ष अनुरुप यूनिक रुपमा अघि बढेर विद्यार्थीको चाहना अनुरुप शिक्षण सिकाईका कार्यक्रम संचालनमा जोडदिए ।
सार्क स्कुलका प्लसटु व्यवस्थापन प्रमुख जनकराज जोशीले गुणस्तरसंग कुनै सम्झौता नगरेर कार्यक्रम अघि बढिरहेको बताए । सार्क स्कुलका प्लसटु कार्यक्रम संयोजक भागवत भट्टले कार्यक्रम संचालन गर्दै बालविकासदेखि कक्षा १२सम्म विभिन्न विद्यार्थीको पढाईका अतिरिक्त चाहना अनुरुप विद्यार्थीको विकासका कार्यक्रम संचालन भईरहेको बताए ।

ताजा खबर

बेलडाँडीमा आलु खेतीतर्फ किसानको आकर्षण, पकेट क्षेत्र कार्यक्रम प्रभावकारी

कञ्चनपुर ०२, पौष कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा रहेको सिद्ध वैजनाथ...

मेयर बोगटीः स्वर्गीय आमा–बुवाको स्मृतिमा प्रभात विद्या निकेतनलाई सहयोग

कञ्चनपुर २९, पौष  भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले...

राप्रपा बैतडीको अध्यक्षमा पुनः इन्द्रदेवशरण भट्ट चयन 

बैतडी,२८ पाैष ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बैतडीको अध्यक्षमा पुनः...

राप्रपा भीमदत्तनगर -४ वडा कमिटी अध्यक्षमा गुप्ता 

अमित ठाकुर  कञ्चनपुर, २६पाैष । राष्ट्रिय प्रजातन्त्र पार्टी भीमदत्तनगर वडा नंं...

बेदकोट ८का वडाध्यक्ष महेश जोशीको सकृयताले वडाका जनता लालपुर्जा पाउँदै 

धनसिह धामी   कञ्चनपुर, २४पुष कञ्चनपुरको बेदकोट नगरपालिका ८का लालपुर्जा बिहिन जनता...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?