सार्क एजुकेशन फाउण्डेशनले थप शैक्षिक कार्यक्रम संचालन ल्याउदै

धर्म सिंह धामी
कञ्चनपुर २९ चैत ।
कञ्चनपुरको महेन्द्रनगरमा अवस्थित एक निजि विद्यालयले आउदो २०८२ नयाँ शैक्षिक सत्रदेखि थप शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याउदैछ ।
भीमदत्त नगरपालिका ४महेन्द्रनगरमा रहेको सार्क एजुकेसन फाउण्डेशन(सार्क स्कुल)ले आउँदोे नयाँ शैक्षिक सत्र ०८२ देखि थप नयाँ योजनाका साथ शैक्षिक कार्यक्रम संचालन गर्ने योजना अघि सारेको हो ।
यसका लागि विद्यालयले समर क्याम्प अर्थात विदा शैक्षिक अभियान समेत संचालन गरेको छ । शुक्रबार नयाँ बर्ष ०८२कोे शुभकामना आदान प्रदान तथा अन्तरकृया कार्यक्रम गर्दै सार्कले शैक्षिक गुणस्तर थप बृद्धि गर्दै समय सापेक्षा विद्यार्थीको चाहना प्रतिभा अनुरुप शिक्षणका कार्यक्रम संचालन गर्ने जनाएको छ । सार्क एजुकेशन फाउण्डेशन(सार्क स्कुल)का प्रमुख कार्यकारी अधिकृत(सिईओ) डा.लक्ष्मण  बस्नेतले नयाँ शैक्षिक सत्रमा थप स्तरिय ढङगले शैक्षिक कार्यक्रम संचालन हुने बताए ।
उनले विगतदेखि दिदै आएको स्तरिय शिक्षाका कार्यक्रम थप स्तरिय बनाउँदै जाने बताए । ‘हामीले विद्यार्थीको चापलाई मध्य नजर गर्दै स्कुल बस समेत थपेका छौँ, ‘उनले भने, ‘विद्यालयले विश्वव्यापी लिडरशिप विद्यार्थी बनाउने संकल्प लिएको छ ।’
एकीकृत शैक्षिक प्रणाली अनुरुप विद्यार्थीको चाहना अनुरुप अघि बढिरहेको उनले बताए । निकट भविष्यमै बहुउदेश्यीय आफ्नै विद्यालय भवन निर्माण गर्ने योजना रहेको बताए । सार्क एजुकेशन फाउण्डेशन(सार्क स्कुल)का प्रिन्सिपल अशोकराज खातीले गुणस्तर, सृजनशिलता र सस्कारयुक्त विद्यार्थी उत्पादन गर्ने विद्यालयको मुल ध्येय अनुरुप अघि बढिरहेको बताए । ‘हाम्रो उदेश्य विद्यार्थीलाई ठुलो होईन असल ज्ञानी नागरिक बनाउने हो, ‘उनले भने, ‘जो देश र समाजका लागि आवश्यक परोस ।’
प्रिन्सिपल खातीले विद्यार्थीको अतिरिक्त सिकाईदेखि अन्तरक्षमताकोे विकासका लागि समर क्याम्प अभियान समेत संचालन गरेको बताए । यसका साथै शिक्षकहरुलाई समेत विज्ञहरुबाट कक्षा संचालन गर्न लगाईने छ । समर क्याम्पका लागि आएका डिजायन थिङका प्रशिक्षक अजय यादवले पछिल्ला दिनहरुमा विज्ञान प्रविधीकोे विकासले मानिसको सृजनालाई ग्रास गरिरहेका बेला नविनतम विचारका लागि डिजायन थिङ्ग अपरिहार्य रहेको बताए । सार्क स्कुलका प्राज्ञिक निर्देशक दिपेन्द्र जोशीले विद्यालय फरकशैलीमा सृजनात्मक रुपमा अघि बढिरहेको बताए ।
उनले समय सापेक्ष अनुरुप यूनिक रुपमा अघि बढेर विद्यार्थीको चाहना अनुरुप शिक्षण सिकाईका कार्यक्रम संचालनमा जोडदिए ।
सार्क स्कुलका प्लसटु व्यवस्थापन प्रमुख जनकराज जोशीले गुणस्तरसंग कुनै सम्झौता नगरेर कार्यक्रम अघि बढिरहेको बताए । सार्क स्कुलका प्लसटु कार्यक्रम संयोजक भागवत भट्टले कार्यक्रम संचालन गर्दै बालविकासदेखि कक्षा १२सम्म विभिन्न विद्यार्थीको पढाईका अतिरिक्त चाहना अनुरुप विद्यार्थीको विकासका कार्यक्रम संचालन भईरहेको बताए ।

ताजा खबर

सब–इन्जिनियरको दरबन्दी कटौतीको निर्णयप्रति कडा विरोध, तत्काल फिर्ता लिन सरकारसँग माग

काठमाडौं, १७ साउन  जलस्रोत तथा सिंचाइ विभागले सब–इन्जिनियर पदको दरबन्दी...

उच्च शिक्षामा लैङ्गिक समानताको सन्देश फैलाउन खुला भिडियो प्रतियोगिता सम्पन्न

कञ्चनपुर, १५ साउन  उच्च शिक्षामा लैङ्गिक समानताको सन्देश प्रवाह गर्ने उद्देश्यले...

भारतबाट अवैध रूपमा विद्युतीय स्कुटर भित्र्याउने कार्यमा कडाइ

कञ्चनपुर, १५ साउन कञ्चनपुर। भारतबाट भन्सार छली गरी अवैध रूपमा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?