लक्ष्मी माविको सम्पन्न धार्मिक तथा विज्ञान महोत्सवको आय/व्याय सार्वजनिक

महेन्द्रनगर २४ फागुन ।
कञ्चनपुरको महेन्द्रनगरमा रहेको लक्ष्मी माविले विद्यालयमा आयोजना भएको महोत्सवको आय व्यय विवरण सार्वजनिक गरेको छ । शनिबार भीनपा–१५, खैरभट्टीमा रहेको लक्ष्मी माविले फागुन ८ गते देखी १५ गते सम्म सञ्चालन गरेको महालक्ष्मी धार्मिक तथा शैक्षिक ज्ञान विज्ञान महोत्सव २०८१ को आय व्यय सार्वजनिक गरेको हो ।
एक सप्ताह चलेको महालक्ष्मी धार्मिक तथा शैक्षिक ज्ञान विज्ञान महोत्सव २०८१को प्रमुख कथा वाचक हरिशरणम महाराजले गर्नु भएको थियो । धार्मिक कार्यक्रमबाट विद्यार्थीहरुमा आध्यात्मीक तथा धार्मिक चिन्तन बढेको प्रधानाध्यापक प्रकाश चन्दले बताए । उक्त कार्यक्रममा ८ लाख ५९ हजार ६ सय ४५ रुपैया आय भएको छ, खर्च तर्फ ६ लाख ५६ हजार ९ सय १५ रुपैया भएको छ भने बचत २ लाख २ हजार ७ सय ३० रुपैया गरेको छ । बचत भएको रुपैयालाई अक्षयकोष निर्माण गरी असाय, गरीब र जहेन्दार विद्यार्थीहरुमा खर्च गरिने विद्यालय व्यवस्थापनका अध्यक्ष विरेन्द्र सिह सावदले बताए ।
सोही अवसर पारेर गत वर्ष बैजनाथ माध्यमिक विद्यालयका शिक्षक रामसिह भण्डारीलले रु. १लाख ११ हजार १ सय ११ रुपैयाको आफ्नो आमा बुवाको स्मृतिमा अक्षयकोष खडा गरेका थिए जुन रकम बाट आएको व्याजले विद्यालयमा प्रथम द्वितिय, तित्तिय र चौथो हुने विद्यार्थीलाई क्रमश रु ३ हजार, २ हजार १ हजार र ५ सय नगद सहित सम्मान गरिएको छ भने महालक्ष्मी धार्मिक तथा शैक्षिक ज्ञान विज्ञान महोत्सव २०८१मा दान दिने दाताहरुलाई पनि प्रमाण पत्र सहित सम्मान गरिएको छ ।

ताजा खबर

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

चार करोडको लागत अनुमानमा बनेको संग्रहालय प्रयोगविहीन

कञ्चनपुर, ३० भदौ । राज्यको करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका...

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?