लक्ष्मी माविको सम्पन्न धार्मिक तथा विज्ञान महोत्सवको आय/व्याय सार्वजनिक

महेन्द्रनगर २४ फागुन ।
कञ्चनपुरको महेन्द्रनगरमा रहेको लक्ष्मी माविले विद्यालयमा आयोजना भएको महोत्सवको आय व्यय विवरण सार्वजनिक गरेको छ । शनिबार भीनपा–१५, खैरभट्टीमा रहेको लक्ष्मी माविले फागुन ८ गते देखी १५ गते सम्म सञ्चालन गरेको महालक्ष्मी धार्मिक तथा शैक्षिक ज्ञान विज्ञान महोत्सव २०८१ को आय व्यय सार्वजनिक गरेको हो ।
एक सप्ताह चलेको महालक्ष्मी धार्मिक तथा शैक्षिक ज्ञान विज्ञान महोत्सव २०८१को प्रमुख कथा वाचक हरिशरणम महाराजले गर्नु भएको थियो । धार्मिक कार्यक्रमबाट विद्यार्थीहरुमा आध्यात्मीक तथा धार्मिक चिन्तन बढेको प्रधानाध्यापक प्रकाश चन्दले बताए । उक्त कार्यक्रममा ८ लाख ५९ हजार ६ सय ४५ रुपैया आय भएको छ, खर्च तर्फ ६ लाख ५६ हजार ९ सय १५ रुपैया भएको छ भने बचत २ लाख २ हजार ७ सय ३० रुपैया गरेको छ । बचत भएको रुपैयालाई अक्षयकोष निर्माण गरी असाय, गरीब र जहेन्दार विद्यार्थीहरुमा खर्च गरिने विद्यालय व्यवस्थापनका अध्यक्ष विरेन्द्र सिह सावदले बताए ।
सोही अवसर पारेर गत वर्ष बैजनाथ माध्यमिक विद्यालयका शिक्षक रामसिह भण्डारीलले रु. १लाख ११ हजार १ सय ११ रुपैयाको आफ्नो आमा बुवाको स्मृतिमा अक्षयकोष खडा गरेका थिए जुन रकम बाट आएको व्याजले विद्यालयमा प्रथम द्वितिय, तित्तिय र चौथो हुने विद्यार्थीलाई क्रमश रु ३ हजार, २ हजार १ हजार र ५ सय नगद सहित सम्मान गरिएको छ भने महालक्ष्मी धार्मिक तथा शैक्षिक ज्ञान विज्ञान महोत्सव २०८१मा दान दिने दाताहरुलाई पनि प्रमाण पत्र सहित सम्मान गरिएको छ ।

ताजा खबर

नवराज भट्टको काँधमा बैजनाथ मावि पिटिए

डिल्लीराज पन्त, असार २७ कञ्चनपुर महेन्द्रनगरको बैजनाथ माध्यामिक विद्यालय...

सुदूरका युवा उद्यमी चन्द औद्योगिक तथा लगानी प्रर्बद्धन बोड सदस्यमा नियुक्त

कञ्चनपुर, असार २७ सुदूरपश्चिम प्रदेशका एक युवा उद्यमी औद्योगिक तथा...

विष्णू मन्दिर सडक मापदण्ड अनुरुप गुणस्तरिय बनाउन स्थानीयको माग

कञ्चनपुर २६ असार । कञ्चनपुरको उत्तरी भेग विष्णू मन्दिर सडक...

गुगुल्डि वाङमणी प्रतिष्ठानद्धारा पत्रकार केसीलाई सम्मान

धन सिह धामी,२५ असार । कञ्चनपुरका युवा पत्रकार भाष्कर केसीलाई...

एमालेका मेयर धामीका छोरा र कृषि शाखा प्रमुखले जिउँदै मान्छे मरेको भन्दै फर्जी कागजात बनाए

उपेश सिंह धामी कञ्चनपुर, असार २५ भ्रष्टाचार गर्न मान्छे कतिसम्म गर्दा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?