कैलालीको धनगढीमा प्रदेश स्तरीय कृषि तथा पशुपन्छी प्रदर्शनी मेला शुरु

 

कञ्चनपुर २८ माघ ।

सुदूरपश्चिम प्रदेशमा पहिलो पटक प्रदेश स्तरीय कृषि तथा पशुपन्छी प्रदर्शनी मेला शुरु भएको छ ।

कैलालीको धनगढीमा शनिबारदेखि प्रदेश स्तरीय कृषि तथा पशुपन्छी प्रदर्शनी मेला शुरु भएको हो ।

सुदूरपश्चिमको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले प्रदेश स्तरीय कृषि तथा पशुपन्छी मेला तथा प्रदर्शनी आयोजना गरेको छ । मेलाको उद्घाटन गर्दै मुख्यमन्त्री कमल बहादुर शाहले सुप प्रदेश कृषि क्षेत्रमा सम्भावना भएकाले मेला प्रर्दशनी मार्फत थप कृर्षि उत्पादन प्रर्बद्धन गर्न लागेको बताए ।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बीर बहादुर थापा(पातल)ले प्रदेशभरीका किसानले उत्पादन गरेका मौलिक खाद्य परिकार मेला महोत्सव मार्फत प्रर्बद्धन गर्न खोजिएको बताए । मन्त्री थापाले सुदूरपश्चिमका ९ जिल्लाका कृषकहरूलाई प्रर्बद्धनताका लागि निःशुल्क स्टल उपलब्ध गराइने छ ।

प्रदेश सरकारले कृषिमा गरेको लगानीको प्रतिफलको मूल्याङ्कन गर्न र थप सम्भावनाको खोजी गर्न कृषि प्रदर्शनी गरिन लागेको मेलाबाट थप किसान प्रोत्साहित हुने बताए । सुप प्रदेशका कृषि निर्देशक खगेन्द्रप्रसाद शमाले महोत्सवमा कृषि उपजको खरिद–बिक्री हुने बताउँदै रैथाने बालीहरूको पनि बिक्री हुने बताए ।

प्रदेश सरकारले कृषि क्षेत्रमा हालसम्म गरेको उपलब्धि देखाउन ३५ लाख खर्च गरेर मेला आयोजना गर्न लागेको हो।

प्रदेश सरकारले केही गरेन भन्ने जनगुनासो सुनिन थालेकाले त्यसलाई चिर्न मेला आयोजना गरिन लागेको कृषि निर्देशक शर्माले बताए। प्रदेश सरकारले प्रदान गरेको अनुदान र किसान आफैँले उत्पादन गरेको कृषि उपज प्रदर्शनी राखिने छ।

मेलामा –९ वटै जिल्लामा उत्पादन भएका कृषि उपजको प्रदर्शनी गरिएको छ । मेलामा हरेक दिन कृषि सम्बन्धी नवीनतम प्रविधिको विषयमा जानकारी दिइने छ। कृषि विज्ञहरूसँग कृषकलाई राखेर कृषि तथा पशुपन्छी क्षेत्रमा नवीनतम प्रविधि र अनुसन्धान बारे बहस र छलफलसमेत गरिने छ। मेलामा कृषि तथा पशुपन्छी क्षेत्रका उपकरणहरूको प्रदर्शनीसमेत गरिने छ।मेलाले बजार नपाएको भन्ने किसानको गुनासो र खोजेको कृषि उपज पाइएन भन्ने उपभोक्ताको गुनासोलाई पनि सम्बोधन गर्ने प्रयास गरिने निर्देशक शर्माले बताए। ‘मेलामा एक सय ५० स्टल राखिने र सबै स्टल कृषकलाई निःशुल्क उपलब्ध गराईएको छ ।

मेला सञ्चालनका लागि कृषि विकास निर्देशनालयले ३५ लाख बजेट छुट्याएको छ। मेलामा विभिन्न विधाका कृषकलाई पुरस्कृतसमेत गरिने छ। सुदूरपश्चिमका रैथाने र अर्गानिक कृषि उपज र खानाको परिकारको समेत मेलाका माध्यमबाट प्रचारप्रसार गरिने उद्देश्य रहेको निर्देशक शर्माले बताए।

मेलाको माध्यमबाट किसान, कृषि उपज, उपभोक्ता र कृषि विज्ञहरूलाई एकै स्थानमा ल्याएर कृषि क्षेत्रको उपलब्धि र सम्भावनाको खोजी गरिने छ ।

रैथाने कृषि उपजको प्रवर्धन गर्दै उत्पादन र उपभोगसमेत बढाउन मेला सहयोगी हुने ठानिएको छ। मेलामा ३० जना किसानलाई पुरस्कारसमेत पदार्न गरिने छ ।

धनगढी उपमहानगरपालिका–१ पशुपति टोलको मैदानमा माघ २६ देखि ३० गतेसम्म कृषि तथा पशुपन्छी प्रदर्शनी हुने भाएको छ । पहिलो पटक प्रदेश सरकारले यसरी मेला संचालन गरेपछि स्थानीय किसान उत्साहित भएका छन ।

ताजा खबर

महाकाली बहुप्राविधिक शिक्षालय द्धारा दुर्गम वस्ति खल्ला मुसेट्टीमा निःशुल्क विषेसज्ञ स्वास्थ्य शिविर सञ्चालन

कञ्चनपुर २४ जेठ महाकाली बहुप्राविधिक शिक्षालय कञ्चनपुरको आयोजनामा भीमदत्त नगरपालिकाको...

भीमदत्त नगर स्तरिय टि २० क्रिकेट प्रतियोगिताको उपाधी मोर्निङ ग्लोरी स्कुललाई

कञ्चनपुर २४ जेठ कञ्चनपुरको होली फेम्ली ईङलिश मिडियम स्कुलमा आयोजना...

भीमदत्तमा मानव–वन्यजन्तु सहअस्तित्व कार्यक्रम : वातावरण संरक्षणसँगै द्वन्द्व न्यूनीकरणमा जोड

कञ्चनपुर भीमदत्त नगरपालिकाको आयोजना तथा निड्स नेपालको समन्वयमा, WWF नेपाल...

सरसफाइ तथा वृक्षारोपण गर्दै कञ्चनपुरमा विश्व वातावरण दिवस मनाइयो

कञ्चनपुर २२ जेठ विश्व वातावरण दिवसको अवसरमा कञ्चनपुरको भीमदत्त नगरपालिकामा...

दोधारा चाँदनीका १ महिने होजियारी तालिम सम्पन्न 

  पप्पु गुरुङ  कञ्चनपुर १९ जेठ महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले कञ्चनपुरको दोधारा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?