मर्निङ्ग ग्लोरी कस्मिट ब्रेन हाजिरीजवाफ प्रतियोगिता ः महेन्द्रनगर नमुना मावि९साधारण स्कुल० प्रथम

धनसिह धामी
कञ्चनपुर ६ माघ ।
कञ्चनपुरको एक निजी विद्यालयले हाजिरीजवाफ प्रतियोगिता आयोजना गरेको छ । भीमदत्त नगरपालिका १८महेन्द्रनगरमा रहेको मर्निङ्ग ग्लोरी माध्यामिक विद्यालयले हाजिरीजवाफ प्रतियोगिता आयोजना गरेको हो ।
सोमबार आयोजना गरेको कस्मिट ब्रेन जिल्ला स्तरिय हाजिरीजवाफ प्रतियोगितामा महेन्द्रनगर नमुना मावि९साधारण स्कुल० प्रथम भएको छ । भने, द्वितियमा कञ्चन ग्यालेक्सी बेलडाँडी र तृतियमा चन्द्रसुर्य सेकेण्ड्री स्कुल झलारी भएको छ । विजेता प्रथम २१, द्वितिय ११ र तृतिय ६् नगद सहित प्रमाण पत्र पुरस्कार प्रदान गरिएको छ । मर्निङ्ग ग्लोरी विद्यालयका प्रन्सिपल चुडामणी शर्माले विद्यालयले पहिलो पटक उक्त प्रतियोगिता आयोजना गरिएको बताए । प्रिन्सिपल शर्माले अन्तर विद्यालयका विद्यार्थीको अन्तरनिहित क्षमता बाह्यी ल्याउँदै विद्यार्थीलाई थप अध्ययनशिल बनाउने उदेश्य रहेको बताए । जिल्लाभरीका ३० विद्यालयका टिमविच प्रतिस्पर्धा गराईएको थियो ।
कार्यक्रमको अध्यक्षता ग्रहण गरेका मर्निङ्ग ग्लोरी माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशव बहादुर चन्दले विद्यालयले आफ्ना विद्यार्थी मात्रै होईन जिल्लाभरीका विद्यार्थीहरुविचको जमघटदेखि आगामी दिनमा थप पढाईप्रति उत्साह जगाउने काम गरेको बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका शिक्षा विकास तथा समन्वय इकाई कञ्चनपुरका प्रमुख लक्ष्मण गिरीले विद्यालय स्तरबाटै आयोजना गरिएका यस्ता कार्यक्रमबाट विद्यार्थीमा भएको अन्तरनिहित क्षमता प्रस्फुटनदेखि विद्यार्थीको क्षमता विस्तारमा टेवा पुग्ने बताए । कार्यक्रममा आयोजक सहितका सहभागि विद्यालयका शिक्षक, अभिभावक सहितका सरोकारवाला प्रतिनिधीको सहभागिता रहेको थियो ।

ताजा खबर

शिवम् अटो ह्वील्स अत्तरिया–महिन्द्रा ग्राहकको विशेष उत्सव

हेमा भट्ट, माघ ११, कैलाली  महिन्द्रा गाडी प्रयोगकर्ताहरूका लागि प्रतिक्षित...

मोबाइल चिन्हसहित स्वतन्त्र आम–जनतापाटिबाट लक्ष्मी कुमारी बिष्ट भट्टको उम्मेदवारी

हेमा भट्ट, माघ १०, कञ्चनपुर कञ्चनपुर जिल्लाको निर्वाचन क्षेत्र...

कञ्चनपुर उद्योग वाणिज्य संघको नेतृत्व हस्तान्तरण, विकास र सहकार्यको नयाँ अध्याय

हेमा भट्ट, माघ ९, कञ्चनपुर कञ्चनपुर । कञ्चनपुर जिल्लाको उद्योग,...

रमेश लेखक पक्षधर नेता कार्यकर्ताद्वारा दोधारामा गगन र विश्वप्रकासको पुत्ला दहन

कञ्चनपुर, ६ माघ । कञ्चनपुर निर्वाचन क्षेत्र ३मा रमेश लेखकलाई...

नेकपाबाट कञ्चनपुर १ र ३ मा बीना मगर र मान सुनार चुनावी मैदानमा

कञ्चनपुर, ६ माघ नेपाली कम्युनिष्ट पाटी९नेकपा०बाट पुर्वमन्त्रीद्वय बीना मगर र...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?