दिल्लीराज पन्त
कञ्चनपुर ०५ माघ ।

कञ्चनपुरकाे भिमदत्त- १६ मा सहकारी संस्थाले दाेस्राे खुल्ला भलिबल प्रतियोगिता सम्पन्न गरेकाे छ।
साेमबार रत्न कृषि बहुउदेश्यीय सहकारी संस्थाले भलिबल प्रतियाेगिता सम्पन्न गरेको हाे ।
उक्त कार्यक्रममा सहकारीका अध्यक्ष हरिप्रसाद भट्टकाे अध्यक्षतामा कञ्चनपुर जिल्ला समन्वय प्रमुख दुर्गादत्त बाेहरा प्रमुख अतिथि रहेका थिए भने बिशिष्ट अतिथि वडा न १३ का अध्यक्ष रामचन्द्र बाेहरा, महेन्द्र भट्ट, सुरेन्द्र बहादुर काेटाली लगायत काे उपस्थिति रहेकाे थियो । आयोजित कार्यक्रममा ११ टिमकाे सहभागीता रहेकाे थियो।
फाइलमा रत्न कृषिले भृकुटि माविलाई २-१ ले हराउदै फाईनलमा पुगेकाे थियो भने वडा न १३ टिमले वडा ९ टिमलाई २-१ ले हराउदै फाईनलमा पुगेकाे थियो।
फाईनल खेलमा रत्न कृषिले वडा नं १३ काे टिमलाई ३-१ ले पराजीत गर्दै पहिलो स्थान प्राप्त गर्न सफल भएकाे थियाे।
आयाेजित कार्यक्रममा सहकारीका पुर्व अध्यक्ष तथा खेल संयोजक दशरथ धानुक रहेका थिए । उक्त कार्यक्रममा मुख्य प्रायोजक टेकमाईन्ड नेटवर्क र सहयाेगी मुक्तिनाथ कृषि कम्पनी, कलश सिड्स, कञ्चन सिड्स, हिमानि स्पाेटस, रेडियम तयारी पाेषाक उध्योग, मुरि भान्सा घर र कृर्पा श्री प्रिन्टर रहेका थिए। तिन दिनसम्म चलेको भलिबल प्रतियोगिताको प्रथम राशि रु.२५१००/- रहेकाे थियो भने दाेस्राे ११०००/- काे नगद राशी रहेको थियो। उक्त सहकारीले रक्तदान कार्यक्रम पनि गरेकाे थियाे।



