राप्रपा पुर्नवास नगर अध्यक्षमा जैशी 

धन सिह धामी 

कञ्चनपुर १२ पाैष ।

राष्ट्रिय प्रजातन्त्र पार्टी पुर्नवास नगरको अध्यक्षमा मनाेज जैशी चयन भएका छन्।

शनिबार पुर्नवास नगरपालिकामा राजेन्द्र मल्लकाे अध्यक्षतामा सम्पन्न भएको नगर भेलाबाट अध्यक्षमा जैशी सर्वसम्मत चयन भएका हुन ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका राष्ट्रिय प्रजातन्त्र पाटी सुदूरपश्चिम प्रदेशका अध्यक्ष धर्मराज जोशीले पाटीको नीति, कार्यक्रम सिद्धान्त अनुरुप कामकाजका साथै जनताको हितका क्षेत्रमा सबैले काम गर्नुपर्नेमा जोडदिएका छन ।

कार्यक्रमलाई सम्बोधन गर्दै राप्रपा सहायक प्रवक्ता पुर्ण बहादुर चन्दले नव निर्वाचित कमिटीले नगरकाे नै नेतृत्व हाक्ने छ भन्ने बिश्वासकाे साथ सबै राप्रपा शुभचिन्तक तथा पा‌र्टि सदस्यहरुले एकढिक्का भएर लाग्नुपर्ने कुरामा जाेडदिदै सम्पुर्ण टिमलाई हार्दिक शुभकामना व्यक्त गरेका थिए।

यसैगरी कञ्चनपुर निर्वाचन समिति अध्यक्ष सुर्यबहादुर चन्दले कार्यक्रममा सबै क्षेत्रमा पार्टी बलियो बनाउदै पार्टी हितमा सबै निर्वाचित पदाधिकारीहरुले लाग्ने छन भन्ने बिश्वास रहेको भन्दै शुभकामना व्यक्त गरेका थिए।

यस्तै राप्रपा कञ्चनपुर जिल्ला अध्यक्ष गजेन्द्र बहादुर चन्दले निर्वाचन पदाधिकारीहरुले पार्टी बलियो बनाउदै उत्कृष्ट कार्यसमिति बनाेस भन्ने बिश्वासका साथ शुभकामना व्यक्त गरेका थिए।

आयाेजित कार्यक्रमबाट उपाध्यक्षमा राजेन्द्र मल्ल, राजेन्द्र कुँवर , लक्ष्मी गुरुङ्ग, सचिव  नरेन्द्र गुरुङ्ग, सहसचिव  नन्दा शाही , कोषाध्यक्ष बिनोद मगराती रहेका छन । सदस्य तर्फ प्रमोद पौडेल, अवजेन्स जैशी, देव कुमारी प्रधान, गोमा थापा, सिता राना, दल बहादुर शाही, लक्ष्मीराज जोशी, काँसिष सिन्देल, भीम बहादुर सिह, सुनिल ज्ञवाली, शेर बहादुर बोगटी, प्रदिप थापामगर, लाल बहादुर शाही, सुरेन्द्र बहादुर शाही, पदम बहादुर चन्द, दिल बहादुर सिह, यज्ञराज पौडेल, भक्त बहादुर थापा, सदन शाही, सुक्र्रमान सुनार, बीर बहादुर सिह, सुरेश चौधरी, बिरेन्द्र चन्द रहेका छन ।

 

ताजा खबर

१० वर्षदेखि तलबभत्ता ज्येष्ठ नागरिक र असहायलाई बाँड्दै वडाध्यक्ष कुवँर

कञ्चनपुर, २४ असोज। जनप्रतिनिधि भएपछि राज्यबाट प्राप्त हुने तलबभत्ता व्यक्तिगत...

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

कञ्चनपुर, २४ असोज। महाकाली नदीमा नेपाल टेलिकमको अप्टिकल फाइबर तार...

उदयदेव सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न, उत्पादनमूलक कर्जामा जोड

कञ्चनपुर, २३ असोज  कञ्चनपुरको पुरानो सहकारी संस्थामध्ये एक उदयदेव बहुउद्देश्यीय...

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?