अलौकिक मनोवैज्ञानिक स्वास्थ्य उपचार शिविर सञ्चालन हुने

कञ्चनपुर, १७ मंसिर

कञ्चनपुरको दोधारा चादनी नगरपालिकामा यही मंसिर २० देखि २५ गते सम्म अलौकिक मनोवैज्ञानिक स्वास्थ्य उपचार शिविर सञ्चालन हुने भएको छ ।

कञ्चनपुरको दोधारा चादनी नगरपालिकामा यही मंसिर २० देखि २५ गते सम्म अलौकि मनोवैज्ञानिक स्वास्थ्य उपचार शिविर सञ्चालन हुने भएको हो । दोधारा चादनी नगरपालिका वडा नम्वर ५ का वडा अध्यक्ष केशव वहादुर खत्रिको पहलमा अहिले नेपालमा चर्चित ज्योतिष गुरु सिमान्त केसीले यही मंसिर २० देखि २५ गते सम्म अलौकि मनोवैज्ञानिक पद्धति बाट विरामीहरुको उपचार गर्न शिविर सञ्चालन गर्न लागिएको हो । चर्चित ज्योतिष गुरु सिमान्त केसीले नेपालका थुप्रै ठाँउहरुमा धेरै विरामीहरुलाई निको पारिसकेको र आफु पनी उहाको उपचार पछि सन्तुष्ट भएर आएको हुदा याहाका नागरिकहरुलाइृ पनी सेवा मिलोस भनेर शिविर आयोजना गर्ने सोच वनाएको दोधारा चादनी नगरपालिका वडा नम्वर ५ का वडाअध्यक्ष केशव वहादुर खत्रिले वताउनु भयो ।

सुदुरपश्चिममा देवि देउता तथा सनातन परम्परा प्रति जनमानसमा विश्वास भएको हुदा पनी यस अलौकि मनोवैज्ञानिक स्वास्थ्य उपचार शिविर बाट लाभ पुग्ने अपेक्षा गरिएको समेत वडाअध्यक्ष खत्रिले वताउनु भयो । साथै उहाले शिविरमा उपचार गर्न आउने विरामहिरुले थोरै शुल्कमा उपचार गर्न पाउने र आर्थिक अवस्था कमजोर भएका विरामीहरुका लागी निशुल्क उपचार गरिने समेत उहाले वताउनु भयो । साथै उहाले शिविर बाट संकलन रकम बाट केहि रकम सामाजिक क्षेत्रमा पनी खर्च गरिने समेत उहाले वताउनु भएको छ ।
अलौकि मनोवैज्ञानिक स्वास्थ्य उपचार शिविरमा सुदुरपश्चिमका विभिन्न जिल्ला सहित मध्यपश्चिम तथा कणर्ली प्रदेश बाट समेत गरि ३० हजार वढिले लाभ लिने अपेक्षा गरिउको छ ।

 

 

ताजा खबर

बेलडाँडीमा आलु खेतीतर्फ किसानको आकर्षण, पकेट क्षेत्र कार्यक्रम प्रभावकारी

कञ्चनपुर ०२, पौष कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा रहेको सिद्ध वैजनाथ...

मेयर बोगटीः स्वर्गीय आमा–बुवाको स्मृतिमा प्रभात विद्या निकेतनलाई सहयोग

कञ्चनपुर २९, पौष  भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले...

राप्रपा बैतडीको अध्यक्षमा पुनः इन्द्रदेवशरण भट्ट चयन 

बैतडी,२८ पाैष ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बैतडीको अध्यक्षमा पुनः...

राप्रपा भीमदत्तनगर -४ वडा कमिटी अध्यक्षमा गुप्ता 

अमित ठाकुर  कञ्चनपुर, २६पाैष । राष्ट्रिय प्रजातन्त्र पार्टी भीमदत्तनगर वडा नंं...

बेदकोट ८का वडाध्यक्ष महेश जोशीको सकृयताले वडाका जनता लालपुर्जा पाउँदै 

धनसिह धामी   कञ्चनपुर, २४पुष कञ्चनपुरको बेदकोट नगरपालिका ८का लालपुर्जा बिहिन जनता...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?