बेलडाँडीमा आलु खेतीतर्फ किसानको आकर्षण, पकेट क्षेत्र कार्यक्रम प्रभावकारी

कञ्चनपुर ०२, पौष

कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा रहेको सिद्ध वैजनाथ बहुउद्देश्यीय सहकारी संस्था मार्फत सञ्चालन गरिएको स्थानीय तह विशेष पकेट क्षेत्र विकास कार्यक्रमपछि किसानहरू आलु खेतीतर्फ आकर्षित भएका छन् ।

बेलडाँडी गाउँपालिकामा कृषि ज्ञान केन्द्र कञ्चनपुरको आर्थिक तथा प्राविधिक सहयोगमा सहकारी मार्फत आलु खेती प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिएको हो । स्थानीय तह विशेष पकेट क्षेत्र विकास कार्यक्रम अन्तर्गत किसानहरूलाई गुणस्तरीय आलुको बीउ, मलखाद, आवश्यक कृषि औजार तथा ढुवानीका साधनमा अनुदान उपलब्ध गराइएको छ ।
कार्यक्रममा सहभागी किसान कलावती देवी जोशीले आलु खेतीबाट राम्रो आम्दानीको आशा बढेको बताउनुभयो । आलु किसान जोशीले पहिले परम्परागत खेती मात्रै गर्दै आएको र अहिले सहकारी मार्फत कृषि ज्ञान केन्द्रको सहयोग पाएपछि आलु खेतीतर्फ ढुक्क भएर लागेको वताउनु भएको छ । साथै उहाले बीउ, मल र औजारमा सहयोग भएकाले लागत घटेको र उत्पादन राम्रो हुने अपेक्षा गरेको समेत वताउनु भएको छ ।

कृषि ज्ञान केन्द्रको सहयोगपछि पहिलो पटक साढे तीन विगाहा जमिन भाडामा लिएर आलु खेती सुरु गरेका किसान शंकर भट्टले तोरी खेतीको सट्टा आलु खेती रोजेको बताउनुभयो ।उहाले पहिलो पटक यति ठूलो क्षेत्रफलमा आलु खेती सुरु गरेको वताउदै प्राविधिक सहयोग र अनुदानका कारण जोखिम कम भएको हुदा उत्पादन राम्रो भयो भने आगामी वर्षदेखि अझै क्षेत्रफल बढाउने सोच रहेको समेत वताउनु भएको छ ।

बुधवार आलु खेतीको अनुगमनका लागि बेलडाँडी पुगेका कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख हरि प्रसाद पनेरुले स्थानीय तह विशेष पकेट क्षेत्र विकास कार्यक्रम अन्तर्गत बेलडाँडीमा वृहत आलु पकेट कार्यक्रम सञ्चालनमा रहेको जानकारी दिनुभयो । उहाँका अनुसार हाल यस पालिकामा करिब १५ विगाहा क्षेत्रफलमा आलु खेती भइरहेको छ ।

कृषि ज्ञान केन्द्र कञ्चनपुरले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै बजार व्यवस्थापन, प्राविधिक सहजीकरण र उत्पादन वृद्धिमा थप ध्यान दिने प्रतिवद्धता जनाएको छ। कार्यक्रम प्रभावकारी बनेपछि बेलडाँडी क्षेत्रमा व्यावसायिक आलु खेतीको सम्भावना समेत बढ्दै गएको स्थानीयको भनाइ छ ।

ताजा खबर

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

चार करोडको लागत अनुमानमा बनेको संग्रहालय प्रयोगविहीन

कञ्चनपुर, ३० भदौ । राज्यको करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका...

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?