किन सुन्दैन सम्बन्धित निकायले लेखकको आवाज ?

महेन्द्रनगर, ०६ मंसिर ।
सम्बन्धित निकायले नियमन गर्नुपर्ने तर नगरेको कामको बारेमा सचेत गराउदै सरसफाईमा अग्रसर देखिने अभियन्ता थानेश्वर लेखक । जिल्ला कञ्चनपुर भीमदत्त नगरपालिका वडा नं.०६ बस्ने स्थानिय बासिन्दा लेखक विगत लामो समय देखि समाजिक कार्यमा अग्रसर रहदै आएका छन । गत स्थानिय वडाको निर्वाचनमा स्वतन्त्र अध्यक्ष पदमा चुनाव लडेर पराजित भएपछि पनि प्राप्त मत सन्तोषजनक रहेको भन्दै आफ्नो जिवनलाई समाजसेवा प्रति तल्लीन भएर निरन्तर रुपमा समाजमा भएका विकृति बारे बुलन्द आजवाज उठाई रहने लेखकले बताएका छन ।
भिनपा–०४ मा रहेको खुल्ला मञ्चको उत्तर पुर्वमा रहेको सार्वजनिक शौचालयको बरिपरी सरसफाई गरेको र त्यहाँ रहेको लागुऔषध प्रयोग गरेका सुईहरु सफाई गरेपछि पनि अझै त्यहि अवस्था देख्दा सम्बन्धित निकाय यति सम्मको गैर जिम्मेवार रहेको भन्दै लेखकले दुख व्यक्त गरेका थिए । सफाई अभियन्ता लेखकले सम्बन्धित वडा कार्यालय र प्रहरी प्रशासनलाई समेत त्यहाँको जटिलता बारे जानकारी गराएको भएपनि यसको रोकथामको कुनै प्रयास नभएको गुनासो गरेका छन ।
यस्तै समाजमा भएका विकृति र फोहोरमैलोबारे सम्बन्धित निकायको ध्यान नपुगेको ठाँउहरुमा ध्यानाक्रषर्ण गराउदै सफा सुन्दर समाज निमार्णमा सदैब अग्रसर रहने प्रतिवद्ध समेत रहेको लेखकले बताए ।

ताजा खबर

१० वर्षदेखि तलबभत्ता ज्येष्ठ नागरिक र असहायलाई बाँड्दै वडाध्यक्ष कुवँर

कञ्चनपुर, २४ असोज। जनप्रतिनिधि भएपछि राज्यबाट प्राप्त हुने तलबभत्ता व्यक्तिगत...

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

कञ्चनपुर, २४ असोज। महाकाली नदीमा नेपाल टेलिकमको अप्टिकल फाइबर तार...

उदयदेव सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न, उत्पादनमूलक कर्जामा जोड

कञ्चनपुर, २३ असोज  कञ्चनपुरको पुरानो सहकारी संस्थामध्ये एक उदयदेव बहुउद्देश्यीय...

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?