जेन्जि आन्दोलनमा सहिद भएका जाेशीकाे परिवारलाई युवाहरुबाट संकलित रकम हस्तान्तरण 

महेन्द्रनगर,२८ कार्तिक।

गत २३ र २४ गते भदाै काठमाडौमा भएको जेन्जि आन्दोलनमा सहिद भएकाहरु मध्ये धनगढी निवासी गाैरब जाेशी परिवारलाई युवाहरुले मिलेर आर्थिक सहयोग गरेका छन ।

कञ्चनपुरकाे भिमदत्त नगरपालिका -१८ निबासी बिक्रम चन्दले श्री केदार हटैराज कृषि सहकारी संस्था लिमिटेड सगै देश बिदेशमा रहेका सहयाेगीहरुसंग मिलेर एक लाख तिन हजार रुपैयाँ संकलन गरेर स्वर्गिय गाैरब जाेशीका बुबालाई हस्तान्तरण गरेको हो।

जेन्जि आन्दोलनमा सहिद भएका जाेशीकाे परिवारलाई संकलित रकम हस्तान्तरण गर्दै सहकारीका अध्यक्ष सुरेन्द्र चन्दले ठुलै योगदान नभएपनि परिवारको आर्थिक अवस्था सुधार्न केहि राहतमा टेवा पुग्ने बताएका थिए। यस्तै उक्त कार्यक्रममा सहकारीका निवर्तमान अध्यक्ष पूर्णबहादुर चन्दले जेन्जि आन्दोलनमा सहिद जाेशीकाे राष्ट्र प्रतिको सपना उनले हेर्न चाहेकाे समृद्ध नेपालको परिकल्पना युवा पुस्ताले साकार गर्ने छन भन्दै उनको परिवारलाई राष्ट्र सपुत जन्माएको भन्दै परिवारजनलाई धन्यवाद दिएका हुन्।

 

ताजा खबर

बाल विवाह रोक्न भीमदत्त र दोधाराचाँदनीमा सबल बालिका परियोजना

सञ्जय महर, मंसिर २४ कञ्चनपुरको दोधाराचाँदनी र भीमदत्त नगगरपालिकामा बाल...

कृष्णपुरमा आश्चर्यित वन फँडानी जब फैलियो हल्ला, क्षणभरमै भङ्गार बन्यो गौरिघाट

कञ्चनपुर २३ मंसिर मर्दा–पर्दा दाउरा स्याउलाको जोहोको पर्याय बनेको सामुदायिक...

‘मानसखण्ड लोकसंस्कृति सम्मेलन तथा लिटिल बुद्ध अन्तर्राष्ट्रिय काव्यगोष्ठी

सञ्जय महर, मंसिर २० कञ्चनपुरको महेन्द्रनगरमा दुई दिनसम्म सञ्चालन भएको...

मोतिलाल डगौराकोे काँधमा आरक्षपीडित संघर्ष समिति कञ्चनपुर हाक्ने जिम्मेबारी

कञ्चनपुर, मंसिर २० आरक्षपीडित संघर्ष समिति कञ्चनपुर हाक्ने मोतिलाल डगौराको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?