जेन्जि आन्दोलनमा सहिद भएका जाेशीकाे परिवारलाई युवाहरुबाट संकलित रकम हस्तान्तरण 

महेन्द्रनगर,२८ कार्तिक।

गत २३ र २४ गते भदाै काठमाडौमा भएको जेन्जि आन्दोलनमा सहिद भएकाहरु मध्ये धनगढी निवासी गाैरब जाेशी परिवारलाई युवाहरुले मिलेर आर्थिक सहयोग गरेका छन ।

कञ्चनपुरकाे भिमदत्त नगरपालिका -१८ निबासी बिक्रम चन्दले श्री केदार हटैराज कृषि सहकारी संस्था लिमिटेड सगै देश बिदेशमा रहेका सहयाेगीहरुसंग मिलेर एक लाख तिन हजार रुपैयाँ संकलन गरेर स्वर्गिय गाैरब जाेशीका बुबालाई हस्तान्तरण गरेको हो।

जेन्जि आन्दोलनमा सहिद भएका जाेशीकाे परिवारलाई संकलित रकम हस्तान्तरण गर्दै सहकारीका अध्यक्ष सुरेन्द्र चन्दले ठुलै योगदान नभएपनि परिवारको आर्थिक अवस्था सुधार्न केहि राहतमा टेवा पुग्ने बताएका थिए। यस्तै उक्त कार्यक्रममा सहकारीका निवर्तमान अध्यक्ष पूर्णबहादुर चन्दले जेन्जि आन्दोलनमा सहिद जाेशीकाे राष्ट्र प्रतिको सपना उनले हेर्न चाहेकाे समृद्ध नेपालको परिकल्पना युवा पुस्ताले साकार गर्ने छन भन्दै उनको परिवारलाई राष्ट्र सपुत जन्माएको भन्दै परिवारजनलाई धन्यवाद दिएका हुन्।

 

ताजा खबर

बेलडाँडीमा आलु खेतीतर्फ किसानको आकर्षण, पकेट क्षेत्र कार्यक्रम प्रभावकारी

कञ्चनपुर ०२, पौष कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा रहेको सिद्ध वैजनाथ...

मेयर बोगटीः स्वर्गीय आमा–बुवाको स्मृतिमा प्रभात विद्या निकेतनलाई सहयोग

कञ्चनपुर २९, पौष  भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले...

राप्रपा बैतडीको अध्यक्षमा पुनः इन्द्रदेवशरण भट्ट चयन 

बैतडी,२८ पाैष ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बैतडीको अध्यक्षमा पुनः...

राप्रपा भीमदत्तनगर -४ वडा कमिटी अध्यक्षमा गुप्ता 

अमित ठाकुर  कञ्चनपुर, २६पाैष । राष्ट्रिय प्रजातन्त्र पार्टी भीमदत्तनगर वडा नंं...

बेदकोट ८का वडाध्यक्ष महेश जोशीको सकृयताले वडाका जनता लालपुर्जा पाउँदै 

धनसिह धामी   कञ्चनपुर, २४पुष कञ्चनपुरको बेदकोट नगरपालिका ८का लालपुर्जा बिहिन जनता...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?