भवानी कालिका कन्स्ट्रक्सन प्रालिद्वारा पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष धामीको उपचारका लागि आर्थिक सहयोग

आदित्य जोशी,
कञ्चनपुर, कार्तिक २४
भवानीं कालिका कन्स्ट्रक्सन प्रालिले नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष सुरेश सिह धामीको उपचारका लागि आर्थिक सहयोग गरेको छ ।
महाकाली सिँचाई तेस्रो चरण नहर निर्माणको जिम्मा पाएको उक्त भवानीं कालिका कन्स्ट्रक्सन प्रालिले नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष धामीको उपचारका लागि आर्थिक सहयोग गरेको हो ।
सोमबार एक कार्यक्रमका विच कम्पनीले पत्रकार महासंघ कञ्चनपुरका उपाध्यक्ष धर्मा रोकाया, सचिव कुण्दन पाण्डेयलाई अध्यक्ष धामीको उपचारका लागि १८ हजार ६सय रुपैया आर्थिक सहयोग गरेको जनाएको छ ।
भवानीं कालिका कन्स्ट्रक्सन प्रालिका संचालक हर्क मल्लले समाजका लागि अहोरात्र खटिने पत्रकारको उपचारका लागि कम्पनी र कम्पनीका कर्मचारीहरुको तर्फबाट मानविय दुखका बेला उपचारका टेवा पु¥याउने उदेश्यका साथ आर्थिक सहयोग गरेको बताए ।
‘हामीले मानविय दुख संकटका बेला सक्दो आर्थिक सहयोग गर्ने हो, ‘उनले भने, ‘अहिले कम्पनीका तर्फबाट यही सहयोग हुन्छ, आगामी दिनमा पनि गरौँला ।’ केही समय अघि कम्पनीमा आगजनीदेखि, दुर्घटना हुँदा पनि उक्त कम्पनीले नागरिकको अधिकारका लागि खटिने पत्रकारलाई सक्दो उपचारमा सहयोग गरेको भन्दै पत्रकार महासंघ कञ्चनपुरले आभार प्रकट गरेको छ । पत्रकार महासंघ जिल्ला अध्यक्ष धामीको उपचार अहिले नेपालमा सम्भव नभएपछि भारतीय अस्पतालमा भईरहेको छ ।

ताजा खबर

१० वर्षदेखि तलबभत्ता ज्येष्ठ नागरिक र असहायलाई बाँड्दै वडाध्यक्ष कुवँर

कञ्चनपुर, २४ असोज। जनप्रतिनिधि भएपछि राज्यबाट प्राप्त हुने तलबभत्ता व्यक्तिगत...

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

कञ्चनपुर, २४ असोज। महाकाली नदीमा नेपाल टेलिकमको अप्टिकल फाइबर तार...

उदयदेव सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न, उत्पादनमूलक कर्जामा जोड

कञ्चनपुर, २३ असोज  कञ्चनपुरको पुरानो सहकारी संस्थामध्ये एक उदयदेव बहुउद्देश्यीय...

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?