भवानी कालिका कन्स्ट्रक्सन प्रालिद्वारा पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष धामीको उपचारका लागि आर्थिक सहयोग

आदित्य जोशी,
कञ्चनपुर, कार्तिक २४
भवानीं कालिका कन्स्ट्रक्सन प्रालिले नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष सुरेश सिह धामीको उपचारका लागि आर्थिक सहयोग गरेको छ ।
महाकाली सिँचाई तेस्रो चरण नहर निर्माणको जिम्मा पाएको उक्त भवानीं कालिका कन्स्ट्रक्सन प्रालिले नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष धामीको उपचारका लागि आर्थिक सहयोग गरेको हो ।
सोमबार एक कार्यक्रमका विच कम्पनीले पत्रकार महासंघ कञ्चनपुरका उपाध्यक्ष धर्मा रोकाया, सचिव कुण्दन पाण्डेयलाई अध्यक्ष धामीको उपचारका लागि १८ हजार ६सय रुपैया आर्थिक सहयोग गरेको जनाएको छ ।
भवानीं कालिका कन्स्ट्रक्सन प्रालिका संचालक हर्क मल्लले समाजका लागि अहोरात्र खटिने पत्रकारको उपचारका लागि कम्पनी र कम्पनीका कर्मचारीहरुको तर्फबाट मानविय दुखका बेला उपचारका टेवा पु¥याउने उदेश्यका साथ आर्थिक सहयोग गरेको बताए ।
‘हामीले मानविय दुख संकटका बेला सक्दो आर्थिक सहयोग गर्ने हो, ‘उनले भने, ‘अहिले कम्पनीका तर्फबाट यही सहयोग हुन्छ, आगामी दिनमा पनि गरौँला ।’ केही समय अघि कम्पनीमा आगजनीदेखि, दुर्घटना हुँदा पनि उक्त कम्पनीले नागरिकको अधिकारका लागि खटिने पत्रकारलाई सक्दो उपचारमा सहयोग गरेको भन्दै पत्रकार महासंघ कञ्चनपुरले आभार प्रकट गरेको छ । पत्रकार महासंघ जिल्ला अध्यक्ष धामीको उपचार अहिले नेपालमा सम्भव नभएपछि भारतीय अस्पतालमा भईरहेको छ ।

ताजा खबर

मंगलबार झलारीमा शुक्लाफाँटा कृषि व्यापार मेला

कल्पना साउद, कार्तिक २४ मंगलबारदेखि कञ्चनपुरको झलारीमा तेस्रो शुक्लाफाँटा कृषि,...

सवारी दुर्घटना न्यूनिकरण गर्न भवानी कालिकाको प्रयास

धर्मराज कठायत कञ्चनपुर, कार्तिक २४ कञ्चनपुरका दिनदिनै हुने सवारी दुर्घटना...

ग्रामिण भेगका महिलाको अधिकारको मुद्दा उठानका लागि मियो बन्दै सामुदायिक सुरक्षा जालो

कल्पना साउद कञ्चनपुर, २३ कार्तिक कञ्चनपुरका ग्रामिण भेगका महिलाको...

लक्ष्मी मावि बागफाँटामा चार कोठे भवन

शुनिल राना कार्तिक २१ महेन्द्रनगर । शुनिल राना, कार्तिक २१...

नया भवन बाट सेवा प्रवाह हुदा सेवाग्राहिहरुलाई सहज

कञ्चनपुर १८ कार्तिक नेपाल विद्युत प्राधिकरण मेहन्द्रनगर वितरण केन्द्रले नया...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?