सवारी दुर्घटना न्यूनिकरण गर्न भवानी कालिकाको प्रयास

धर्मराज कठायत
कञ्चनपुर, कार्तिक २४
कञ्चनपुरका दिनदिनै हुने सवारी दुर्घटना न्यूनिकरणका लागि एक निर्माण कम्पनीले गम्भिर चासो लिएको छ । जिल्लामा हुने सवारी दुर्घटनाले अकालमै मानिसको ज्यान जाने, अङगभङदेखि सवारी साधनमा क्षतिका घटनामा भवानी कालिका कन्स्ट्रक्सन प्रालिलले गम्भिर चासो लिएको हो ।
जिल्लाका मुख्य राजमार्ग मात्रै होईन ग्रामिण भेगमा समेत सवारी दुर्घटना बढिरहेको भन्दै निर्माण कम्पनीले समयमै न्यूनिकरणका लागि प्रयास थालेको छ । कर्णाली प्रदेशको दैलेखमा दर्ता भएको भवानी कालिका कन्स्ट्रक्सन प्रालिले सवारी दुर्घटना न्यूनिकरण गर्न सरोकारवालासंग छलफल गरेको छ । सोमबार सरोकारवालासग निर्माण कम्पनीले छलफल गरेको भवानी कालिका कन्स्ट्रक्सन प्रालिका संचालक हर्क मल्लले बताए ।
सवारी दुर्घटनाले एकातिर देश, समाजलाई चाहिने जनशक्ति गुमिरहेको र अर्कातिर देश विकास निर्माणका काममा खटिएका कम्पनीलाई आर्थिक, भौतिक क्षति बेहेनुपर्ने अवस्था निम्तिएको बताए । उनले दुर्घटना बाफत बीमा कम्पनीले दिने रकम समेत सारै कम भएकाले यसलाई बृद्धि गरेर कम्तिमा १० लाखसम्म पु¥याउनुपर्ने बताए । मल्लले दुर्घटना न्यूनिकरणका लागि सरोकारवाला निकाय गम्भिर हुनुपर्ने बताए । दुर्घटना भएपछि त्यस तर्फको समाधान खोज्नुभन्दा दुर्घटना हुनै नदिन उपायाको खोजि गर्नुपर्ने बताए । सडक छेउछाउमा रहेका रुख, झाँडी सफाई नहुँदा समेत दुर्घटना निम्तिन लागेको उनको भनाई छ ।
गत शुक्रबार उक्त निर्माण कम्पनीको मसला बनाउने मेसिनसंग ठोक्कीएर म२प८४०२नम्बरका मोटरसाईकल चालक बेदकोट ७सुडाका ३१बर्षिया शिव रानाको मृत्यु र अर्का ३० बर्षिया युवक भीम राना घाईते भएका थिए । कम्पनीले मृतक शिवको घर परिवारलाई नगद १४लाख क्रिरिया खर्च सहित राहत दिएको छ । भने, कम्पनीका कर्मचारीहरुका तर्फबाट थप २३ हजार सहयोग गरिएको छ । कम्पनीकै साईडमा भुमिपुजन सहित मृतकको स्मृतिमा श्रद्धान्जली समेत गरिएको छ । कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख बलेन्द्र नाथले सवारी दुर्घटना न्यूनिकरणका लागि निर्माण कम्पनीले गरेको प्रयास, चासो सरानिय भएको बताए । उनले दुर्घटना भएपछि कम्पनीले चासो दिने विषय राम्रो भएको र त्यस अघि नै यस्तो प्रयास गरेको भए झन राम्रो हुने बताए । उनले सवारी साधन संचालनका लागि गम्भिर र ट्राफिक नियम पालन गर्नुपर्नेमा जोडदिए । ट्राफिक इन्चार्ज नाथले सवारी दुर्घटना न्यूनिकरणका लागि स्वयम चालकदेखि सरोकारवाला सबै निकाय गम्भिर हुनुपर्ने आग्रह गरेका छन ।

ताजा खबर

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय 

काठमाडौँ, ७ जेठ  शिक्षा तथा खेलकुद मन्त्रालयले आगामी असार १...

विश्वविद्यालयका उपकुलपतिको कामकाजको जिम्मेवारी दिइएका प्राध्यापकहरूसँग अन्तरक्रिया

काठमाडौँ, ५ जेठ विभिन्न विश्वविद्यालयहरूमा संक्रमणकालका लागि उपकुलपतिको कामकाज गर्ने...

कलाकर्मी तथा समाजसेवी चन्दद्वारा बृद्धाआश्रममा  खाद्यान्न सहयोग

कञ्चनपुर ०२ जेष्ठ कलाकर्मी तथा समाजसेवी गोरख बहादुर चन्दले कञ्चनपुरको...

महाकाली साहित्य संगमको ३५ औँ संगम दिवसको अवसरमा अन्तर्राष्ट्रिय सेमिनार आयोजना

कञ्चनपुर ०१ जेठ महाकाली साहित्य संगमको ३५ औँ संगम दिवसको...

दोधाराचाँदनीमा शारीरिक अपाङ्गता सहायक सामाग्री चेकजाचँ शिविर 

कञ्चनपुर ३१ बैशाख  कञ्चनपुरको एक नगरपालिकाले शारीरिक अपाङ्गता सहायक सामाग्री...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?