लक्ष्मी मावि बागफाँटामा चार कोठे भवन

शुनिल राना
कार्तिक २१ महेन्द्रनगर ।
शुनिल राना, कार्तिक २१ कञ्चनपुरको एक नमुना सामुदायिक विद्यालयमा चार कोठे भवन निर्माण भएको छ । भीमदत्त नगरपालिका १९बागफाँटाको लक्ष्मी माविमा चार कोठे नयाँ भवन निर्माण भएको हो ।

संघीय सरकार र स्थानीय भीमदत्त नगरपालिका सरकारको संयुक्त आयोजनमा विद्यालय भवन निर्माण भएको प्रद्यानाध्यापक प्रमानन्द नाथले बताए । प्रअ नाथले भीमदत्त नगरका मेयर पदम बोगटीले भवनको एक कार्यक्रमका विच शुक्रबार उद्घाटन गरेको बताए ।

उद्घाटन कार्यक्रममा प्रअ नाथले भवन निर्माणसंगै दैनिक पठन पाठनमा सहज हुने बताए । उनले विद्यालय दरबन्दी थपदेखि आवश्यक कम भएका विद्यालय मर्ज गर्नुपर्नेमा जोडदिए । प्रअ नाथले सामुदायिक विद्यालयका शैक्षिक सुधारका लागि जनशक्तिदेखि भौतिक सरचना प्रर्याप्त भए शिक्षण कृयाकलापमा सहजता आउने, त्यसबाट शैक्षिक गुणस्तर सुधार हुने बताए ।

कार्यक्रमका प्रमुख अतिथि समेत भीमदत्त नगरका मेयर पदम बोगटीले विद्यालयको सुधार बारे चर्चा गर्दै भौतिक बृद्धि विकासका लागि आफ्नो तर्फबाट सहयोग गर्ने बाचा गर्नुभयो ।

कार्यक्रमका बिशिष्ठ अतिथि समेत रहेकी उपप्रमुख निलम लेखकले एक लाख बराबरको अक्षयकोण निर्माण गर्दै विद्यालयको भौतिक बृद्धि विकासका साथै विद्यालयको बहुउदेश्य हल निर्माण सहयोग गर्ने बचन दिएका छन । उक्त चार कोठे भवनको गत २१चैत्र ०८१मा शिलान्यास समेत गरेका बिशिष्ठ अतिथि समेत रहेका भीमदत्त नगरपालिका १९का वडाध्यक्ष जागुराम चौधरीले भीमदत्त नगरकै नमुना विद्यालय बनाउन भूमिका निर्वाहमा जोडदिए ।

कार्यक्रमको अध्यक्षता ग्रहण समेत गरेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दशरथ भण्डारीले तीनै तहका सरकारले विद्यालयको बृद्धि विकास जनशक्ति भैतिक सहयोग हुने बताए । पछिल्ला बर्षहरुमा लक्ष्मी माविले शैक्षिक सुधारका कार्यक्रम बृद्धि गर्दै गएपछि विद्यार्थी संख्या निरन्तर बढिरहेका छन ।

अभिभावक, विद्यार्थीको विश्वास समेत बढ्दै गएको छ । प्रदेश सरकारले उक्त विद्यालय नमुना विद्यालयमा छनौट पनि गरेको छ । कार्यक्रममा जनप्रतिनिधी, अभिभावक, शिक्षक, विद्यार्थी, समाजिक अगुवा सहितको सहभागिता रहेको थियो ।

ताजा खबर

मझगाउँ विमानस्थलमाथि बाट हालेको विद्युतलाई सार्न माग गर्दै विद्युत् प्राधिकरणलाई संघर्ष समितिको ज्ञापन

कञ्चनपुर, २९ असार कञ्चनपुरको महेन्द्रनगरस्थित निर्माणाधीन मझगाउँ विमानस्थलको धावनमार्ग (रनवे)...

कञ्चनपुरका तीन किसान भीमदत्त उत्कृष्ट किसान पुरस्कारबाट सम्मानित

कञ्चनपुर २६ असार कञ्चनपुरका तिन जना किसानलाई भीमदत्त उत्कृष्ठ किसान...

त्रिविसहित सात विश्वविद्यालयका उपकुलपति नियुक्त

काठमाडौँ, १९ असार   प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले त्रिभुवन...

अदालतको फैसला कार्यान्वयनका लागि पत्रकार खेम भण्डारी पक्राउ

कञ्चनपुर १८ असार कञ्चनपुरका पत्रकार खेम भण्डारीलाई अदालतबाट भएको...

महाकाली करिडोरमा वैकल्पिक सडकको अभाव, फेरि आन्दोलन चर्काउने स्थानीय युवाको चेतावनी

कञ्चनपुर १२ असार कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत भीमदत्त...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?