
शुनिल राना
कार्तिक २१ महेन्द्रनगर ।
शुनिल राना, कार्तिक २१ कञ्चनपुरको एक नमुना सामुदायिक विद्यालयमा चार कोठे भवन निर्माण भएको छ । भीमदत्त नगरपालिका १९बागफाँटाको लक्ष्मी माविमा चार कोठे नयाँ भवन निर्माण भएको हो ।
संघीय सरकार र स्थानीय भीमदत्त नगरपालिका सरकारको संयुक्त आयोजनमा विद्यालय भवन निर्माण भएको प्रद्यानाध्यापक प्रमानन्द नाथले बताए । प्रअ नाथले भीमदत्त नगरका मेयर पदम बोगटीले भवनको एक कार्यक्रमका विच शुक्रबार उद्घाटन गरेको बताए ।
उद्घाटन कार्यक्रममा प्रअ नाथले भवन निर्माणसंगै दैनिक पठन पाठनमा सहज हुने बताए । उनले विद्यालय दरबन्दी थपदेखि आवश्यक कम भएका विद्यालय मर्ज गर्नुपर्नेमा जोडदिए । प्रअ नाथले सामुदायिक विद्यालयका शैक्षिक सुधारका लागि जनशक्तिदेखि भौतिक सरचना प्रर्याप्त भए शिक्षण कृयाकलापमा सहजता आउने, त्यसबाट शैक्षिक गुणस्तर सुधार हुने बताए ।
कार्यक्रमका प्रमुख अतिथि समेत भीमदत्त नगरका मेयर पदम बोगटीले विद्यालयको सुधार बारे चर्चा गर्दै भौतिक बृद्धि विकासका लागि आफ्नो तर्फबाट सहयोग गर्ने बाचा गर्नुभयो ।
कार्यक्रमका बिशिष्ठ अतिथि समेत रहेकी उपप्रमुख निलम लेखकले एक लाख बराबरको अक्षयकोण निर्माण गर्दै विद्यालयको भौतिक बृद्धि विकासका साथै विद्यालयको बहुउदेश्य हल निर्माण सहयोग गर्ने बचन दिएका छन । उक्त चार कोठे भवनको गत २१चैत्र ०८१मा शिलान्यास समेत गरेका बिशिष्ठ अतिथि समेत रहेका भीमदत्त नगरपालिका १९का वडाध्यक्ष जागुराम चौधरीले भीमदत्त नगरकै नमुना विद्यालय बनाउन भूमिका निर्वाहमा जोडदिए ।
कार्यक्रमको अध्यक्षता ग्रहण समेत गरेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दशरथ भण्डारीले तीनै तहका सरकारले विद्यालयको बृद्धि विकास जनशक्ति भैतिक सहयोग हुने बताए । पछिल्ला बर्षहरुमा लक्ष्मी माविले शैक्षिक सुधारका कार्यक्रम बृद्धि गर्दै गएपछि विद्यार्थी संख्या निरन्तर बढिरहेका छन ।
अभिभावक, विद्यार्थीको विश्वास समेत बढ्दै गएको छ । प्रदेश सरकारले उक्त विद्यालय नमुना विद्यालयमा छनौट पनि गरेको छ । कार्यक्रममा जनप्रतिनिधी, अभिभावक, शिक्षक, विद्यार्थी, समाजिक अगुवा सहितको सहभागिता रहेको थियो ।


