माईती नेपालकी संयोजक भट्ट, बुद्धिजिवी मौनी र मदन पुरस्कार बिजेता साउदलाई सम्मान 

कञ्चनपुर २५ असाेज।

नेपाल जेसीजले कञ्चनपुरका तीन प्रभावशाली युवा(व्यक्तित्व)हरुलाई सम्मान गरेको छ । शुक्रबारदेखि महेन्द्रनगरमा शुरु भएको जेसीजको क्षेत्र(घ) सम्मेलनमा जिल्लाका तिन प्रभावशाली व्यक्तित्वहरुलाई सम्मान गरेको हो ।

महेन्द्रनगर जेजीजका अध्यक्ष राजेन्द्र प्रशाद अवस्थीले माईती नेपालकी जिल्ला संयोजक महेश्वरी भट्ट, लिटिलबुद्ध एकेडेमीका प्रिन्सिपल एव बैद्धिक व्यक्तित्व श्याम सिह मौनी र मदन पुरस्कार विजेता नर बहादुर साउदलाई सम्मान गरेको बताए । भट्ट, मौनी र साउदलाई दोसल्ला, प्रमाण पत्र, फुलमालाका साथै मायाको चिनो दिएर सम्मान गरिएको छ ।

माईती नेपाल कञ्चनपुरकी संयोजक एव महिला अधिकारकर्मी भट्टले भारत लगायत विदेशमा समेत बेचिएका चेलीबेटीहरुको उद्दार गरेर समाजिक काम गरेको, मौनीले शैक्षिक क्षेत्रको स्तर बृद्धि समाजिक काम गरेको र साउदले कृषि समाजिक क्षेत्रको बृद्धि विकासमा योगदान पु¥याएको आधारमा सम्मान गरिएको बताए । सम्मानित त्रय व्यक्तित्व भट्ट, मौनी र साउदले थप समाजिक उत्तरदायित्व थपिएको बताएका छन । यस अघि पनि उनीहरु समाजिक, शैक्षिक, कृषि लगायतका विवित क्षेत्रबाट सम्मान, पुरस्कार पाईसकेका थिए

ताजा खबर

मंगलबार झलारीमा शुक्लाफाँटा कृषि व्यापार मेला

कल्पना साउद, कार्तिक २४ मंगलबारदेखि कञ्चनपुरको झलारीमा तेस्रो शुक्लाफाँटा कृषि,...

भवानी कालिका कन्स्ट्रक्सन प्रालिद्वारा पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष धामीको उपचारका लागि आर्थिक सहयोग

आदित्य जोशी, कञ्चनपुर, कार्तिक २४ भवानीं कालिका कन्स्ट्रक्सन प्रालिले नेपाल...

सवारी दुर्घटना न्यूनिकरण गर्न भवानी कालिकाको प्रयास

धर्मराज कठायत कञ्चनपुर, कार्तिक २४ कञ्चनपुरका दिनदिनै हुने सवारी दुर्घटना...

ग्रामिण भेगका महिलाको अधिकारको मुद्दा उठानका लागि मियो बन्दै सामुदायिक सुरक्षा जालो

कल्पना साउद कञ्चनपुर, २३ कार्तिक कञ्चनपुरका ग्रामिण भेगका महिलाको...

लक्ष्मी मावि बागफाँटामा चार कोठे भवन

शुनिल राना कार्तिक २१ महेन्द्रनगर । शुनिल राना, कार्तिक २१...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?