माईती नेपालकी संयोजक भट्ट, बुद्धिजिवी मौनी र मदन पुरस्कार बिजेता साउदलाई सम्मान

उपेश सिंह धामी
कञ्चनपुर, २५ असोज ।
नेपाल जेसीजले कञ्चनपुरका तीन प्रभावशाली युवा (व्यक्तित्व) हरुलाई सम्मान गरेको छ । शुक्रबारदेखि महेन्द्रनगरमा शुरु भएको जेसीजको क्षेत्र९घ० सम्मेलनमा जिल्लाका तिन प्रभावशाली व्यक्तित्वहरुलाई सम्मान गरेको हो ।
महेन्द्रनगर जेजीजका अध्यक्ष राजेन्द्र प्रशाद अवस्थीले माईती नेपालकी जिल्ला संयोजक महेश्वरी भट्ट, लिटिलबुद्ध एकेडेमीका प्रिन्सिपल एव बैद्धिक व्यक्तित्व श्याम सिह मौनी र मदन पुरस्कार विजेता नर बहादुर साउदलाई सम्मान गरेको बताए । भट्ट, मौनी र साउदलाई दोसल्ला, प्रमाण पत्र, फुलमालाका साथै मायाको चिनो दिएर सम्मान गरिएको छ ।
माईती नेपाल कञ्चनपुरकी संयोजक एव महिला अधिकारकर्मी भट्टले भारत लगायत विदेशमा समेत बेचिएका चेलीबेटीहरुको उद्दार गरेर समाजिक काम गरेको, मौनीले शैक्षिक क्षेत्रको स्तर बृद्धि समाजिक काम गरेको र साउदले कृषि समाजिक क्षेत्रको बृद्धि विकासमा योगदान पु¥याएको आधारमा सम्मान गरिएको बताए । सम्मानित त्रय व्यक्तित्व भट्ट, मौनी र साउदले थप समाजिक उत्तरदायित्व थपिएको बताएका छन । यस अघि पनि उनीहरु समाजिक, शैक्षिक, कृषि लगायतका विवित क्षेत्रबाट सम्मान, पुरस्कार पाईसकेका थिए ।

ताजा खबर

बेलडाँडीका समाजसेवी ‘सिताराम’ रहेनन् 

केशव थापा  कञ्चनपुर, ६ पुष  कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडीका समाजसेवी धनसिह...

पुष ७ झलारीमा नेपाली कम्युनिष्ट पाटी कञ्चनपुरले एकता सन्देश सभा गर्दै

रमेश प्रशाद भट्ट कञ्चनपुर, पुष ६ नेपाली कम्युनिष्ट पाटी कञ्चनपुरले जिल्ला...

कृष्णपुर–२ वडा कार्यालयद्धारा विद्यार्थीलाई जर्सी

सन्जु महर कञ्चनपुर,०४ पौस । कञ्चनपुरको कृष्णपुर नगरपालिका २ नम्बर वडा...

भीमदत्त नगरमा बैदेशिक रोजगारी सम्बन्धी अभिमुखीकरण

कञ्चनपुर, पुष ३ कञ्चनपुरको भीमदत्त नगरपालिकामा बैदेशिक रोजगारी सम्बन्धी अभिमुखिकरण...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?