सहकर्मी जाग्रीद्वारा पत्रकार रनी विवशलाई उपचार खर्च

कञ्चनपुर, असोज २५
कञ्चनपुरका युवा पत्रकार रनी विवशलाई विदेशबाट समेत उपचार खर्च सहयोग गरिएको छ । विवशका पुर्व सहकर्मी भीम जाग्रीले उपचारार्थका लागि आर्थिक सहयोग गरेका हुन ।
केही दिनदेखि महाकाली अस्पतालमा उपचारार्थ रहेका पत्रकार विवशलाई कोरियामा रहेका जाग्रीले नगद ५हजार उपचारका लागि सहयोग गरेका छन । पत्रकार विवश र जागीले विगतमा अभियान दैनिकका संगै काम गरेका थिए ।
विकल्प दैनिकका सम्पादक पत्रकार विवश एमाले निकट प्रेस चौतारीका पुर्व केन्द्रीय सदस्य दुई दशक बढि समयदेखि पत्रकारिता गर्दै आएका उनको उपचारका लागि प्रेस सेन्टरका नेता समेत रहेका पत्रकार जाग्र्रीले मानविय सद्भावका लागि आर्थिक सहयोग गरेको जनाएका छन । केही बर्षदेखि जाग्र्री रोजगारीका सिलसिलामा विदेशमा छन । आफु विदेशमा रहदा पनि स्वदेशमा रहेका सहकर्मीको उपचारका लागि सहयोग गरेपछि जाग्रीप्रति पत्रकार विवश सहित अन्य पत्रकारले आभार प्रकट गरेका छन ।

ताजा खबर

बेलडाँडीका समाजसेवी ‘सिताराम’ रहेनन् 

केशव थापा  कञ्चनपुर, ६ पुष  कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडीका समाजसेवी धनसिह...

पुष ७ झलारीमा नेपाली कम्युनिष्ट पाटी कञ्चनपुरले एकता सन्देश सभा गर्दै

रमेश प्रशाद भट्ट कञ्चनपुर, पुष ६ नेपाली कम्युनिष्ट पाटी कञ्चनपुरले जिल्ला...

कृष्णपुर–२ वडा कार्यालयद्धारा विद्यार्थीलाई जर्सी

सन्जु महर कञ्चनपुर,०४ पौस । कञ्चनपुरको कृष्णपुर नगरपालिका २ नम्बर वडा...

भीमदत्त नगरमा बैदेशिक रोजगारी सम्बन्धी अभिमुखीकरण

कञ्चनपुर, पुष ३ कञ्चनपुरको भीमदत्त नगरपालिकामा बैदेशिक रोजगारी सम्बन्धी अभिमुखिकरण...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?