जेसीज क्षेत्र‘घ’सम्मेलन शुरु

गोबिन्द अवस्थी
कञ्चनपुर, असोज २५
कञ्चनपुर महेन्द्रनगरमा नेपाल जेसीज क्षेत्र (घ) सम्मेलन शुरु भएको छ । शुक्रबारदेखि नेपाल जेसीजको आयोजना एव महेन्द्रनगर जेसीजको आथित्यमा क्षेत्र (घ) सम्मेलन शुरु भएको हो ।
सुदूरपश्चिम विश्वविद्यालयका उपमुलपति डा। हेमराज पन्तले उद्घाटन गर्दै सम्मेलनबाट यस क्षेत्रको बृद्धि विकासमा जोडदिएका छन ।
महेन्द्रनगर जेसिज बर्ष ०२५का अध्यक्ष राजेन्द्र प्रशाद अवस्थीले नारायण नदी पश्चिम नेपालको भुगोल लक्षित गरेर दोस्रो पटक राष्ट्रिय सम्मेलन हुन लागेको बताए । अध्यक्ष अवस्थीका अनुसार यस अघि ०१५ मा ४२औँ राष्ट्रिय महाधिवेशन महेन्द्रनगरमै गरिएको थियो ।
महेन्द्रनगर जेसीज स्थापना भएको झण्डै चार दशक अर्थात ३८औँ बर्षमा फेरी जेसीजका ५८ शाखाका प्रतिनिधी, नेपाल जेसीजका राष्ट्रिय पदाधिकारी, पुर्व पदाधिकारी सहित गरेर सयौँको सहभागितामा यस पटक पनि क्षेत्रीय सम्मेलन हुन लागेको अध्यक्ष अवस्थीले बताए ।
अध्यक्ष अवस्थीले सम्मेलनको उद्घाटन समारोहपछि विभिन्न समुह बनाएर नेतृत्व विकास सम्बन्धी प्रशिक्षण हुने बताए । ‘विभिन्न जिल्लाबाट आएका अतिथिहरुलाई कञ्चनपुरका प्रसिद्ध पर्यटकीय गन्तव्यको भ्रमण गराईनेछ, ‘उनले भने, ‘यसबाट सुदूरपश्चिमको आन्तरिक पर्यटन प्रर्बद्धन हुनेछ ।’
सम्मेलनबाट जिल्लाको धार्मिक, ऐतिहासिक पर्यटकीय साँस्कृति गन्तव्यको पहिचान गराएर आगामी १० बर्षसम्म अधिकतम पर्यटक भित्र्रिने आधार तय हुनेछ । युवाहरुविच अनुभव सीप अनुभव आदान प्रदान, रैथाने उत्पादनदेखि उद्यमीलाई प्रर्बद्धन गर्ने, कला संस्कृति, विनिमय प्रर्बद्धन हुने अपेक्षा गरिएको छ । नेपाल जेसिजका कार्यकारी उपाध्यक्ष सौरब श्रेष्ठले देशभर चार क्षेत्र रहेको र अन्य क्षेत्रहरुमा क्रमिक रुपमा सम्मेलन भएकाले अहिले ‘घ’मा भएको बताए । देशभरका १४८शाखा मध्ये अधिकाँस सहभागिता हुने बताए । जेसीज महेन्द्रनगरका पुर्व अध्यक्ष एव सम्मेलन निर्देशक कृष्ण प्रशाद पाठकले देशको विषम परिस्थितिमा पनि कार्यक्रम संचालन हुन लागेको बताए । सम्मेलनबाट यस क्षेत्रमा ओझेमा रहेको सिटीहल संचालनदेखिका अन्य सम्भावना अघि बढाउने बताए । उनले आर्थिक सम्बृद्धिका लागि आन्तरिक पर्यापर्यटनदेखि युवाको सीप समेत महत्वपूर्ण हुने भएकाले सम्मेलनले थुप्रै क्षेत्रमा आयाम बढाउने बताए ।
सन १९९० महेन्द्रनगर जेसीजले भीमदत्त नगरपालिका १राजिपुरमा प्रौढ शिक्षाबाट शुरुवात गरेर अहिले बालविकासदेखि १२ कक्षासम्म विद्यालय संचालनमा रहेको स्मरण गराउँदै जेसीजले समाजिक काम गर्दै आएको बताए । दुईदिनसम्म सचालन हुने सम्मेलनमा यस क्षेत्रकोे पर्यटकीय एव आर्थिक क्षेत्रको बृद्धि विकास अपेक्षा गरिएको छ ।

ताजा खबर

मझगाउँ विमानस्थलमाथि बाट हालेको विद्युतलाई सार्न माग गर्दै विद्युत् प्राधिकरणलाई संघर्ष समितिको ज्ञापन

कञ्चनपुर, २९ असार कञ्चनपुरको महेन्द्रनगरस्थित निर्माणाधीन मझगाउँ विमानस्थलको धावनमार्ग (रनवे)...

कञ्चनपुरका तीन किसान भीमदत्त उत्कृष्ट किसान पुरस्कारबाट सम्मानित

कञ्चनपुर २६ असार कञ्चनपुरका तिन जना किसानलाई भीमदत्त उत्कृष्ठ किसान...

त्रिविसहित सात विश्वविद्यालयका उपकुलपति नियुक्त

काठमाडौँ, १९ असार   प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले त्रिभुवन...

अदालतको फैसला कार्यान्वयनका लागि पत्रकार खेम भण्डारी पक्राउ

कञ्चनपुर १८ असार कञ्चनपुरका पत्रकार खेम भण्डारीलाई अदालतबाट भएको...

महाकाली करिडोरमा वैकल्पिक सडकको अभाव, फेरि आन्दोलन चर्काउने स्थानीय युवाको चेतावनी

कञ्चनपुर १२ असार कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत भीमदत्त...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?