होलीको रकमबाट पत्रकार रनी विवशलाई उपचार खर्च

कञ्चनपुर, असोज २३

कञ्चनपुरका युवा पत्रकार रनी विवशलाई उपचार खर्च सहयोग गरिएको छ ।

जिल्लाका क्रियाशिल पत्रकारले गत बर्ष ०८१ चैत्रमा होली खेलेको रकमबाट पत्रकार विवशलाई उपचार गर्न सहयोग गरिएको हो ।

पत्रकार विवश केही दिनदेखि पेटको बिरामीले महाकाली अस्पतालमा उपचारार्थ छन ।

आर्थिक अभावले थला परेका पत्रकार विवशलाई क्रियाशिल पत्रकारको टोलीले उपचार खर्च सहयोग गरेको हो ।

क्रियाशिल पत्रकारका अगुवा एव नेपाल पत्रकार महासंघ कञ्चनपुरका उपाध्यक्ष धर्मा रोकायाले पत्रकार विवशलाई नगद ५हजार औषधी खर्च हस्तान्तरण गरेका छन ।

विकल्प दैनिकका सम्पादक पत्रकार विवश एमाले निकट प्रेस चौतारीका पुर्व केन्द्रीय सदस्य हुन । यस अघि जिल्लाका अन्य पत्रकारलाई उपचार खर्च गरिएको थियो । दुई दशक बढि समयदेखि पत्रकारिता गर्दै आएका उनी समसामयिक समाजिक, आर्थिक, साँस्कृतिक विषय उठान गर्दै आएका छन । सहकर्मी बिरामी परेर थला परेको थाहा पाएपछि जिल्लाका पत्रकार अस्पताल पुगेर शिघ्र स्वाथ्य लाभको कामना गरेका थिए । आफु बिरामी भई अस्पतालको सैयामा उपचारार्थ भएका बेला जिल्लाका क्रियाशिल एव होली खेलेका सहकर्मी आएर उपचारखर्चदेखि सान्त्वना प्रदान गरेपछि पत्रकार विवशले कञ्चनपुरका सम्पूर्ण पत्रकारप्रति आभार गरेका

छन ।

ताजा खबर

बेलडाँडीका समाजसेवी ‘सिताराम’ रहेनन् 

केशव थापा  कञ्चनपुर, ६ पुष  कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडीका समाजसेवी धनसिह...

पुष ७ झलारीमा नेपाली कम्युनिष्ट पाटी कञ्चनपुरले एकता सन्देश सभा गर्दै

रमेश प्रशाद भट्ट कञ्चनपुर, पुष ६ नेपाली कम्युनिष्ट पाटी कञ्चनपुरले जिल्ला...

कृष्णपुर–२ वडा कार्यालयद्धारा विद्यार्थीलाई जर्सी

सन्जु महर कञ्चनपुर,०४ पौस । कञ्चनपुरको कृष्णपुर नगरपालिका २ नम्बर वडा...

भीमदत्त नगरमा बैदेशिक रोजगारी सम्बन्धी अभिमुखीकरण

कञ्चनपुर, पुष ३ कञ्चनपुरको भीमदत्त नगरपालिकामा बैदेशिक रोजगारी सम्बन्धी अभिमुखिकरण...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?