समग्र निर्माण व्यवसायीको हकहितमा काम गर्छु ः अध्यक्ष अवस्थी

कञ्चनपुर, ०७ असोज ।
निर्माण व्यवसायी संघ कञ्चनपुरका नव निर्वाचित पदाधिकारी सदस्यले सपथ ग्रहण तथा पदभारग्रहण गरेका छन ।
गत २१ भदौँमा संघको १५औँ कार्य समिति चयनका लागि भएको निर्वाचनबाट निर्वाचित पदाधिकारी एव सदस्यले सपथ ग्रहण तथा पदभारग्रहण गरेका हुन ।
सोमबार एक कार्यक्रमका विच संघकै सभाकक्षमा निर्वाचित पदाधिकारी एव सदस्यले सपथ ग्रहण तथा पदभारग्रहण गरेका छन । निर्वाचन संयोजक पदमराज भट्टले अध्यक्ष अवस्थी र अवस्थीले अन्य पदाधिकारी र सदस्यहरुलाई सपथ ग्रहण गराएका थिए । निर्वाचित पदाधिकारीहरुलाई प्रमाण पत्र समेत वितरण गरिएको छ ।
कार्यक्रममा नव निर्वाचित अध्यक्ष पुष्पराज अवस्थीले समग्र जिल्लाभरीका निर्माण व्यवसायीको हकहितमा काम गर्ने प्रण गर्दै संघलाई एकढिक्का भएर लग्ने बताए । कार्यक्रममा निर्वतमान अध्यक्ष निरञ्जन प्रशाद भट्टले आफ्नो कार्यकालमा व्यपसायीकोे हकहितका लागि थुप्रै काम गरेकाले नयाँ समितिले पनि निरन्तरतामा जोडदिएका छन ।

ताजा खबर

१० वर्षदेखि तलबभत्ता ज्येष्ठ नागरिक र असहायलाई बाँड्दै वडाध्यक्ष कुवँर

कञ्चनपुर, २४ असोज। जनप्रतिनिधि भएपछि राज्यबाट प्राप्त हुने तलबभत्ता व्यक्तिगत...

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

कञ्चनपुर, २४ असोज। महाकाली नदीमा नेपाल टेलिकमको अप्टिकल फाइबर तार...

उदयदेव सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न, उत्पादनमूलक कर्जामा जोड

कञ्चनपुर, २३ असोज  कञ्चनपुरको पुरानो सहकारी संस्थामध्ये एक उदयदेव बहुउद्देश्यीय...

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?