कञ्चनपुरमा ‘जेनजी’ आन्दोलन उग्र, दर्जनौं संरचनामा तोडफोड र आगजनी

कञ्चनपुर, भदौ २७ – कञ्चनपुरमा चलिरहेको ‘जेनजी’ आन्दोलन हिंसात्मक बन्दै गएपछि ठूलो संख्यामा तोडफोड र आगजनी भएका छन्। आन्दोलनकारीहरूले सरकारी तथा निजी सम्पत्तिमा आक्रमण गर्दा जिल्ला तनावग्रस्त बनेको छ।

प्रहरीका अनुसार हालसम्म २७ वटा सरकारी कार्यालयमा तोडफोड र आगजनी गरिएको छ। त्यस्तै पाँच वटा विभिन्न राजनीतिक दलका कार्यालय तोडफोडमा परेका छन्।

आन्दोलनकारीहरूले १२ जना नेता तथा जनप्रतिनिधिका निजी निवास लक्षित गरेका छन् भने चार वटा व्यापारिक केन्द्रमा समेत क्षति पुर्याइएको छ। यस्तै १६ वटा सवारीसाधनमा तोडफोड तथा आगजनी गरिएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ।

जिल्लामा स्थिति नियन्त्रणमा लिन थप सुरक्षाकर्मी परिचालन गरिएको छ। हिंसात्मक घटनापछि स्थानीयबासी त्रसित भएका छन्।

ताजा खबर

जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्यो

काठमाडौं भदौ,  २६ । जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको...

हट्यो,उपत्यकामा दिउँसोको कर्फ्यु

भदौ २७ काठमाडौं । नेपाली सेनाले काठमाडौं उपत्यकामा दिउँसोको...

कफ्यु तोडदै एमाले पाटी कार्यालयमा दोस्रो पटक आगजनी

सञ्जय महर कञ्चनपुर, २४ भदौँ कञ्चनपुरमा आन्दोलन चर्किदै गएपछि...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?