कञ्चनपुर निमार्ण र उद्योग व्यवसायी संघको कार्यक्रममा आएका मन्त्रीद्धय बास्कोटा र लेखकको पद चट

कञ्चनपुर, २५ भदौँ ।
उद्योग र निर्माण व्यवसायी संघ कञ्चनपुरको कार्यक्रमका लागि जिल्ला आएका दुई संघीय सरकारका मन्त्रीले राजिनामा दिनुपर्ने अवस्था भोकेका छन । ६ बर्ष अघि तत्तकालिन सुचना तथा संचारमन्त्री गोकुल बास्कोटा र अहिले गृहमन्त्री रमेश लेखकले पदबाट राजिनामा दिनुपर्ने अवस्था भोकेका हुन । उद्योग र निर्माणको कार्यक्रम गर्न कञ्चनपुर पुगेर राजधानी ९काठमाण्डौँ० फर्किए लगत्तै भोलीपल्ट राजिनामा दिएका छन ।
७ फागुन ०७६ देखि कञ्चनपुर उद्योग वाणिज्य संघले आयोजना गरेको १३ औँ सुदूरपश्चिम प्रदेश स्तरिय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवको उद्घाटन गर्न आएका तत्तकालिन सुचना तथा संचारमन्त्री गोकुल बास्कोटा प्रमुख अतिथि थिए ।
व्यापार मेला उद्घाटन गर्न कञ्चनपुर पुगेका तत्तकालिन संचारमन्त्री बास्कोटालाई सेक्सुरेटरी प्रिन्टिङ मेसिन खरिदमा ७० करोडमा घुसकाण्ड अडियो आएपछि ८ फागुन ०७६ मा पदबाट राजिनामा दिएका थिए ।
२० भदौँ निर्माण व्यवसायी संघ कञ्चनपुरको १५ औँ अधिवेशनका लागि गृहनगर आएका तत्तकालिन गृहमन्त्री रमेश लेखक २२ गते काठमाण्डौँ फर्किए लगत्तै भोलीपल्ट २३भदौँमा राजिनामा दिएका थिए । २३ भदौैँ सोमबार जेएनजी आन्दोलनमा काठमाण्डौँ सहितका जिल्लाहरुमा भएकोे बिरोध प्रर्दशनमा क्रममा मान्छे मारिएकोदेखि घाईते भएको घटनामा नैतिक जिम्मेबारी लिदै राजिनामा दिएका थिए ।
मंगलबार चर्किएको जेनजी आन्दोलनमा निर्तमान गुहमन्त्री एव काँग्रेस नेता लेखकको महेन्द्रनगर स्थित २ र काठमाण्डौँ नैकाप स्थित १ घरमा आगजनी र एमाले नेता एव तत्तकालिन संचारमन्त्री बास्कोटाको काठमाण्डौँको घरमा आगजनी गरेका छन । जेनजी आन्दोलनपछि अवस्था भने झन जटिल बनेको छ ।

ताजा खबर

१० वर्षदेखि तलबभत्ता ज्येष्ठ नागरिक र असहायलाई बाँड्दै वडाध्यक्ष कुवँर

कञ्चनपुर, २४ असोज। जनप्रतिनिधि भएपछि राज्यबाट प्राप्त हुने तलबभत्ता व्यक्तिगत...

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

कञ्चनपुर, २४ असोज। महाकाली नदीमा नेपाल टेलिकमको अप्टिकल फाइबर तार...

उदयदेव सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न, उत्पादनमूलक कर्जामा जोड

कञ्चनपुर, २३ असोज  कञ्चनपुरको पुरानो सहकारी संस्थामध्ये एक उदयदेव बहुउद्देश्यीय...

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?