चवन्नी बजारका अध्यक्ष खत्रीले गृहमन्त्री लेखकलाई भने, ‘दैजी बेलडाँडी हुलाकी सडक २४सै घण्टा खुला गर्नुपर्छ’

उपेश सिंह धामी,
कञ्चनपुर २२ भदौँ ।
कञ्चनपुरको दक्षिणी क्षेत्र जोड्ने हुलाकी सडक अन्र्तरगत दैजी बेलडाँडी सडक २४सै घण्टा निर्बाध संचालनमा स्थानीयले माग अघि सारेका छन । हुलाकी राजमार्ग अन्र्तरगत दैजी बेलडाँडी शुक्लाफाँटा राष्ट्रिय निकुञ्जकोे जंगल क्षेत्रको सडकमा निकुञ्जले राती ८ देखि बिहान ६ बजेसम्म बन्द गरिदिने भएपछि यातायात समस्या दर्शाउँदै स्थानीयहरुले सरकारसंग निरन्तर खुलाकोे माग अघि सारेका हुन । चवन्नी बजार व्यवस्थापन समितिका अध्यक्ष ललित खत्रीले गृहमन्त्री रमेश लेखक समक्ष दैजी बेलडाँडी हुलाकी राजमार्गमा निकुञ्जले सीमा तोकेपछि स्थानीय यात्रुदेखि व्यवसायी मारमा परेको विषयमा ध्यानाकर्षण गराएका छन । गृहनगर महेन्द्रनगर पुगेका गृहमन्त्री लेखकलाई अध्यक्ष खत्रीले निकुञ्जबाट उक्त सडकमा सीमा तोक्दा स्थानीय, व्यवसायीदेखि मारमा परेको बताए । १५ किलोमिटर जंगल क्षेत्रमा निकुञ्जले सुरक्षाको कारण देखाएर आवत जावतमा रोक्दै आएको छ । युद्धकालिन समय जस्तै निकुञ्जले सुरक्षाको बहानामा यात्रुलाई अनावश्यक दुख दिन खोजेको भन्दै खत्रीले गृहमन्त्री लेखकको ध्यानाकर्षण गराएका छन ।
‘मुलुकका अन्य देश कहाँका कहाँ पुगिसकेका छन, ‘उनले भने, ‘यहाँ समान्य रातीका बेलामा पनि रोकटोक गरिन्छ, कसैको विवाहदेखिका विवित समाजिक, साँस्कृतिक, आर्थिक लगायतका कामकाज गरेरर घर फर्किदा समेत निकुञ्जले गेटमै पुगेर फकाईदिने समस्या छ ।’ उक्त सडकको दैजी र बेलडाँडी प्रवेसद्धारमै सिसिटिभी क्यामेरा जडानदेखि भावि दिनमा विचमै यात्रु नागरिक, बन्यजन्तुको सुरक्षाका लागि एक पोष्ट समेत स्थापना गर्नुपर्ने बताए ।
‘पुर्वपश्चिम महेन्द्र राजमार्ग अन्र्तरगत शुक्लाफाँटाकै अर्जुनीमा सवारी साधन प्रविधीबाट ईन्ट्री, निगरानी गरे जस्तै उक्त दक्षिणी क्षेत्र जोड्ने हुलाकी सडकमा पनि सिसिटिभीका माध्यमबाट ईन्ट्री, निगरानी गर्नुपर्छ ।’ सडकमा नेटवर्कका लागि टावरको क्षमता विस्तार गर्दै नागरिकलाई बढी भन्दा बढी सुरक्षा दिएर सुरक्षित यात्रा गराउनु सरकारको दायित्व समेत भएको दर्शाएका छन । ‘विगतमा उक्त सडक कच्ची भएका कारण नागरिक संकटमा पर्दै आएका थिए, अहिले बनेको छ, ‘खत्रीले भने, ‘सडक छेउछाउको झाँडी व्यवस्थापनका लागि समेत स्थायी प्रकृतिको योजना ल्याउनुपर्छ ।’ संसारका मुलुकका सडकमा रातभर यातायात सेवा खुल्दै हुन्छन, अनि समुद्रमुनी पनि नेटर्वक हुन्छ, यातायात र संचारको विकासले तिव्रता ल्याएको छ, त्यहाँका नागरिक समेत दुखबाट मुक्त छन, ‘उनले भने, ‘हाम्रो जिल्ला सदरमुकाम महेन्द्रनगर, घर आउन जान सडकमा बाधै बाधा छन, यसको समाधान हुन नसके समग्र जिल्लाको आर्थिक, भौतिक, समाजिक बृद्धि विकासमा प्रभाव पर्छ ।’ चवन्नी बजार व्यवस्थापन समितिका अध्यक्ष खत्रीले नागरिकले यातायातमा दक्षिणी क्षेत्रका जनताले भोक्दै आएका समस्या बारे सम्बन्धीत निकायमा कुरा राखेर निकास निकाल्ने आश्वासन दिएका छन । गृहमन्त्री लेखकले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जदेखि वन, संचार मन्त्रालयमा कुरा राखेर सिसिटिभी क्यामेरा, टावर, सुरक्षा प्रबन्ध लगायतका जनतामा पिर मर्का सम्बोधन गरिने आश्वासन दिएका छन ।

ताजा खबर

मझगाउँ विमानस्थलमाथि बाट हालेको विद्युतलाई सार्न माग गर्दै विद्युत् प्राधिकरणलाई संघर्ष समितिको ज्ञापन

कञ्चनपुर, २९ असार कञ्चनपुरको महेन्द्रनगरस्थित निर्माणाधीन मझगाउँ विमानस्थलको धावनमार्ग (रनवे)...

कञ्चनपुरका तीन किसान भीमदत्त उत्कृष्ट किसान पुरस्कारबाट सम्मानित

कञ्चनपुर २६ असार कञ्चनपुरका तिन जना किसानलाई भीमदत्त उत्कृष्ठ किसान...

त्रिविसहित सात विश्वविद्यालयका उपकुलपति नियुक्त

काठमाडौँ, १९ असार   प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले त्रिभुवन...

अदालतको फैसला कार्यान्वयनका लागि पत्रकार खेम भण्डारी पक्राउ

कञ्चनपुर १८ असार कञ्चनपुरका पत्रकार खेम भण्डारीलाई अदालतबाट भएको...

महाकाली करिडोरमा वैकल्पिक सडकको अभाव, फेरि आन्दोलन चर्काउने स्थानीय युवाको चेतावनी

कञ्चनपुर १२ असार कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत भीमदत्त...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?