‘क’ वर्गका ठेकेदार देवीदत्त भट्ट निर्माण व्यवसायी संघ कञ्चनपुर महासचिवको दौडमा

कञ्चनपुर, १७ भदौं ।
आशन्न २१ भदौँ ०८२ शनिबार हुने निर्माण व्यवसाय संघ कञ्चनपुरको नयाँ नेतृत्व, पदाधिकारीका लागि निर्वाचन हुदैछ । नेतृत्व पदाधिकारी सदस्यका लागि जिल्लाका कनिष्ठदेखि बरिष्ठ निर्माण व्यवसायी विभिन्न पदमा देखिएका छन । पुष्पराज अवस्थी प्यानलबाट महासचिवका उम्मेदवार देवीदत्त भट्ट चुनावी मैदानमा होमिएका छन ।
झण्डै अढाईदशक देखि निरन्तर निर्माण क्षेत्रमा सकृय भट्ट सदस्य हुँदै संघको संगठन प्रमुख महासचिवकै दौडमा देखिएका हुन । शन्निदेव निर्माण सेवा प्रालिका संचालक समेत रहेका भट्ट २५ बर्षदेखि निरन्तर व्यवसायमा छन । उनको निर्माण कम्पनी पनि ‘क’ वर्ग उत्कृष्ठ स्थानमै छ । जिल्ला, प्रदेशदेखि बाह्य जिल्लाहरुमा सम्झौता अनुरुप सन्तोषजनक काम सम्पन्न गरेका भट्टले बाँके, बर्दिया, पोखरा, कालिकोट, जुम्लासम्मै निर्माणको काम गरेका छन । समयमै काम सम्पन्न गरेको भन्दै सरकारी, गैर सरकारी संस्थाबाट सम्मान पाएका भट्टले संघको विद्यान अनुरुप सदस्यको जिम्मेबारी सफलतापुर्वक गर्दै अब पदाधिकारी(महासचिव) हुँदै नेतृत्व लिने लक्ष्य अघि सारेको बताए ।
महासचिवका उम्मेदवार भट्टले आफु कुनै दलको नेता कार्यकर्ता नभई विशुद्ध निर्माण व्यवसायी भएको बताउँदै उनले सानादेखि ठुला सबै प्रकृतिका व्यवसायीहरुको हकहितका लागि काम गर्ने प्रतिज्ञा गरेका छन । प्रत्यक्ष १५÷२०युवाहरु सहित अप्रत्यक्ष रुपमा निरन्तर डेढसयलाई रोजगारी दिएका भट्टले निर्माण व्यवसायलाई स्वच्छ, निष्पक्ष, सम्मानितका साथै युवाहरुलाई स्वदेशमै रोजगारी दिलाउने केन्द्र बनाउने समेत सकल्प दिएका छन । ‘निर्माण व्यवसायतिर देखिएका भुक्तानीदेखि सबै प्रकृतिका समस्या समाधानका लागि संघ रोज्न लागेको छुँ, ‘उनले भने, ‘काम गरेपछि पनि भुक्तानी नपाउने, भुक्तानी दिएपनि अनेकन दुख दिने प्रचलन छ, त्यसलाई समाधान गर्छु ।’
अन्यायमा परेका साना व्यवसायीहरुकोे हकहितका लागि काम गर्दै भावि दिनमा संस्थागत बृद्धि विकासका लागि काम गर्ने बताए । भट्टले आम निर्माण व्यवसायीहरुलाई सहयोगका लागि अपिल गरेका छन ।

ताजा खबर

डिग्री होल्डर बृजकिशोर चन्द निर्माण व्यवसायी संघ कञ्चनपुर सचिवको दौडमा

कञ्चनपुर, भदौँ १८ कञ्चनपुर महेन्द्रनगरका युवा बृज किशोर चन्द स्नाकोत्तर...

ईन्जिनियर महरा निर्माण व्यवसायी संघ कञ्चनपुर सहकोषाध्यक्षको चुनावी मैदानमा

कञ्चनपुर , १८ भदौँ । आउँदो शनिबार २१ भदौँमा निर्माण...

युवा निर्माण व्यवसायी कार्की संघको सहकोषाध्यक्षको दौडमा

कञ्चनपुर, १७ भदौं । कञ्चनपुरका युवा निर्माण व्यवसायी चित्र बहादुर...

निर्माण व्यवसायी संघ कञ्चनपुर नयाँ नेतृत्वका लागि पुष्पराज अवस्थीको प्यानल घोषणा

कञ्चनपुर, १६ भदौँ निर्माण व्यवसायी संघ कञ्चनपुरको नयाँ नेतृत्व चयनका...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?