युवा निर्माण व्यवसायी कार्की संघको सहकोषाध्यक्षको दौडमा

कञ्चनपुर, १७ भदौं ।
कञ्चनपुरका युवा निर्माण व्यवसायी चित्र बहादुर कार्की यतिबेला जिल्ला सदरमुकाम महेन्द्रनगरमा व्यस्थ छन ।
आउँदो शनिबार २१ भदौँमा हुन लागेको निर्माण व्यवसायी संघ कञ्चनपुरको १५औँ कार्य समितिको निर्वाचनका लागि युवा निर्माण व्यवसायी कार्की जिल्ला मुकाममा व्यस्थ रहेका हुन । संघमा उनी आफ्नो सिङ्गो टिम पुष्पराज अवस्थी नेतृत्वको प्यानल जिताउनका लागि मत माग्न खटिएका छन ।
जिल्लाकै चार पालिका रहेको दक्षिणी क्षेत्रकोे भुगोलबाट सघको पदाधिकारीमा उनी एक्ला उम्मेदवार हुन । यस अघि १४औँ कार्य समितिको निर्वाचनबाट सदस्य पदमा सानदारका साथ जित हासिल गरेका युवा निर्माण व्यवसायी कार्की अहिले पदाधिकारी सहकोषाध्यक्षको दौडमा आफ्नो अपराजित यात्रा तय गर्न लागेका छन ।
केदार निर्माण सेवा प्रालिका संचालक समेत रहेका कार्की बेलडाँडी गाँउपालिका २ चवन्नीका स्थानीय बासिन्दा समेत रहेका उनी डेढ दशकदेखि निर्माण व्यवसायी क्षेत्रमा सकृय छन ।
कार्कीले स्थानीय स्तरदेखि जिल्ला बाहिर समेत निर्माण क्षेत्रमा कामकाज सफलतापुर्वक गरेका छन । सरकारीदेखि सार्वजनिक निकायबाट पाएको काम समयमै गुणस्तरिय रुपमा सम्पन्न गर्दै जिम्मेबारी निर्वाह गरेका कार्की अहिले संघकै पदाधिकारीको जिम्मेबारीमा जान खोजेका छन ।
निर्माण व्यवसायी संघ कञ्चनपुरको सहकोषाध्यक्षका उम्मेदबार चित्र बहादुर कार्कीले आम निर्माण व्यवसायीहरुको साझा हकहितका लागि काम गर्ने एजेण्डा लिएका छन ।
उनले साना व्यवसायीहरुले खेप्दै आएका समस्या पहिचान गर्दै आगामी दिनमा भुक्तानीदेखिका काममा देखिने झन्झट हटाउँदै सबै व्यवसायीहरुलाई मर्यादित, भयरहित वातावरणमा कामकाज गर्नका लागि पहल गर्ने प्रतिज्ञा गरेका छन । ‘संघमा पनि धेरै साथी व्यवसायीहरु छुटेका छन, उनीहरुलाई पनि संघमा आबद्ध गराउँदै संस्थागत हित विकास गर्दै स्वच्छ निष्पक्ष, पादरर्शी, सम्मानित पेशा पाउने मेरो संकल्प छ, ‘उनले भने, ‘यही एजेण्डा साथ हामी चुनावमा होमिएका छौँ, हामीलाई अहिले विश्वास गरे त्यही अनुरुप आम व्यवसायीहरुको हकहितमा काम गछौँ ।’

ताजा खबर

निर्माण व्यवसायी संघ कञ्चनपुरको प्रेस सल्लाहकारमा भुपी उपाध्याय नियुक्त

भुपी उपाध्याय कञ्चनपुर ७ महेन्द्रनगर निर्माण व्यवसायी संघ कञ्चनपुरको प्रेस सल्लाहकार...

बेलडाँडीका समाजसेवी ‘सिताराम’ रहेनन् 

केशव थापा  कञ्चनपुर, ६ पुष  कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडीका समाजसेवी धनसिह...

पुष ७ झलारीमा नेपाली कम्युनिष्ट पाटी कञ्चनपुरले एकता सन्देश सभा गर्दै

रमेश प्रशाद भट्ट कञ्चनपुर, पुष ६ नेपाली कम्युनिष्ट पाटी कञ्चनपुरले जिल्ला...

कृष्णपुर–२ वडा कार्यालयद्धारा विद्यार्थीलाई जर्सी

सन्जु महर कञ्चनपुर,०४ पौस । कञ्चनपुरको कृष्णपुर नगरपालिका २ नम्बर वडा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?