गोल्डमिडिलिष्ट युवा निर्माण व्यवसायी दिपक भट्ट कञ्चनपुर निर्माण व्यवसायी संघ उपाध्यक्षको दौडमा

कञ्चनपुर, १४ भदौँ
कञ्चनपुरका युवा निर्माण व्यवसायी दिपक भट्ट संघको पदाधिकारीकोे दौडमा देखिएका छन । आउँदो २० र २१ भदौँमा हुने निर्माण व्यवसायी संघ कञ्चनपुरको १५ औँ कार्यकारी समितिका लागि हुने निर्वाचनमा भट्ट उपाध्यक्ष पदका उम्मेदवार हुन । निरञ्जन प्रशाद भट्ट प्यानलबाट उपाध्यक्षका उम्मेदवार भट्ट अहिले चुनावी मैदानमा उत्रिएका छन । उनी आफ्नो सिङ्गो प्यानल र आफुलाई जिताउन मतदातासंग भेटघाट छलफलमा व्यस्थ छन । डेढ दशकदेखि प्रत्यक्ष निर्माण व्यवसायको क्षेत्रमा कार्यरत युवा अब्बल निर्माण व्यवसायी भट्ट निर्माण व्यवसायी संघ कञ्चनपुरको उपाध्यक्ष पदको प्रभावशाली उम्मेदवार हुन । भट्ट नेशनल कन्स्ट्रक्सन प्रालिका निर्देशक हुन ।
११बैशाख ०७६सालमा सम्पन्न भएको निर्माण व्यवसायी संघको १३औँ कार्य समितिको सदस्यमा निर्वाचित भएका भट्ट दोस्रो पटक २५ भदौँ ०७९ सालमा सम्पन्न भएको १४औँ कार्य समितिको निर्वाचनमा कोषाध्यक्षमा निर्वाचित भएका थिए । अब २१ भदौँ ०८२ मा १५औँ कार्य समितिका लागि हुने निर्वाचनमा उनी तेस्रो पटकको प्रयासमा उपाध्यक्षको दौडमा देखिएका हुन । डेढ दशककै अवधिमा भट्टले विभिन्न सरकारी, गैर सरकारी निकायबाट समयमै गुणस्तरिय काम सम्पन्न गरेको भन्दै पुरस्कार पाएका छन ।
२८ फागुन ०७९ सालमा नेपाल निर्माण व्यवसायी महासंघले नै भट्टलाई गोल्डमिडिलिष्ट अवार्ड ०७९ बाट पुरस्कृत गरेको थियो । यसका साथ महाकाली जनसेवा मावि भीमदत्त नगरपालिका ७हल्दुखाल, कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकी, आन्तरिक राजस्व कार्यालय महेन्द्रनगर, शहरी विकास तथा भवन निर्माण विभाग धनगढी, यातायात व्यवस्था कार्यालय महेन्द्रनग र महाकाली प्रादेशिक अस्पतालबाट पुरस्कार एव सम्मानित भएका थिए । महाकाली प्रादेशिक अस्पतालबाट दुई पटक पुस्कृत भएका छन । उक्त कार्यालयबाट समयमै गुणस्तरिय, सम्झौता अनुरुप राम्रो काम गरेको भन्दै भट्टलाई पुरस्कृत गरिएको हो । काम नगर्ने निर्माण व्यवसायीबाट हैरानी खेपेका सरकारी, गैर सरकारी कार्यालय सर्वसाधारणको नजरमा युवा अब्बल निर्माण व्यवसायी भट्ट उत्कृष्ट काम गरे बाफत जहाँको कामको जिम्मा पायो, त्यही पुरस्कृत हुँदै आएका छन । निर्माण व्यवसायी संघ कञ्चनपुरका पुर्व अध्यक्ष समेत रहेका बरिष्ठ निर्माण व्यवसायी धर्मानन्द भट्टका कान्छा पुत्र भट्ट बाबुकै प्रेरणाबाट समेत निर्माण व्यवसायी क्षेत्रमा सकृय छन ।
जहाँ काम गरेपनि अब्बल काम गरेर हाईहाई बटुलेका निर्माण व्यवसायी भट्ट उपाध्यक्षका लागि चुनावी मैदानमा देखिएपछि उनी निर्माण व्यवसायी मात्रै नभई समाजिक क्षेत्रबाट समेत साथ सर्मथन पाईरहेका छन । बजार व्यवस्थापनमा स्नाकोत्तर(माष्र्टरडिग्री) गरेका युवा निर्माण व्यवसायी भट्टले स्वदेशकै केही गर्नुपर्छ भन्ने विचारका साथ निर्माण क्षेत्रमा काम गर्दै आएका छन । उनले आम जिल्लाका निर्माण व्यवसायीको हकहितका लागि काम गर्दै निर्माण व्यवसायी पेशालाई अब्बल, मर्यादित देश विकास निर्माणका क्षेत्रमा काम गर्ने प्रतिज्ञा गरेका छन । उपाध्यक्ष पदका उम्मेदवार भट्टले आफु सहित प्यानल जिताउन अपिल समेत गरेका छन ।

ताजा खबर

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय 

काठमाडौँ, ७ जेठ  शिक्षा तथा खेलकुद मन्त्रालयले आगामी असार १...

विश्वविद्यालयका उपकुलपतिको कामकाजको जिम्मेवारी दिइएका प्राध्यापकहरूसँग अन्तरक्रिया

काठमाडौँ, ५ जेठ विभिन्न विश्वविद्यालयहरूमा संक्रमणकालका लागि उपकुलपतिको कामकाज गर्ने...

कलाकर्मी तथा समाजसेवी चन्दद्वारा बृद्धाआश्रममा  खाद्यान्न सहयोग

कञ्चनपुर ०२ जेष्ठ कलाकर्मी तथा समाजसेवी गोरख बहादुर चन्दले कञ्चनपुरको...

महाकाली साहित्य संगमको ३५ औँ संगम दिवसको अवसरमा अन्तर्राष्ट्रिय सेमिनार आयोजना

कञ्चनपुर ०१ जेठ महाकाली साहित्य संगमको ३५ औँ संगम दिवसको...

दोधाराचाँदनीमा शारीरिक अपाङ्गता सहायक सामाग्री चेकजाचँ शिविर 

कञ्चनपुर ३१ बैशाख  कञ्चनपुरको एक नगरपालिकाले शारीरिक अपाङ्गता सहायक सामाग्री...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?