दुर्घटना न्युनिकरण गर्न अलस्टार क्लबको बेलडाँडीमा सडक सरसफाई अभियान

विकास सिह महता
कञ्चनपुर, साउन १८
सडकमा हुने सवारी साधन दुर्घटना न्युनिकरणका लागि कञ्चनपुरको एक क्लबले सरसफाई अभियान संचालन गरेको छ । जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी गाँउपालिका १ लल्लरडाँडा९टाईगरबस्ती०मा रहेको अलस्टार युवा क्बलले शनिबारदेखि गाँउमा सडक सरसफाइ अभियान संचालन गरेको जनाएको छ ।
अल स्टार क्लबका अध्यक्ष लोक बहादुर बलायरले सडक छेउछाउमा रहेको झाँडीले पैदल, साईकल, मोटरसाईकल, अटोजिपकार सहितका सवारी साधनबाट हुने सम्भावित सवारी दुर्घटना रोक्न सडक दुवै तर्फको झाडी सफाई गरेको बताए । “खेलकुद संगै सुरक्षित सरसफाइ सेवामा समावेशीता हाम्रो प्रतिवद्धता“ भन्ने मुल नाराका साथ अल स्टार युवा क्लबले बेलडाँडी गाउँपालिका वडा नं।–०१ पिपलचौतारादेखि सडक सफाई शुरुवात गरेको बताए ।

अल स्टार क्लबका सहसचिव दिपक कोइरालाले सानो त्रृटीले मानिस घाईतेदेखि मृत्युबरण सवारी साधनमा हुने क्षति रोक्न समयमै झाडी सफाई गरेर सडक एकछेउदेखि अर्को छेउसम्म सहजै देखिने गरेर सफाई गरेको बताए । उनका अनुसार, सरसफाइ अभियान आइतबार र सोमबार बिहान निरन्तर चल्ने छ। भने अन्य कार्यक्रम हप्तामा प्रत्येक सनिवारको दिन बिहान २ घण्टा गर्ने गरि कार्यतालिका रहेको छ। खेलकुदका गतिविधि संगै क्लबले समाज सुधार लगायत अतिरिक्त क्रियाकलाप गर्ने योजना बनाएको छ। अभियान लाई सुरुवात गर्न सहयोग पुगाउने सम्पुर्ण सहयोगी हातहरु लाई क्लबले धन्यवाद समेत व्यक्त गरेको छ। बेलडाँडी गाउँपालिका वडा नं। ०१ का निवर्तमान वडा अध्यक्ष अमर बहादुर खत्रीले उक्त अभियान समाजिक कार्य भएएको बताए । सरस्वती माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् क्लबका सल्लाहकार संयोजक दिर्घ बहादुर सिंहले दुर्घटना न्यूनिकरणका लागि क्बको काम सरानिय भएको बताए । नेपाल पत्रकार महासंघका कोषाध्यक्ष मोहन विष्टले ग्रामिण भेगका सडक छेउछाउ सफाईले दुर्घटना रोक्नेदेखि यात्रुलाई सहज हुने, युवाहरुलाई समाजिक बोध गराउने बताए । उक्त सरसफाई कार्यक्रममा क्लबका पदाधिकारी, सदस्य खेलाडी खेलप्रेमी लगायत समाजका युवा नेतृत्वकर्ता लगायत बुद्धिजीवीको समेत उपस्थिति रहेको थियो।

ताजा खबर

१० वर्षदेखि तलबभत्ता ज्येष्ठ नागरिक र असहायलाई बाँड्दै वडाध्यक्ष कुवँर

कञ्चनपुर, २४ असोज। जनप्रतिनिधि भएपछि राज्यबाट प्राप्त हुने तलबभत्ता व्यक्तिगत...

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

कञ्चनपुर, २४ असोज। महाकाली नदीमा नेपाल टेलिकमको अप्टिकल फाइबर तार...

उदयदेव सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न, उत्पादनमूलक कर्जामा जोड

कञ्चनपुर, २३ असोज  कञ्चनपुरको पुरानो सहकारी संस्थामध्ये एक उदयदेव बहुउद्देश्यीय...

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?