बेलडाँडीमा जनप्रतिनिधिको जिम्मेवारीबोधबारे प्रश्न ः प्रमुख रानाको एक्लो तर दृढ नेतृत्व

विमल धामी
बेलडाँडी १५ साउन ।
लोकतन्त्रमा जनप्रतिनिधि जनताको इच्छा, आवश्यकता र आवाजलाई नीति र कार्यान्वयनमार्फत व्यवहारमा उतार्ने संवाहक हुन् । उनीहरूको चरित्र, सोच र कार्यशैली देश र समाजको समुन्नतिको आधारशिला हो । तर, बेलडाँडी गाउँपालिकामा यस्ता आदर्श मूल्य र व्यवहार थोरै जनप्रतिनिधिमा मात्रै देखिन थालेका छन् ।

एक आदर्श जनप्रतिनिधि निःस्वार्थ सेवाभाव, जवाफदेहिताको भावना र इमानदार चरित्रको संयोजन हुन् । भ्रष्टाचारविरुद्ध कडाइ, जनताको गुनासोप्रति संवेदनशीलता, र कानुन तथा नीति प्रणालीको गहिरो ज्ञान हुनुपर्छ ।

त्यसैगरी, सडक, शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि, खानेपानी जस्ता आधारभूत आवश्यकतामा योजनाबद्ध रूपमा काम गर्ने क्षमताशील नेतृत्व चाहिन्छ । समानता र समावेशीताको भावना, जनतासँग नजिक हुने स्वभाव, र मेलमिलापकारी नेतृत्वपना अत्यावश्यक गुण हुन् ।

बेलडाँडीमा यस्ता आदर्श गुण अधिकांश जनप्रतिनिधिमा अनुपस्थितजस्तै देखिन्छ । पालिकाको सामान्य प्रशासनदेखि विकासका महत्त्वपूर्ण नीतिगत निर्णयहरूमा समेत धेरैजसो प्रतिनिधि ‘पछाडि हट्ने’ प्रवृत्ति देखा परेको छ ।

‘माछो देख्दा दुलो हात, सर्प देखे बाहिर हात’ भन्ने नेपाली उखानजस्तै व्यवहारले बेलडाँडीको समृद्धिको यात्रामा अवरोध पैदा गरिरहेको छ । निर्णयको संवेदनशील घडीमा केही जनप्रतिनिधिको मौनता वा निष्क्रियता देख्दा स्थानीय जनतामा असन्तोष बढेको छ ।

तर यतिबेलासम्म पनि पालिका प्रमुख हरिशचन्द्र राना भने आफ्नो पद र जिम्मेवारीप्रति प्रतिबद्ध देखिएका छन् । जनहितमा आवश्यक निर्णय लिन पछि नपर्ने, पालिकाले आनावश्यक बेर्होनु पर्ने आर्थिक भार रोक्ने प्रयास गर्ने, बेलडाँडीको समस्या बुझ्ने र समाधान गर्न सक्रिय रहने नेतृत्व उनले देखाइरहेका छन् । यति मात्र होइन प्रमुख रानाको नेतृत्व क्षमताको एउटा उदाहरण हो, चवन्नी बजारको सडक विस्तार ।

उनले आफ्नै ७ कट्ठा जमिन साटेर बनाएको घरेडी र त्यसमा निर्माण गरिएको सटर सडकको नक्सामा परेको थाहा पाएपछि कुनै हिचकिचाहट नगरी स्वेच्छाले डोजर लगाई हटाए । व्यक्तिगत नाफाभन्दा जनताको हितमा फराकिलो सडकको अवधारणा लिएर अघि बढ्नु नेपाली राजनीतिमा बिरलै देखिने साहसी निर्णय हो । यस्तो कामले रानालाई न केवल लोकप्रिय बनाएको छ, बरु सबै जनप्रतिनिधिका लागि अनुकरणीय उदाहरण पनि स्थापित गरेको छ ।

उनको नेतृत्वमा केही आधारभूत पूर्वाधार निर्माणदेखि जनमुखी योजनासम्म अगाडि बढाइएका छन् । धेरै जसो निर्णयमा साथ नपाउँदा पनि उनी एक्लै अग्रसर भएर जिम्मेवारी निभाइरहेका छन्, जुन सन्दर्भमा उनले प्रशंसा पाउनु स्वाभाविक हो ।

बेलडाँडीको समृद्धिको यात्रा व्यक्तिमा सीमित हुन नसक्ने कुरा स्पष्ट छ । प्रमुख रानाको दृढतासँगै बाँकी जनप्रतिनिधिहरूमा पनि जिम्मेवारीबोध, जनउत्तरदायिता र सक्रियता देखिनु आवश्यक छ।

जनताको सेवा गर्नु पदको सौभाग्य होइन, जिम्मेवारी हो भन्ने सोचसँगै काम नगर्ने प्रवृत्तिको अन्त्यबिना विकासको गति सम्भव छैन। बेलडाँडीको समृद्धिको सपना पूरा गर्न सबै जनप्रतिनिधिले एउटै दिशा र दृष्टिकोणमा अघि बढ्नुपर्ने समय यही हो ।

ताजा खबर

मझगाउँ विमानस्थलमाथि बाट हालेको विद्युतलाई सार्न माग गर्दै विद्युत् प्राधिकरणलाई संघर्ष समितिको ज्ञापन

कञ्चनपुर, २९ असार कञ्चनपुरको महेन्द्रनगरस्थित निर्माणाधीन मझगाउँ विमानस्थलको धावनमार्ग (रनवे)...

कञ्चनपुरका तीन किसान भीमदत्त उत्कृष्ट किसान पुरस्कारबाट सम्मानित

कञ्चनपुर २६ असार कञ्चनपुरका तिन जना किसानलाई भीमदत्त उत्कृष्ठ किसान...

त्रिविसहित सात विश्वविद्यालयका उपकुलपति नियुक्त

काठमाडौँ, १९ असार   प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले त्रिभुवन...

अदालतको फैसला कार्यान्वयनका लागि पत्रकार खेम भण्डारी पक्राउ

कञ्चनपुर १८ असार कञ्चनपुरका पत्रकार खेम भण्डारीलाई अदालतबाट भएको...

महाकाली करिडोरमा वैकल्पिक सडकको अभाव, फेरि आन्दोलन चर्काउने स्थानीय युवाको चेतावनी

कञ्चनपुर १२ असार कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत भीमदत्त...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?