दोधाराचाँदनी नगरपालिका–१० राप्रपा वडा कमिटिको अध्यक्षमा रावल

कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका–१० मा राष्ट्रिय प्रजातन्त्र पार्टीले वडा कमिटि पुर्नगठन सम्पन्न गरेको छ ।
शनिबार दोधाराचाँदनी नगरपालिका –१० मा विर बहादुर शाहको अध्यक्षतामा नव निर्वाचित अध्यक्ष रोशन रावलको
साथमा २५ जनाको कमिटी गठन गरीएको हो ।
आयोजित कार्यक्रम शाहको अध्यक्षतामा प्रमुख अतिथि राप्रपा सुदूरपश्चिम प्रदेश अध्यक्ष धर्मराज जोशी रहनु भएको थियो भने केन्द्रिय सदस्य ईन्द्र बहादुर खत्री, केन्द्रिय सल्लाहकार दशरथ जोशी लगायत वडा,नगर कमिटि सदस्य तथा पार्टी शुभेच्छुकहरुको सहभागिता रहेको थियो ।
उक्त वडा अधिबेशनबाट उपाध्यक्षमा कृष्ण बस्नेत,रोहन बुढा क्षेत्री, सन्जु रेग्मी, सचिव सुरज बुढा,सहसचिव पदम रोकाया कोषाध्यक्ष बर्षा सुनार, सदस्यहरुमा जितु खत्री,भिम बहादुर सुनार,मिन बहादुर राना,गोरख सुनार,विर बहादुर धामी,बलराम नाथ,गौरी नेपाली,जनक खत्री,रोशन ठकुरी,शुमन परियार,गौरी सुनार,मैना सुनार,ललिता सुनार,मिना खत्री जिवन थापा,दिल बहादुर थापा मगर,किसन रोकाया मनोनित भएका थिए ।
उक्त वडा कमिटि गठन भेलालाई सम्बोदन गर्दै सुदूरपश्चिम प्रदेश अध्यक्ष जोशीले राष्ट्रको ढुकुटि लुट्न पल्केका भ्रष्टहरुबाट देश जोगाउन सबै ठाउँबाट राष्ट्रभक्त जनताले एक हुने समय आएको कुरामा जोड दिदै अवपनि सबैले एक हुन नसके सिंङ्गो राष्ट्र खतरामा परेको भन्दै राप्रपाको राष्ट्र जोगाउने अभियानमा सहभागि हुन आव्हान गरेका हुन । यसैगरी आयोजित कार्यक्रमलाई सम्बोदन गर्दै युवाहरुले एकजुट भएर राष्ट्र निर्माणमा लाग्न दोधाराचाँदनी नगरपालिका ५ का वडा अध्यक्ष केशब बहादुर खत्रीले जोड्दिएका थिए । दोधाराचाँदनी नगरपालिकामा शनिबार को वडा कमिटि गठन अन्तिम वडा रहे सगै उक्त वडाको कमिटिले पूर्णता पाए पछि नगरका १० वडामा राप्रपाको वडा कमिटि गठन पुरा भएको छ भने कञ्चनपुर जिल्ला भरी रहेका गाउँ÷नगर पालिका मध्ये राप्रपाको वडा कमिटि पुर्नगठनमा नगर भरीका वडालाई पूर्णता
दिने शुक्लाफाँटा नगर पहिलो रहेको थियो भने दोधाराचाँदनी नगर दोस्रो नम्बरमा रहेको छ ।
राप्रपा केन्द्रिय कमिटीको निर्देशन अनुरुप वडा गठनलाई निरन्तरता दिईएको कञ्चनपुर जिल्ला निर्वाचन सदस्य भुवन चन्द्र ओझाले जानकारी दिएका छन ।

ताजा खबर

लटिनाथ मावि दार्चुलाका विद्यार्थी माल कञ्चनपुरमा छाडा बिरामी पशुको उपचार गर्दैै

कञ्चनपुर, साउन १४ दूरपश्चिम प्रदेशको पहाडी जिल्ला दार्चुलाका एक विद्यार्थी...

नेपाल आमाको मूर्ति बनाउन दानेश्वर हरी बहुमुखी क्याम्पसद्वारा आर्थिक सहयोग

कञ्चनपुर, १३ साउन । कञ्चनपुरकोे एक क्याम्पसले जिल्लाको उत्तरी भेग...

सुपवि स्ववियु स्थगित प्रकरण ः क्रान्तिकारीविच कुटाकुट ः पाटीले ग¥यो, क्रान्तिकारी नेता विष्टलाई कार्बाही

कञ्चनपुर, १२ साउन सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस निर्वाचनको विषयलाई लिएर...

काँग्रेस नेता साउदले मागे, निर्मला हत्यारामाथि कार्बाही

कञ्चनपुर, साउन ११ नेपाली काँग्रेस नेता एनपी साउदले निर्मलाका हत्यारामाथि...

माओवादी निकट महिला संगठनको प्रशन, गृहमन्त्री ज्यु निर्मलाका हत्यारा सार्वजनिक कहिले हुन्छन ?

माओवादी निकट महिला संगठनको प्रश्न, गृहमन्त्री ज्यु निर्मलाका हत्यारा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?