दोधाराचाँदनी नगरपालिका–१० राप्रपा वडा कमिटिको अध्यक्षमा रावल

कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका–१० मा राष्ट्रिय प्रजातन्त्र पार्टीले वडा कमिटि पुर्नगठन सम्पन्न गरेको छ ।
शनिबार दोधाराचाँदनी नगरपालिका –१० मा विर बहादुर शाहको अध्यक्षतामा नव निर्वाचित अध्यक्ष रोशन रावलको
साथमा २५ जनाको कमिटी गठन गरीएको हो ।
आयोजित कार्यक्रम शाहको अध्यक्षतामा प्रमुख अतिथि राप्रपा सुदूरपश्चिम प्रदेश अध्यक्ष धर्मराज जोशी रहनु भएको थियो भने केन्द्रिय सदस्य ईन्द्र बहादुर खत्री, केन्द्रिय सल्लाहकार दशरथ जोशी लगायत वडा,नगर कमिटि सदस्य तथा पार्टी शुभेच्छुकहरुको सहभागिता रहेको थियो ।
उक्त वडा अधिबेशनबाट उपाध्यक्षमा कृष्ण बस्नेत,रोहन बुढा क्षेत्री, सन्जु रेग्मी, सचिव सुरज बुढा,सहसचिव पदम रोकाया कोषाध्यक्ष बर्षा सुनार, सदस्यहरुमा जितु खत्री,भिम बहादुर सुनार,मिन बहादुर राना,गोरख सुनार,विर बहादुर धामी,बलराम नाथ,गौरी नेपाली,जनक खत्री,रोशन ठकुरी,शुमन परियार,गौरी सुनार,मैना सुनार,ललिता सुनार,मिना खत्री जिवन थापा,दिल बहादुर थापा मगर,किसन रोकाया मनोनित भएका थिए ।
उक्त वडा कमिटि गठन भेलालाई सम्बोदन गर्दै सुदूरपश्चिम प्रदेश अध्यक्ष जोशीले राष्ट्रको ढुकुटि लुट्न पल्केका भ्रष्टहरुबाट देश जोगाउन सबै ठाउँबाट राष्ट्रभक्त जनताले एक हुने समय आएको कुरामा जोड दिदै अवपनि सबैले एक हुन नसके सिंङ्गो राष्ट्र खतरामा परेको भन्दै राप्रपाको राष्ट्र जोगाउने अभियानमा सहभागि हुन आव्हान गरेका हुन । यसैगरी आयोजित कार्यक्रमलाई सम्बोदन गर्दै युवाहरुले एकजुट भएर राष्ट्र निर्माणमा लाग्न दोधाराचाँदनी नगरपालिका ५ का वडा अध्यक्ष केशब बहादुर खत्रीले जोड्दिएका थिए । दोधाराचाँदनी नगरपालिकामा शनिबार को वडा कमिटि गठन अन्तिम वडा रहे सगै उक्त वडाको कमिटिले पूर्णता पाए पछि नगरका १० वडामा राप्रपाको वडा कमिटि गठन पुरा भएको छ भने कञ्चनपुर जिल्ला भरी रहेका गाउँ÷नगर पालिका मध्ये राप्रपाको वडा कमिटि पुर्नगठनमा नगर भरीका वडालाई पूर्णता
दिने शुक्लाफाँटा नगर पहिलो रहेको थियो भने दोधाराचाँदनी नगर दोस्रो नम्बरमा रहेको छ ।
राप्रपा केन्द्रिय कमिटीको निर्देशन अनुरुप वडा गठनलाई निरन्तरता दिईएको कञ्चनपुर जिल्ला निर्वाचन सदस्य भुवन चन्द्र ओझाले जानकारी दिएका छन ।

ताजा खबर

महाकाली बहुप्राविधिक शिक्षालय द्धारा दुर्गम वस्ति खल्ला मुसेट्टीमा निःशुल्क विषेसज्ञ स्वास्थ्य शिविर सञ्चालन

कञ्चनपुर २४ जेठ महाकाली बहुप्राविधिक शिक्षालय कञ्चनपुरको आयोजनामा भीमदत्त नगरपालिकाको...

भीमदत्त नगर स्तरिय टि २० क्रिकेट प्रतियोगिताको उपाधी मोर्निङ ग्लोरी स्कुललाई

कञ्चनपुर २४ जेठ कञ्चनपुरको होली फेम्ली ईङलिश मिडियम स्कुलमा आयोजना...

भीमदत्तमा मानव–वन्यजन्तु सहअस्तित्व कार्यक्रम : वातावरण संरक्षणसँगै द्वन्द्व न्यूनीकरणमा जोड

कञ्चनपुर भीमदत्त नगरपालिकाको आयोजना तथा निड्स नेपालको समन्वयमा, WWF नेपाल...

सरसफाइ तथा वृक्षारोपण गर्दै कञ्चनपुरमा विश्व वातावरण दिवस मनाइयो

कञ्चनपुर २२ जेठ विश्व वातावरण दिवसको अवसरमा कञ्चनपुरको भीमदत्त नगरपालिकामा...

दोधारा चाँदनीका १ महिने होजियारी तालिम सम्पन्न 

  पप्पु गुरुङ  कञ्चनपुर १९ जेठ महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले कञ्चनपुरको दोधारा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?