मनोरञ्जन तथा साँस्कृतिक मिनी ०८२ मेला शुरु

कञ्चनपुर १० साउन ।
कञ्चनपुरको महेन्द्रनगर खुलामञ्चमा मनोरञ्जन तथा साँस्कृतिक मिनी ०८२ मेला शुरु भएको छ ।
भीमदत्त नगरपालिका ४ महेन्द्रनगर खुला मञ्चमा शुक्रबारदेखि सुदूरपश्चिम समावेसी अपाङ्गता संघको आयोजना, भावना एम्युजमेन्ट प्रालिको व्यवस्थापिक र भीमदत्त नगरपालिका स्थानीय सरकारको सरक्षकत्वमा साँस्कृतिक डे–नाईट मेला शुरु भएको होे ।
‘पर्यटन, संस्कृति खेल र व्यापार सुदूरपश्चिमको आधार’ भन्ने मुल नाराका साथ मनोरञ्जन तथा साँस्कृतिक मिनी ०८२ मेला संचालनमा आएको छ । सुदूरपश्चिम समावेसी अपाङ्गता संघका अध्यक्ष उपेन्द्र खडायतले सूदूरपश्चिमको कला, संस्कृति सरक्षणका लागि मेला आयोजना गरिएको बताए । मेलामा २५ स्टलमा विभिन्न व्यवसायीक बस्तु तथा सेवा रहेका छन ।
मेलाको साँझ ६ बजेतिर औपचारिक उद्घाटन भीमदत्त नगरका समाजिक विकास समितिका संयोजक समेत रहेका ४ का वडाध्यक्ष शुशिल भट्टले मेला उद्घाटन गर्दै क्षेत्रको साँस्कृतिक, आर्थिक, समाजिक बृद्धि विकासका लागि मेला संचालन आश्यक रहेको औल्याए । उनले मेलालाई नगरको बृद्धि विकास सग जोड्नुपर्नेमा जोडदिए । मेला आयोजकले भने ‘यस पटक हामीले पहिलो पटक दिउँसो र केही रातीसम्म मेला संचालन गर्न लागेका छौँ, ‘उनले भने, ‘यस क्षेत्रको आर्थिक गतिबिधी समेत चलायमान हुनेछ ।’ प्रति एक टिकेट बिक्रि बाफत नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरलाई अक्षष कोष बनाउन २ रुपैया र अपाङ्गताको हित सरक्षणका लागि पनि २ रुपैया छुट्याईने बताए ।
यस क्षेत्रबाट थुप्रै राष्ट्रिय अन्र्तराष्ट्रिय क्रिकेट खेलाडी भएकाले उनीहरुको सम्मान र जिल्लाका क्रिकेट बृद्धि विकासका लागि क्रिकेट संघलाई नै पार्किङ्ग जिम्मा दिएको सो बाफतको रकम क्रिकेट संघलाई नै दिईने छ ।
भावना एम्युजमेन्ट प्रालिका मार्केटिङ्ग निर्देशक तेज कार्कीले मेलाबाट मनोरञ्जनका साथै आर्थिक, साँस्कृृतिक बृद्धि विकासमा टेवा पुग्ने बताए ।
मेला साँस्कृतिक संयोजक करन पालले स्थानीय एव राष्ट्रिय कलाकारबाटै प्रस्तुती हुने बताए । उनले स्थानीय कलाकारको प्रर्बद्धनदेखिका कार्यक्रम हुने बताए । २९साउनसम्मै संचालन हुने मेला अवलोकनका लागि सर्वधारण तर्फ एकसय र विद्यार्थी सहुलियत ५०रुपैया निर्धारण गरिएको छ ।

ताजा खबर

१० वर्षदेखि तलबभत्ता ज्येष्ठ नागरिक र असहायलाई बाँड्दै वडाध्यक्ष कुवँर

कञ्चनपुर, २४ असोज। जनप्रतिनिधि भएपछि राज्यबाट प्राप्त हुने तलबभत्ता व्यक्तिगत...

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

कञ्चनपुर, २४ असोज। महाकाली नदीमा नेपाल टेलिकमको अप्टिकल फाइबर तार...

उदयदेव सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न, उत्पादनमूलक कर्जामा जोड

कञ्चनपुर, २३ असोज  कञ्चनपुरको पुरानो सहकारी संस्थामध्ये एक उदयदेव बहुउद्देश्यीय...

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?