स्थानीय सरकारले अत्याचार गरेको भन्दै भीमदत्त नगरपालिका बिरुद्ध शिक्षक आक्र्रोसित

कञ्चनपुर, ७ साउन

सामुदायिक विद्यालयका कार्यरत शिक्षक बिरुद्धमा स्थानीय भीमदत्त नगर सरकारले अत्याचार गर्न खोजेको भन्दै शिक्षक आक्र्रोसित भएका छन । पालिकाले शिक्षकको बृद्धि विकासका लागि अनावश्यक दुख दिन लागेकोे भन्दै शिक्षक पालिका बिरुद्धमा उत्रिएका हुन । बुधबार नेपाल शिक्षक महासंघ नगर समितिकोे अगुवाईमा विद्यालय कर्मचारी, बाल विकासका शिक्षक, राहत, अनुदान, निजी स्रोत, अस्थायी शिक्षकले भीमदत्त नगरपालिकामा अल्टिमेटम दिएका छन । सेवा करार सम्झौताका नाममा मानसिक यातना दिने काम गरेको भन्दै पहिलो दिन पालिकामा ज्ञापन पत्र बुझाएको जनाएका छन । नेपाल शिक्षक महासंघ भीमदत्त नगरका अध्यक्ष दिवाकर जोशीले शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख हरिदत्त जोशीलाई ज्ञापन पत्र बुझाउँदै शिक्षा ऐन जारी हुने बेला भीमदत्त नगरपालिकाले विद्यालयमा पत्र पठाएर अनावश्यक दुख दिन खोजेको हुँदा ज्ञापन पत्र बुझाएर सचेत गराएको बताए । भीमदत्त नगरपालिका १८ भगतपुर शिव ज्ञानेश्वरका शिक्षक समेत रहेका नेपाल राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष नविन सिह धामीले बषौँदेखि नियुक्ती लिएर सामुदायिक विद्यालयमा योगदान पु¥याईरहेका शिक्षक, कर्मचारीमाथि स्थानीय सरकारले अन्याय मात्रै होईन अत्याचार गर्न खोजेको बताए । धामीले शिक्षकमाथि अत्याचार गर्न स्थानीय सरकार उत्साहित भएको बताउँदै अस्थायी प्रकृतिका सबैखाले शिक्षक तथा विद्यालय कर्मचारीहरुलाई दास बनाएर बधुवा मजदुर जस्तो व्यवहार गरेको दावि गरेका छन । सुनियोजित तरिकाले साविक उच्च मावि, राहत अनुदान, शिक्षण सिकाइ अनुदान, बालविकास शिक्षक एवं विद्यालय कर्मचारीहरुलाई करार नियुक्तिको म्याद थप तथा सेवा करार सम्झौताका नाममा शिक्षण पेशाको नै मानमर्दन हुने गरी प्रताडित गर्ने तथा मानसिक तनाव दिने कार्य तत्काल बन्द गर्नु पर्नेमा जोडदिएका छन । ‘अहिले आफुहरुलाई हटाउनका लागि सुनियोजित ढंगले रणनिति तैयार भईरहेको छ, ‘उनले भने, ‘प्र्रत्येक ६ महिनामा नविकरण गर्ने भन्ने बुँदामा आफुहरुले काम नगर्ने बरु यही पालिकामा आएर धर्ना दिन्छौ स्थायी शिक्षकहरुले मात्रै पढाउँछन ।’ सरकारले यस अघि शिक्षक महासंघ भएका सम्झौता कार्यान्वयनको साटो अन्याय गर्न खोजेको बताए । बालविकास शिक्षक एवं विद्यालय कर्मचारीहरुलाई करार नियुक्तिको म्याद थप तथा सेवा करार सम्झौताका नाममा शिक्षण पेशाको नै मानमर्दन हुने गरी प्रताडित गर्ने तथा मानसिक तनाव दिने कार्य तत्काल बन्द गर्न हुन नेपाल शिक्षक महासंघ लगायत शसक्त आन्दोलन गर्ने चेतावनी दिएका छन । भीमदत्त नगरपालिका शिक्षा,युवा तथा खेलकुद शाखा प्रमुख हरिदत्त जोशीले राष्ट्रिय सर्तकता केन्द्र, हुँदै शिक्षा विकास तथा समन्वय इकाई लगायतका केन्द्रबाट पठाएको पत्र अस्थायी प्रकृतिका शिक्षक, कर्मचारीको करार सम्झौता गर्न पत्राचार गरेको बताए । ‘हामीले माथिल्ला निकायबाट भईआएको परिपत्र तल विद्यालय पठाएका हौँ, ‘उनले भने, ‘पालिकाको शिक्षकलाई दुख दिने नियत होईन ।’

ताजा खबर

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय 

काठमाडौँ, ७ जेठ  शिक्षा तथा खेलकुद मन्त्रालयले आगामी असार १...

विश्वविद्यालयका उपकुलपतिको कामकाजको जिम्मेवारी दिइएका प्राध्यापकहरूसँग अन्तरक्रिया

काठमाडौँ, ५ जेठ विभिन्न विश्वविद्यालयहरूमा संक्रमणकालका लागि उपकुलपतिको कामकाज गर्ने...

कलाकर्मी तथा समाजसेवी चन्दद्वारा बृद्धाआश्रममा  खाद्यान्न सहयोग

कञ्चनपुर ०२ जेष्ठ कलाकर्मी तथा समाजसेवी गोरख बहादुर चन्दले कञ्चनपुरको...

महाकाली साहित्य संगमको ३५ औँ संगम दिवसको अवसरमा अन्तर्राष्ट्रिय सेमिनार आयोजना

कञ्चनपुर ०१ जेठ महाकाली साहित्य संगमको ३५ औँ संगम दिवसको...

दोधाराचाँदनीमा शारीरिक अपाङ्गता सहायक सामाग्री चेकजाचँ शिविर 

कञ्चनपुर ३१ बैशाख  कञ्चनपुरको एक नगरपालिकाले शारीरिक अपाङ्गता सहायक सामाग्री...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?