कृषिको यथेष्ट तथ्याङ्कमा जोड

कञ्चनपुर, असार ३१
कञ्चनपुरका सरोकारवालाहरुले कृषिकोे यथेष्ट तथ्याङ्कमा जोडदिएका छन । कृषि ज्ञान केन्द्र कञ्चनपुरले मंगलबार महेन्द्रनगरमा ‘कृषि तथ्याङ्क अद्यावधिकका लागि जिल्लाका पालिका प्रमुख, उपप्रमुख सहितका सरोकारवालासग गरेको अन्तरकृया कार्यक्रममा सरोकारवालाहरुले कृषिकोे यथेष्ट तथ्याङ्कमा जोडदिएका हुन ।
जिल्लाभरी कृषिका विभिन्न उत्पादित बस्तुको यथेष्ट विवरण बाहिर आए कृषि तर्फको वास्तविक अवस्था बाहिर आउने र त्यसको बृद्धि विकासका लागि थप सहज हुने बताएका छन ।
कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख गोबिन्द सिजापतीले जिल्लामा कृषिको तथ्याङ्क अद्यावधिकका लागि पालिकाको महत्वपूर्ण भूमिका हुने भएकाले संयुक्त छलफल गरिएको बताए । उनका अनुसार जिल्लाका पालिका प्रमुख, उपप्रमुख सहितका जनप्रतिनिधी, कृषि शाखाका कर्मचारीहरुसंग आ–आफ्नो पालिकामा उत्पादित कृषि बस्तुको गणना सहजताका लागि संयुक्त छलफल गरिएको बताए ।
कार्यक्रममा कृषि ज्ञान केन्द्र कञ्चनपुरका कृषि विकास अधिकृत धर्मसिह साउदले कार्यपत्र प्रस्तुत गर्दै कृषिजन्य बस्तुको भारतबाट आयात बढ्नेक्रम नरोकिएको बताए । भूमि व्यवस्था तथा कृषि तथा सहकारी मन्त्रालयका निमित्त सचिव टिकेन्द्र कुश्मीले पनि कृषि बस्तुको आयात नरोकिएकाले कृषिमै आत्मनिर्भरका लागि पालिकाले समेत भूमिका निर्वाहमा जोडदिए ।
कञ्चनपुरका युवा किसान गोबिन्द विष्टले अनुदान लैजाने काम नगर्ने तर काम नगर्ने प्रवृतिले किसानको यथेष्ट तथ्याङ्क नआउने बताए । अर्का किसान राम बहादुर रानाले किसानमुखी कार्यक्रम संचालनमा जोडडदिए ।
तथ्याङ्क अधिकृत गोबिन्द न्यौपानेले कृषि तर्फको तथ्याङ्कमा देखिएका समस्या निराकरण गर्दैै एकिन तथ्याङ्क संरचना खडा गर्नुपर्नेमा सुझाव दिएका छन । बेलडाँडी गाँउपालिका उपप्रमुख शान्ति नाथले कृषिकोे बृद्धि विकासका कार्यक्रम प्रभावकारी संचालनका लागि आश्यक रहेको औल्याए । बेलौरी नगरपालिका प्रमुख पोतिलाल चौधरीले कृृषि क्षेत्रकोे विकासका लागि आवश्यक बजेट दिनुपर्नेमा सुझाव दिए समानुपातिक बजेट वितरणमा विभेद नगर्न सुझाव दिए । जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले स्थानीय तहहरुलाई रैथान कृषि बस्तु उत्पादनमा जोडदिएका छन । भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री बीर बहादुर थापा९पातल०ले मन्त्रालयले कृषि विकास प्रर्बद्धनका कार्यक्रम संचालन गरिएको बताए । मन्त्री पातलले प्रदेशभरी कृषिमा आत्मनिर्भरका कार्यक्रम अघि बढेको बताए । मन्त्री पातलले कृषि तर्फको बृद्धि विकासका लागि यकिन तथ्याङ्कका लागि पहल गर्ने बताए । कार्यक्रममा कृषि मन्त्रालय, ज्ञान केन्द्र पालिका जनप्रतिनिधी सहितका सरोकारवालाको सहभागिता रहेको थियो ।

ताजा खबर

निर्माण व्यवसायी संघ कञ्चनपुर नयाँ नेतृत्वका लागि पुष्पराज अवस्थीको प्यानल घोषणा

कञ्चनपुर, १६ भदौँ निर्माण व्यवसायी संघ कञ्चनपुरको नयाँ नेतृत्व चयनका...

गोल्डमिडिलिष्ट युवा निर्माण व्यवसायी दिपक भट्ट कञ्चनपुर निर्माण व्यवसायी संघ उपाध्यक्षको दौडमा

कञ्चनपुर, १४ भदौँ कञ्चनपुरका युवा निर्माण व्यवसायी दिपक भट्ट संघको...

गायक टंक तिमिल्सिना अस्ट्रेलिया प्रस्थान गौरा पर्व २०२५ मा धमाकेदार प्रस्तुति दिने तयारी

 — लोकप्रिय गायक टंका तिमिल्सिना हिजो अष्ट्रेलियातर्फ प्रस्थान गरेका...

विद्यालय शिक्षा विधेयक बिरुद्ध निजी विद्यालयका संचालक र सरकारी विद्यालयका शिक्षकको एक स्वर

सञ्जु महर कञ्चनपुर, ११ भदौँ सरकारले ल्याउन लागेको विद्यालय शिक्षा विधेयक९ऐन०...

मायादेवीमा एमालेबाट उपाध्यक्षमा उम्मेदवार बनेकी पासीसहित १०१ जना राप्रपामा प्रवेश

कपिलबस्तु ०८ भदौ । कपिलवस्तु क्षेत्र नम्बर १ मायादेवी गाउँपालिकाबाट...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?