कृषिको यथेष्ट तथ्याङ्कमा जोड

कञ्चनपुर, असार ३१
कञ्चनपुरका सरोकारवालाहरुले कृषिकोे यथेष्ट तथ्याङ्कमा जोडदिएका छन । कृषि ज्ञान केन्द्र कञ्चनपुरले मंगलबार महेन्द्रनगरमा ‘कृषि तथ्याङ्क अद्यावधिकका लागि जिल्लाका पालिका प्रमुख, उपप्रमुख सहितका सरोकारवालासग गरेको अन्तरकृया कार्यक्रममा सरोकारवालाहरुले कृषिकोे यथेष्ट तथ्याङ्कमा जोडदिएका हुन ।
जिल्लाभरी कृषिका विभिन्न उत्पादित बस्तुको यथेष्ट विवरण बाहिर आए कृषि तर्फको वास्तविक अवस्था बाहिर आउने र त्यसको बृद्धि विकासका लागि थप सहज हुने बताएका छन ।
कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख गोबिन्द सिजापतीले जिल्लामा कृषिको तथ्याङ्क अद्यावधिकका लागि पालिकाको महत्वपूर्ण भूमिका हुने भएकाले संयुक्त छलफल गरिएको बताए । उनका अनुसार जिल्लाका पालिका प्रमुख, उपप्रमुख सहितका जनप्रतिनिधी, कृषि शाखाका कर्मचारीहरुसंग आ–आफ्नो पालिकामा उत्पादित कृषि बस्तुको गणना सहजताका लागि संयुक्त छलफल गरिएको बताए ।
कार्यक्रममा कृषि ज्ञान केन्द्र कञ्चनपुरका कृषि विकास अधिकृत धर्मसिह साउदले कार्यपत्र प्रस्तुत गर्दै कृषिजन्य बस्तुको भारतबाट आयात बढ्नेक्रम नरोकिएको बताए । भूमि व्यवस्था तथा कृषि तथा सहकारी मन्त्रालयका निमित्त सचिव टिकेन्द्र कुश्मीले पनि कृषि बस्तुको आयात नरोकिएकाले कृषिमै आत्मनिर्भरका लागि पालिकाले समेत भूमिका निर्वाहमा जोडदिए ।
कञ्चनपुरका युवा किसान गोबिन्द विष्टले अनुदान लैजाने काम नगर्ने तर काम नगर्ने प्रवृतिले किसानको यथेष्ट तथ्याङ्क नआउने बताए । अर्का किसान राम बहादुर रानाले किसानमुखी कार्यक्रम संचालनमा जोडडदिए ।
तथ्याङ्क अधिकृत गोबिन्द न्यौपानेले कृषि तर्फको तथ्याङ्कमा देखिएका समस्या निराकरण गर्दैै एकिन तथ्याङ्क संरचना खडा गर्नुपर्नेमा सुझाव दिएका छन । बेलडाँडी गाँउपालिका उपप्रमुख शान्ति नाथले कृषिकोे बृद्धि विकासका कार्यक्रम प्रभावकारी संचालनका लागि आश्यक रहेको औल्याए । बेलौरी नगरपालिका प्रमुख पोतिलाल चौधरीले कृृषि क्षेत्रकोे विकासका लागि आवश्यक बजेट दिनुपर्नेमा सुझाव दिए समानुपातिक बजेट वितरणमा विभेद नगर्न सुझाव दिए । जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले स्थानीय तहहरुलाई रैथान कृषि बस्तु उत्पादनमा जोडदिएका छन । भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री बीर बहादुर थापा९पातल०ले मन्त्रालयले कृषि विकास प्रर्बद्धनका कार्यक्रम संचालन गरिएको बताए । मन्त्री पातलले प्रदेशभरी कृषिमा आत्मनिर्भरका कार्यक्रम अघि बढेको बताए । मन्त्री पातलले कृषि तर्फको बृद्धि विकासका लागि यकिन तथ्याङ्कका लागि पहल गर्ने बताए । कार्यक्रममा कृषि मन्त्रालय, ज्ञान केन्द्र पालिका जनप्रतिनिधी सहितका सरोकारवालाको सहभागिता रहेको थियो ।

ताजा खबर

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय 

काठमाडौँ, ७ जेठ  शिक्षा तथा खेलकुद मन्त्रालयले आगामी असार १...

विश्वविद्यालयका उपकुलपतिको कामकाजको जिम्मेवारी दिइएका प्राध्यापकहरूसँग अन्तरक्रिया

काठमाडौँ, ५ जेठ विभिन्न विश्वविद्यालयहरूमा संक्रमणकालका लागि उपकुलपतिको कामकाज गर्ने...

कलाकर्मी तथा समाजसेवी चन्दद्वारा बृद्धाआश्रममा  खाद्यान्न सहयोग

कञ्चनपुर ०२ जेष्ठ कलाकर्मी तथा समाजसेवी गोरख बहादुर चन्दले कञ्चनपुरको...

महाकाली साहित्य संगमको ३५ औँ संगम दिवसको अवसरमा अन्तर्राष्ट्रिय सेमिनार आयोजना

कञ्चनपुर ०१ जेठ महाकाली साहित्य संगमको ३५ औँ संगम दिवसको...

दोधाराचाँदनीमा शारीरिक अपाङ्गता सहायक सामाग्री चेकजाचँ शिविर 

कञ्चनपुर ३१ बैशाख  कञ्चनपुरको एक नगरपालिकाले शारीरिक अपाङ्गता सहायक सामाग्री...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?