शिक्षक महासंघद्वारा बेदकोट नगरलाई ज्ञापन

कञ्चनपुर, २ असार ।
नेपाल शिक्षक महासंघले कञ्चनपुरकोे एक स्थानीय सरकारलाई ज्ञापन पत्र बुझाएको छ । शिक्षक महासंघ बेदकोट नगर समितिले बेदकोट नगरपालिका स्थानीय सरकारलाई ज्ञापन पत्र बुझाएको हो ।
नेपाल शिक्षक महासंघ बेदकोट नगरका सचिव गणेश बहादुर धानुकले सोमबार नगर प्रमुख भोजराज बोहरालाई ज्ञापन पत्र बुझाएको बताए । सचिव धानुकका अनुसार तीन बुँदे माग अघि सारेर ज्ञापन पत्र बुझाईएको छ । शिक्षक महासंघले नगर शिक्षक सिकाई अनुदानमा कार्यरत शिक्षक तथा विद्यालय कर्मचारीको समय सापेक्ष पारिश्रमिक दिनुपर्ने, शिक्षक, तथा कर्मचारीको पेशागत असिभबृद्धिका लागि सुचना तथा प्रविधि लगायतका पेशागत तालिमको प्रबन्ध गर्नुपर्ने र

शिक्षक महासघले बर्षभरीमा गर्ने विभिन्न शैक्षिक क्रियाकलाप गर्न आवश्यक बजेटको माग अघि सारिएको छ ।
शिक्षक महासंघ बेदकोट नगरका अध्यक्ष रण बहादुर दौल्याल, सहअध्यक्ष शिवदत्त विष्ट र सचिव गणेश बहादुर धानुकले हस्ताक्षर गरेको ज्ञापन पत्रमा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बृद्धि गर्न र विद्यार्थीलाई प्रविधिमैत्री गुणस्तरीय शिक्षा र शिक्षक तथा कर्मचारीको पेशागत विकासका लागि स्थानीय सरकारले गम्भिर चासो दिनुपर्नेमा जोडदिएका छन । ज्ञापन पत्र बुझ्दै शिक्षक महासंघले अघि सारेका सामुदायिक विद्यालय बृद्धि विकासका मागमा नगरपालिका अघि बढ्ने प्रतिबद्धता जाहेर गरेका छन ।

ताजा खबर

राप्रपा बेदकोट नगरको अध्यक्षमा चन्द

धन सिह धामी, पुष १० राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बेदकोट नगरको...

युवा व्यवसायी प्रदिप पाल वाणिज्य संघ कोषाध्यक्षको दौडमा

केशव थापा कञ्चनपुर, पुष १० आउँदो शनिबार १९पुषमा कञ्चनपुर उद्योग...

एमाले उपमहासचिव लेखराज भट्टका भाई गोर्कण रास्वपातिर, भन्छन सुप प्रदेशमा १नम्बर पाटी बनाउँछु 

  कञ्चनपुर, पुष  १० नेकपा एमालेका उपमहासचिव एव सुदूरपश्चिम प्रदेश इन्चार्ज...

स्वर्गीय आमाको वार्षिक पुण्यतिथिमा जेष्ठ नागरिकलाई भोजन

कञ्चनपुर  - ९, पौष कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ८...

बालविवाह अन्त्यका लागि सरोकारवालासंग छलफल 

धन सिह धामी कञ्चनपुर पुष ८  कञ्चनपुरमा बढ्दै गएको बालविवाह रोक्नका...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?