माध्यामिक विद्यालय गणित÷विज्ञान प्रर्दशनी ः गणित तर्फ लक्ष्मी मावि बागफाँटा र विज्ञान तर्फ महेन्द्रनगर नमुना मावि (साधारण) प्रथम

धन सिह धामी
कञ्चनपुर, ३१ जेठ ।
कञ्चनपुरमा जिल्ला स्तरिय अन्तर माध्यामिक विद्यालय गणित÷विज्ञान प्रर्दशनी भएको छ । शुक्रबार भीमदत्त नगरपालिका ६ ऐठपुर महेन्द्रनगरमा माध्यामिक विद्यालय गणित÷विज्ञान प्रर्दशनी भएको होे ।
शान्ति निकेतन माध्यामिक विद्यालयको आयोजना र शिक्षा विकास निर्देशनालय दिपालय डोटीको आर्थिक सहयोगमा गणित÷विज्ञान प्रर्दशनी गरिएको जनाएको छ ।
शान्ति निकेतन माध्यामिक विद्यालयका प्रद्यानाध्यापक पुष्पराज ओझाले विद्यार्थीलाई गणित र विज्ञानप्रति आकर्षित गराउनका लागि प्रतियोगिता आयोजना गरिएको बताए । प्रअ ओझाका अनुसार विज्ञान तर्फ ९ र गणित तर्फ १५ सहित २४विद्यालय सहभागि रहेका थिए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका समाजिक विकास कार्यालय कञ्चनपुरका प्रमुख गोपाल दत्त जोशीले उक्त कार्यक्रमबाट विद्यार्थीको सिकाईमा अभिबृद्धि हुने बताए ।
गणित तर्फ लक्ष्मी मावि बागफाँटा र विज्ञान तर्फ महेन्द्रनगर नमुना मावि९साधारण स्कुल० प्रथम भएको छ । गणित तर्फ ईन्टरनेशनल पब्लिक स्कुल र विज्ञान तर्फ निङलाशैनी मावि गोबरैयाले द्वितिय स्थान हासिल गरेका छन ।
गणित तर्फ महेन्द्रनगर नमुना मावि९साधारण स्कुल० र विज्ञान तर्फ सत्यवादी मावि तृतिय भएका छन । गणित तर्फ सत्यवादी मावि र विज्ञान तर्फ आयोजक शान्ति निकेतन मावि र होलीफेम्ली एकेडेमीले सान्त्वना पुरस्कार पाएका छन । प्रथम, द्वितिय, तृतिय र सान्त्वना पाउने विद्यालयले क्रमस नगद ४, ३, २ र १ हजार रुपैयाका साथै प्रमाण पत्र पाएका छन । कार्यक्रमका बिशिष्ठ अतिथि समेत रहेका भीमदत्त नगरपालिका ६का वडाध्यक्ष प्रकास बहादुर चन्दले विद्यार्थीविच गणित र विज्ञान प्रर्दशनीमा यस्ता कार्यक्रमले थप शिक्षण सिकाई अभिबृद्धि हुने बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका समाजिक विकास कार्यालय कञ्चनपुरका प्रमुख गोपाल दत्त जोशीले उक्त कार्यक्रमबाट विद्यार्थीको सिकाईमा अभिबृद्धि हुने बताए । विजेता विद्यार्थीहरुलाई सम्बन्धीत विद्यालयले समेत बधाई ज्ञापन गरेका छन ।

ताजा खबर

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

चार करोडको लागत अनुमानमा बनेको संग्रहालय प्रयोगविहीन

कञ्चनपुर, ३० भदौ । राज्यको करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका...

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?