माध्यामिक विद्यालय गणित÷विज्ञान प्रर्दशनी ः गणित तर्फ लक्ष्मी मावि बागफाँटा र विज्ञान तर्फ महेन्द्रनगर नमुना मावि (साधारण) प्रथम

धन सिह धामी
कञ्चनपुर, ३१ जेठ ।
कञ्चनपुरमा जिल्ला स्तरिय अन्तर माध्यामिक विद्यालय गणित÷विज्ञान प्रर्दशनी भएको छ । शुक्रबार भीमदत्त नगरपालिका ६ ऐठपुर महेन्द्रनगरमा माध्यामिक विद्यालय गणित÷विज्ञान प्रर्दशनी भएको होे ।
शान्ति निकेतन माध्यामिक विद्यालयको आयोजना र शिक्षा विकास निर्देशनालय दिपालय डोटीको आर्थिक सहयोगमा गणित÷विज्ञान प्रर्दशनी गरिएको जनाएको छ ।
शान्ति निकेतन माध्यामिक विद्यालयका प्रद्यानाध्यापक पुष्पराज ओझाले विद्यार्थीलाई गणित र विज्ञानप्रति आकर्षित गराउनका लागि प्रतियोगिता आयोजना गरिएको बताए । प्रअ ओझाका अनुसार विज्ञान तर्फ ९ र गणित तर्फ १५ सहित २४विद्यालय सहभागि रहेका थिए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका समाजिक विकास कार्यालय कञ्चनपुरका प्रमुख गोपाल दत्त जोशीले उक्त कार्यक्रमबाट विद्यार्थीको सिकाईमा अभिबृद्धि हुने बताए ।
गणित तर्फ लक्ष्मी मावि बागफाँटा र विज्ञान तर्फ महेन्द्रनगर नमुना मावि९साधारण स्कुल० प्रथम भएको छ । गणित तर्फ ईन्टरनेशनल पब्लिक स्कुल र विज्ञान तर्फ निङलाशैनी मावि गोबरैयाले द्वितिय स्थान हासिल गरेका छन ।
गणित तर्फ महेन्द्रनगर नमुना मावि९साधारण स्कुल० र विज्ञान तर्फ सत्यवादी मावि तृतिय भएका छन । गणित तर्फ सत्यवादी मावि र विज्ञान तर्फ आयोजक शान्ति निकेतन मावि र होलीफेम्ली एकेडेमीले सान्त्वना पुरस्कार पाएका छन । प्रथम, द्वितिय, तृतिय र सान्त्वना पाउने विद्यालयले क्रमस नगद ४, ३, २ र १ हजार रुपैयाका साथै प्रमाण पत्र पाएका छन । कार्यक्रमका बिशिष्ठ अतिथि समेत रहेका भीमदत्त नगरपालिका ६का वडाध्यक्ष प्रकास बहादुर चन्दले विद्यार्थीविच गणित र विज्ञान प्रर्दशनीमा यस्ता कार्यक्रमले थप शिक्षण सिकाई अभिबृद्धि हुने बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका समाजिक विकास कार्यालय कञ्चनपुरका प्रमुख गोपाल दत्त जोशीले उक्त कार्यक्रमबाट विद्यार्थीको सिकाईमा अभिबृद्धि हुने बताए । विजेता विद्यार्थीहरुलाई सम्बन्धीत विद्यालयले समेत बधाई ज्ञापन गरेका छन ।

ताजा खबर

एसईई उत्र्तिण विद्याथीलाई एलबिएको सम्मान

कञ्चनपुर, असार २८ कञ्चनपुरकोे एक निजी विद्यालयले माध्यामिक परीक्षा...

माओवादी केन्द्र भीमदत्त नगर ५को सम्मेलन, अध्यक्षमा तिरुवा

 कञ्चनपुर, असार २८ नेकपा माओवादी केन्द्र भीमदत्त नगरपालिका ५नम्बर वडाको...

नवराज भट्टको काँधमा बैजनाथ मावि पिटिए

डिल्लीराज पन्त, असार २७ कञ्चनपुर महेन्द्रनगरको बैजनाथ माध्यामिक विद्यालय...

सुदूरका युवा उद्यमी चन्द औद्योगिक तथा लगानी प्रर्बद्धन बोड सदस्यमा नियुक्त

कञ्चनपुर, असार २७ सुदूरपश्चिम प्रदेशका एक युवा उद्यमी औद्योगिक तथा...

विष्णू मन्दिर सडक मापदण्ड अनुरुप गुणस्तरिय बनाउन स्थानीयको माग

कञ्चनपुर २६ असार । कञ्चनपुरको उत्तरी भेग विष्णू मन्दिर सडक...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?