भीमदत्तमा सडक बत्ती, जनतालाई सहता सगै दुर्घटनाबाट सुरक्षित बन्दै  

कञ्चनपुर, २९ जेठ ।

कञ्चनपुरको भीमदत्त नगरपालिकामा सडक बत्ती जडान गरिएको छ । भीमदत्त नगरपालिकाले राजमार्गदेखि बजार क्षेत्रमा सडक बत्ती जडान गरेकोे होे । उज्यालो भीमदत्त बनाउने अभियान अन्र्तरगत पुर्वपश्चिम महेन्द्रराजमार्ग सहित बजार क्षेत्रमा सडक बत्ती जडान गरिएको जनाएको छ ।

भीमदत्त नगरका मेयर पदम बोगटी यात्रु नागरिक सहजताका लागि राजमार्गको दुवैतर्फ सडकमा सौर्यबत्ती जडान गरिएकोे बताए । ‘हामीले भीमदत्तलाई उज्याँलो बनाउने अभियान अघि सारेका छौँ, ‘मेयर बोगटीले भने, ‘जस अनुरुप पहिलो चरण अन्र्तरगत भाँसीको काङलापुलदेखि ट्राफिकचोकसम्म १सय १७बत्ती जडान गरिसकेका छौँ ।’ बजार क्षेत्रमा क्षेत्रीय शहरी विकास परियोजना मार्फत बत्ति जडान गरिएको छ ।

मेयर बोगटीले बिहान विद्यार्थीदेखि साँझ यात्रुको सुरक्षाका लागि उज्यालो दिन खोजिएको बताए । ‘बिहानै विद्यार्थी कलेज आउँछन, सडकमा अध्याँरो हुन्छ, अध्याँरोले आउन जान समस्या हुन्थ्यो, ‘मेयर बोेगटीले भने, ‘साँझ सवारी साधन दुर्घटनाबाट बचाउन सडक बत्ती काम लागेको छ ।’

मेयर बोगटीले क्रमिक रुपमा भीमदत्त नगरको पुरै राजमार्ग गड्डाचौकी सहित नगरका मुख्य चोक गाँउबस्ती, भिडभाँड हुने, सार्वजनिक स्थलमा समेत जडान गर्ने बताए । बजारदेखि राजमार्ग क्षेत्रमा सडक बत्तीले महेन्द्रनगर बजार झिलिमिली भएको छ । जसका कारण सवारी दुर्घटना न्यूनिकरण भएको जनाईएको छ । बजारमा झिलिमिली उज्याँलो भएपछि विद्यार्थी, सर्वसाधारण, यातायातका सवारी साधनलाई यात्रा गर्न सहज भएको स्थानीयको भनाई छ । नगरबासीले थप बत्ती जडान गर्नुपर्नेमा सुझाव दिएका छन

ताजा खबर

‘मानसखण्ड लोकसंस्कृति सम्मेलन तथा लिटिल बुद्ध अन्तर्राष्ट्रिय काव्यगोष्ठी

सञ्जय महर, मंसिर २० कञ्चनपुरको महेन्द्रनगरमा दुई दिनसम्म सञ्चालन भएको...

मोतिलाल डगौराकोे काँधमा आरक्षपीडित संघर्ष समिति कञ्चनपुर हाक्ने जिम्मेबारी

कञ्चनपुर, मंसिर २० आरक्षपीडित संघर्ष समिति कञ्चनपुर हाक्ने मोतिलाल डगौराको...

हार्डवेयर व्यवसायी संघ कञ्चनपुरको १२औँ अधिवेशन ः अध्यक्षमा मिश्र र महासविचमा भट्ट

धन सिंह धामी कञ्चनपुर, २०मंसिर हार्डवेयर तथा निर्माण समाग्री व्यवसायी संघ...

सिद्धनाथ मन्दिर विकास समितिको १९औँ बार्षिक साधारण सभा ः धार्मिक पर्यटनमा जोड

धन सिह धामी कञ्चनपुर, मंसिर २० कञ्चनपुरको सिद्धनाथ मन्दिर विकास...

कञ्चनपुरमा बेथिति नियन्त्रणकोे माग अघि सार्दै अखिल समाजवादीको प्रशासनलाई ज्ञापन 

धन सिह धामी, मंसिर १९ कञ्चनपुरमा भईरहेको बेथिति नियन्त्रणको माग...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?