भीमदत्तमा सडक बत्ती, जनतालाई सहता सगै दुर्घटनाबाट सुरक्षित बन्दै  

कञ्चनपुर, २९ जेठ ।

कञ्चनपुरको भीमदत्त नगरपालिकामा सडक बत्ती जडान गरिएको छ । भीमदत्त नगरपालिकाले राजमार्गदेखि बजार क्षेत्रमा सडक बत्ती जडान गरेकोे होे । उज्यालो भीमदत्त बनाउने अभियान अन्र्तरगत पुर्वपश्चिम महेन्द्रराजमार्ग सहित बजार क्षेत्रमा सडक बत्ती जडान गरिएको जनाएको छ ।

भीमदत्त नगरका मेयर पदम बोगटी यात्रु नागरिक सहजताका लागि राजमार्गको दुवैतर्फ सडकमा सौर्यबत्ती जडान गरिएकोे बताए । ‘हामीले भीमदत्तलाई उज्याँलो बनाउने अभियान अघि सारेका छौँ, ‘मेयर बोगटीले भने, ‘जस अनुरुप पहिलो चरण अन्र्तरगत भाँसीको काङलापुलदेखि ट्राफिकचोकसम्म १सय १७बत्ती जडान गरिसकेका छौँ ।’ बजार क्षेत्रमा क्षेत्रीय शहरी विकास परियोजना मार्फत बत्ति जडान गरिएको छ ।

मेयर बोगटीले बिहान विद्यार्थीदेखि साँझ यात्रुको सुरक्षाका लागि उज्यालो दिन खोजिएको बताए । ‘बिहानै विद्यार्थी कलेज आउँछन, सडकमा अध्याँरो हुन्छ, अध्याँरोले आउन जान समस्या हुन्थ्यो, ‘मेयर बोेगटीले भने, ‘साँझ सवारी साधन दुर्घटनाबाट बचाउन सडक बत्ती काम लागेको छ ।’

मेयर बोगटीले क्रमिक रुपमा भीमदत्त नगरको पुरै राजमार्ग गड्डाचौकी सहित नगरका मुख्य चोक गाँउबस्ती, भिडभाँड हुने, सार्वजनिक स्थलमा समेत जडान गर्ने बताए । बजारदेखि राजमार्ग क्षेत्रमा सडक बत्तीले महेन्द्रनगर बजार झिलिमिली भएको छ । जसका कारण सवारी दुर्घटना न्यूनिकरण भएको जनाईएको छ । बजारमा झिलिमिली उज्याँलो भएपछि विद्यार्थी, सर्वसाधारण, यातायातका सवारी साधनलाई यात्रा गर्न सहज भएको स्थानीयको भनाई छ । नगरबासीले थप बत्ती जडान गर्नुपर्नेमा सुझाव दिएका छन

ताजा खबर

कञ्चनपुरका तीन किसान भीमदत्त उत्कृष्ट किसान पुरस्कारबाट सम्मानित

कञ्चनपुर २६ असार कञ्चनपुरका तिन जना किसानलाई भीमदत्त उत्कृष्ठ किसान...

त्रिविसहित सात विश्वविद्यालयका उपकुलपति नियुक्त

काठमाडौँ, १९ असार   प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले त्रिभुवन...

अदालतको फैसला कार्यान्वयनका लागि पत्रकार खेम भण्डारी पक्राउ

कञ्चनपुर १८ असार कञ्चनपुरका पत्रकार खेम भण्डारीलाई अदालतबाट भएको...

महाकाली करिडोरमा वैकल्पिक सडकको अभाव, फेरि आन्दोलन चर्काउने स्थानीय युवाको चेतावनी

कञ्चनपुर १२ असार कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत भीमदत्त...

सुदूरपश्चिमका हेमराज भट्ट रास्वपाको केन्द्रीय सदस्यमा निर्वाचित, १,१३७ मतसहित पहिलो महाधिवेशनमै ऐतिहासिक सफलता

काठमाडौं, १२ असार  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनबाट...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?