धुम्रपान रहित दिवसकाे अवशरमा कञ्चनपुरमा वक्तृत्वकला

कञ्चनपुर, जेठ १७
कञ्चनपुरमा विश्व धुम्रपान रहित दिवसमा वक्तृत्वकला आयोजना गरिएको छ । हेल्प नेपालको आयोजनामा शनिबार महेन्द्रनगरमा विद्यालय स्तरीय खुला वक्तृत्वकता प्रतिभा आयोजना गरिएको हो ।

‘विश्व धुम्रपान रहित दिवस, २०२५ विसेस नसामुक्त समाज निर्माणमा हाम्रो भूमिका विषयक खुला वक्तृत्वकता प्रतिभा आयोजना गरिएको जनाएको छ । हेल्प नेपाल कञ्चनपुरका अध्यक्ष एव धुम्रपान निषेधका अभियन्ता मदन बहादुर चन्दले धुम्रपान मुक्त समाज निर्माणका लागि विद्यार्थीमा ज्ञान अभिबृद्धिकालागि कार्यक्रम गरिएको बताए । उनका अनुसार ०६८ सालमा सरकारले सार्वजनिक स्थलमा धुम्रपान निषेध गरेपनि खुलेयाम बिक्रि वितरण भईरहेकोप्रति दुख व्यक्त गर्दै आम विद्यार्थीलाई धुम्रपान बारे सचेत गराउन कार्यक्रम राखिएको बताए । उक्त वक्तृत्वकला प्रतियोगिताका प्रमुख अतिथि समेत रहेका सुप प्रदेश योजना आयोग सदस्य हिरा चन्दले कार्यक्रम मार्फत समाज सुुधारमा टेवा पुग्ने बताए ।

उक्त वक्तृत्वकला प्रतियोगितामा प्रथम युनाईटेडकी छात्रा सम्बृद्धि ऐरी, द्वितिय ईन्टरनेशलका छात्र माईकल चन्द, तृतिय निङलाशैनीकी छात्रा उपासना भट्ट र सान्त्वनामा महेन्द्रनगर नमुना मावि साधारणका रोहित पन्त भएका छन ।

विजेता प्रथमलाई नगद ३ हजार ५सय ५, द्वितियलाई नगद २ हजार ५सय ५, तृतियलाई नगद १हजार ५सय ५ र सान्त्वना तर्फ १हजार ५ रुपैया प्रमाण पत्र वितरण गरिएको थियो ।

ताजा खबर

बेलडाँडीमा आलु खेतीतर्फ किसानको आकर्षण, पकेट क्षेत्र कार्यक्रम प्रभावकारी

कञ्चनपुर ०२, पौष कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा रहेको सिद्ध वैजनाथ...

मेयर बोगटीः स्वर्गीय आमा–बुवाको स्मृतिमा प्रभात विद्या निकेतनलाई सहयोग

कञ्चनपुर २९, पौष  भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले...

राप्रपा बैतडीको अध्यक्षमा पुनः इन्द्रदेवशरण भट्ट चयन 

बैतडी,२८ पाैष ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बैतडीको अध्यक्षमा पुनः...

राप्रपा भीमदत्तनगर -४ वडा कमिटी अध्यक्षमा गुप्ता 

अमित ठाकुर  कञ्चनपुर, २६पाैष । राष्ट्रिय प्रजातन्त्र पार्टी भीमदत्तनगर वडा नंं...

बेदकोट ८का वडाध्यक्ष महेश जोशीको सकृयताले वडाका जनता लालपुर्जा पाउँदै 

धनसिह धामी   कञ्चनपुर, २४पुष कञ्चनपुरको बेदकोट नगरपालिका ८का लालपुर्जा बिहिन जनता...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?