धुम्रपान रहित दिवसकाे अवशरमा कञ्चनपुरमा वक्तृत्वकला

कञ्चनपुर, जेठ १७
कञ्चनपुरमा विश्व धुम्रपान रहित दिवसमा वक्तृत्वकला आयोजना गरिएको छ । हेल्प नेपालको आयोजनामा शनिबार महेन्द्रनगरमा विद्यालय स्तरीय खुला वक्तृत्वकता प्रतिभा आयोजना गरिएको हो ।

‘विश्व धुम्रपान रहित दिवस, २०२५ विसेस नसामुक्त समाज निर्माणमा हाम्रो भूमिका विषयक खुला वक्तृत्वकता प्रतिभा आयोजना गरिएको जनाएको छ । हेल्प नेपाल कञ्चनपुरका अध्यक्ष एव धुम्रपान निषेधका अभियन्ता मदन बहादुर चन्दले धुम्रपान मुक्त समाज निर्माणका लागि विद्यार्थीमा ज्ञान अभिबृद्धिकालागि कार्यक्रम गरिएको बताए । उनका अनुसार ०६८ सालमा सरकारले सार्वजनिक स्थलमा धुम्रपान निषेध गरेपनि खुलेयाम बिक्रि वितरण भईरहेकोप्रति दुख व्यक्त गर्दै आम विद्यार्थीलाई धुम्रपान बारे सचेत गराउन कार्यक्रम राखिएको बताए । उक्त वक्तृत्वकला प्रतियोगिताका प्रमुख अतिथि समेत रहेका सुप प्रदेश योजना आयोग सदस्य हिरा चन्दले कार्यक्रम मार्फत समाज सुुधारमा टेवा पुग्ने बताए ।

उक्त वक्तृत्वकला प्रतियोगितामा प्रथम युनाईटेडकी छात्रा सम्बृद्धि ऐरी, द्वितिय ईन्टरनेशलका छात्र माईकल चन्द, तृतिय निङलाशैनीकी छात्रा उपासना भट्ट र सान्त्वनामा महेन्द्रनगर नमुना मावि साधारणका रोहित पन्त भएका छन ।

विजेता प्रथमलाई नगद ३ हजार ५सय ५, द्वितियलाई नगद २ हजार ५सय ५, तृतियलाई नगद १हजार ५सय ५ र सान्त्वना तर्फ १हजार ५ रुपैया प्रमाण पत्र वितरण गरिएको थियो ।

ताजा खबर

महाकाली बहुप्राविधिक शिक्षालय द्धारा दुर्गम वस्ति खल्ला मुसेट्टीमा निःशुल्क विषेसज्ञ स्वास्थ्य शिविर सञ्चालन

कञ्चनपुर २४ जेठ महाकाली बहुप्राविधिक शिक्षालय कञ्चनपुरको आयोजनामा भीमदत्त नगरपालिकाको...

भीमदत्त नगर स्तरिय टि २० क्रिकेट प्रतियोगिताको उपाधी मोर्निङ ग्लोरी स्कुललाई

कञ्चनपुर २४ जेठ कञ्चनपुरको होली फेम्ली ईङलिश मिडियम स्कुलमा आयोजना...

भीमदत्तमा मानव–वन्यजन्तु सहअस्तित्व कार्यक्रम : वातावरण संरक्षणसँगै द्वन्द्व न्यूनीकरणमा जोड

कञ्चनपुर भीमदत्त नगरपालिकाको आयोजना तथा निड्स नेपालको समन्वयमा, WWF नेपाल...

सरसफाइ तथा वृक्षारोपण गर्दै कञ्चनपुरमा विश्व वातावरण दिवस मनाइयो

कञ्चनपुर २२ जेठ विश्व वातावरण दिवसको अवसरमा कञ्चनपुरको भीमदत्त नगरपालिकामा...

दोधारा चाँदनीका १ महिने होजियारी तालिम सम्पन्न 

  पप्पु गुरुङ  कञ्चनपुर १९ जेठ महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले कञ्चनपुरको दोधारा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?