कञ्चनपुर, ११ बैशाख ।
बन्यजन्तुको आक्र्रमणबाट जोगिनका लागि कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रका स्थानीयलाई टर्च वितरण गरिएको छ । सिद्धनाथ विज्ञान क्याम्पस महेन्द्रनगरले भीमदत्त नगरपालिका क्षेत्रका निकुञ्ज क्षेत्रका स्थानीयलाई टर्च वितरण गरिएको हो ।
सिद्धनाथ विज्ञान क्याम्पस प्राणीशास्त्र विभागका उपप्राध्यापक डा। बलराम अवस्थीले निकुञ्जबाट गाँउबस्तीमा प्रवेस गर्ने हात्तीबाघ लगायतका जनावारबाट बाँच्न र बन्यजन्तुले अन्नबालीमा क्षति पु¥याउने कार्य रोक्न टर्च वितरण गरिएको बताए । उनका अनुसार रर्फडको आर्थिक सहयोगमा मानव हात्तीद्वन्द्व युनिकरण परियोजना मार्फत टर्च वितरण गरिएको बताए ।
बिहिबार शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापनका अध्यक्ष लव विष्टलाई लामो दुरीसम्म उज्यालो देखिने टर्च वितरण गरिएको छ । यस अघि बेदकोट नगरपालिका क्षेत्रका किसानलाई टर्च वितरण गरिएको थियो ।
यसैविच बिहीबार मानव हात्ती सह अस्थित्व र वैकल्पिक जिपिकोपार्न सम्बन्धी स्थानीयसंग छलफल पनि गरिएको छ । मानव हात्तीद्वन्द्व युनिकरण परियोजना संयोजक समेत रहेका सिद्धनाथ विज्ञान क्याम्पसमा उपप्राध्यापक डा।बलराम अवस्थीले कञ्चनपुुुरमा पछिल्ला बर्षहरुमा हात्ती सहितका ठुला जनावरबाट मानिसदेखि अन्नबाली भौतिक सरचनामा क्षति पु¥याउन थालेपछि मानव बन्यजन्तु विचद्वन्द्व न्यूनिकरणका लागि समुदायसग सचेतना कार्यक्रम गरिएको छ ।
राष्ट्रिय प्राकृतिक सरक्षण कोषका प्रमुख सरक्षण अधिकृत लक्ष्मीराज जोशीले निकुञ्जको कोर एसिया र बबरजोनविच दुरी नभई बस्ती भएकाले कञ्चनपुरमा मानव–बन्यजन्तुविचद्वन्द्वका घटना बढिरहेको बताए । ‘कोर एरियासंगै बफरजोन हुनुपर्ने हो, तर यहाँ छैन, सिधै बस्ती नै छ, ‘उनले भने, ‘त्यसैले मानव बन्यजन्तुका घटना बढिरहेका छन, रोक्नका लागि सरोकारवाला सचेत हुनुपर्ने छ ।’ सिद्धनाथ विज्ञान क्याम्पस प्रमुख गजराम दमाईले प्राकृतिक सन्तुलन नहुँदाद्वन्द्वका घटना बढिरहेकोे बताउँदै न्यूनिकरणमा जोडदिएका छन । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक सरक्षण अधिकृत पुरुषोत्तम बाग्लेले बन्यजन्तुबाट मानव र बस्तीमाथि हुने क्षति न्यूनिकरणका लागि निकुञ्ज प्रशासनले थुप्रै कार्यक्रम गरेको बताए । बन्यजन्तुबाट बाँच्नका लागि उनले अब बन्यजन्तुले उपभोग नगर्ने खेतीबाली लगाउनुपर्नेमा जोडदिएका छन । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष लव विष्टले प्राप्त टर्चलाई किसानलाई आवश्यकका आधारमा टर्च वितरण गरिने बताए । बन्यजन्तुको बासस्थापन खुम्चिदै गएपछि द्वन्द्व बढिरहेको भन्दै न्यूनिकरणमा जोडदिएका छन ।



