बन्यजन्तुबाट जोगिन निकुञ्ज क्षेत्रका स्थानीयलाई टर्च

कञ्चनपुर, ११ बैशाख ।
बन्यजन्तुको आक्र्रमणबाट जोगिनका लागि कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रका स्थानीयलाई टर्च वितरण गरिएको छ । सिद्धनाथ विज्ञान क्याम्पस महेन्द्रनगरले भीमदत्त नगरपालिका क्षेत्रका निकुञ्ज क्षेत्रका स्थानीयलाई टर्च वितरण गरिएको हो ।
सिद्धनाथ विज्ञान क्याम्पस प्राणीशास्त्र विभागका उपप्राध्यापक डा। बलराम अवस्थीले निकुञ्जबाट गाँउबस्तीमा प्रवेस गर्ने हात्तीबाघ लगायतका जनावारबाट बाँच्न र बन्यजन्तुले अन्नबालीमा क्षति पु¥याउने कार्य रोक्न टर्च वितरण गरिएको बताए । उनका अनुसार रर्फडको आर्थिक सहयोगमा मानव हात्तीद्वन्द्व युनिकरण परियोजना मार्फत टर्च वितरण गरिएको बताए ।
बिहिबार शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापनका अध्यक्ष लव विष्टलाई लामो दुरीसम्म उज्यालो देखिने टर्च वितरण गरिएको छ । यस अघि बेदकोट नगरपालिका क्षेत्रका किसानलाई टर्च वितरण गरिएको थियो ।
यसैविच बिहीबार मानव हात्ती सह अस्थित्व र वैकल्पिक जिपिकोपार्न सम्बन्धी स्थानीयसंग छलफल पनि गरिएको छ । मानव हात्तीद्वन्द्व युनिकरण परियोजना संयोजक समेत रहेका सिद्धनाथ विज्ञान क्याम्पसमा उपप्राध्यापक डा।बलराम अवस्थीले कञ्चनपुुुरमा पछिल्ला बर्षहरुमा हात्ती सहितका ठुला जनावरबाट मानिसदेखि अन्नबाली भौतिक सरचनामा क्षति पु¥याउन थालेपछि मानव बन्यजन्तु विचद्वन्द्व न्यूनिकरणका लागि समुदायसग सचेतना कार्यक्रम गरिएको छ ।
राष्ट्रिय प्राकृतिक सरक्षण कोषका प्रमुख सरक्षण अधिकृत लक्ष्मीराज जोशीले निकुञ्जको कोर एसिया र बबरजोनविच दुरी नभई बस्ती भएकाले कञ्चनपुरमा मानव–बन्यजन्तुविचद्वन्द्वका घटना बढिरहेको बताए । ‘कोर एरियासंगै बफरजोन हुनुपर्ने हो, तर यहाँ छैन, सिधै बस्ती नै छ, ‘उनले भने, ‘त्यसैले मानव बन्यजन्तुका घटना बढिरहेका छन, रोक्नका लागि सरोकारवाला सचेत हुनुपर्ने छ ।’ सिद्धनाथ विज्ञान क्याम्पस प्रमुख गजराम दमाईले प्राकृतिक सन्तुलन नहुँदाद्वन्द्वका घटना बढिरहेकोे बताउँदै न्यूनिकरणमा जोडदिएका छन । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक सरक्षण अधिकृत पुरुषोत्तम बाग्लेले बन्यजन्तुबाट मानव र बस्तीमाथि हुने क्षति न्यूनिकरणका लागि निकुञ्ज प्रशासनले थुप्रै कार्यक्रम गरेको बताए । बन्यजन्तुबाट बाँच्नका लागि उनले अब बन्यजन्तुले उपभोग नगर्ने खेतीबाली लगाउनुपर्नेमा जोडदिएका छन । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष लव विष्टले प्राप्त टर्चलाई किसानलाई आवश्यकका आधारमा टर्च वितरण गरिने बताए । बन्यजन्तुको बासस्थापन खुम्चिदै गएपछि द्वन्द्व बढिरहेको भन्दै न्यूनिकरणमा जोडदिएका छन ।

ताजा खबर

सब–इन्जिनियरको दरबन्दी कटौतीको निर्णयप्रति कडा विरोध, तत्काल फिर्ता लिन सरकारसँग माग

काठमाडौं, १७ साउन  जलस्रोत तथा सिंचाइ विभागले सब–इन्जिनियर पदको दरबन्दी...

उच्च शिक्षामा लैङ्गिक समानताको सन्देश फैलाउन खुला भिडियो प्रतियोगिता सम्पन्न

कञ्चनपुर, १५ साउन  उच्च शिक्षामा लैङ्गिक समानताको सन्देश प्रवाह गर्ने उद्देश्यले...

भारतबाट अवैध रूपमा विद्युतीय स्कुटर भित्र्याउने कार्यमा कडाइ

कञ्चनपुर, १५ साउन कञ्चनपुर। भारतबाट भन्सार छली गरी अवैध रूपमा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?