डेन्टल सेवाका लागि भीमदत्तद्वारा महाकाली अस्पताललाई आर्थिक सहयोग

कञ्चनपुर, ५ बैशाख ।
कञ्चनपुरको एक स्थानीय सरकारले महाकाली प्रादेशिक अस्पताललाई अढाई लाख बजेट दिएको छ । भीमदत्त नगरपालिकाले महाकाली प्रादेशिक अस्पताललाई डेन्टल स्वास्थ्य सेवा विस्तारका लागि २लाख ५० हजार आर्थिक सहयोग गरेको हो ।
चालु आर्थिक बर्ष ०८१÷०८२को नीति, तथा कार्यक्रम मार्फत भीमदत्त नगरपालिकाले महाकाली प्रादेशिक अस्पताललाई उक्त आर्थिक सहयोग गरेको जनाएको छ ।
भीमदत्त नगरका प्रमुख कार्यकारी अधिकृत महेश बहादुर बमले शुक्रबार नगरपालिकाले अस्पतालाई चेक हस्तान्तरण गरेको बताए ।उनका अनुसार भीमदत्त नगरका उपप्रमुख निलम लेखकले महाकाली अस्पतालका निमित्त मेसु डा। अर्जुन कुमार भट्टलाई उक्त चेकको रकम हस्तान्तरण गरिएको छ ।
उपप्रमुख निलम लेखकले नगरपालिका क्षेत्रका विपन्न गरिब जनताको दाँत उपचारका लागि उक्त रकम दिएको बताईन । दाँत सम्बन्धी विपन्न बिरामीको उपचारमा टेवा पु¥याउने उदेश्यका साथ अस्पताललाई उक्त रकम दिएको बताए । चेक ग्रहण गर्दै महाकाली प्रादेशिक अस्पतालका निमित्त मेसुु डा। अर्जुन कुमार भट्टले पालिबाट प्राप्त आर्थिक सहयोग डेन्टल सेवामा खर्च गरिने बताए । जिल्ला मुकाममा रहेको भीमदत्त नगरपालिका स्थानीय सरकारले हरेक बर्ष महाकाली अस्पताल र रेडक्रसलाई आर्थिक सहयोग गर्दै आएको छ ।

ताजा खबर

एसईई नतिजा ०८१ ः अमरज्योतीका ८४.४६ प्रतिशत विद्यार्थी उर्तिण

कञ्चनपुर, असार १६ कञ्चनपुरको एक निजी विद्यालयले निरन्तर विद्यार्थी उर्तिण...

पत्रकार राजेन्द्र प्रशाद अवस्थी लाई राम बहादुर चन्द स्मृति पत्रकारिता सम्मान

कञ्चनपुर, १४ असार  कञ्चनपुरका पत्रकार राजेन्द्र प्रशाद अवस्थी लाई राम...

अरुणीमा विद्या मन्दिर उल्टाखाममा पाठ्यपुस्तक रहित शुक्रबारको दिन निशुल्क स्वास्थ्य जाँच शिविर

शुनिल राना कञ्चनपुर १३ असार । कञ्चनपुरको एक निजि विद्यालयले अभिभावक...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?