वाणिज्य संघद्वारा सरुवा भएका कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी सापकोटाको विदाई

कञ्चनपुर २७ चैत ।
कञ्चनपुर उद्योग वाणिज्य संघले प्रमुख जिल्ला अधिकारी नारायण प्रशाद सापकोटाको विदाई गरेको छ । सह सचिव सापकोटा ११ महिनादेखि कञ्चनपुरको प्रमुख जिल्ला अधिकारी(सिडियो)का रुपमा कार्यरत थिए । गृह मन्त्रालयले सापकोटाको मन्त्रालयमा सरुवा गरेको थियो । बुधबार एक कार्यक्रमका विच प्रमुख जिल्ला अधिकारी सापकोटाको वाणिज्य संघले फेरी भेटौँला कार्यक्रम राखेर विदाई गरेको हो ।

कञ्चनपुर उद्योग वाणिज्य संघका महासचिव खगेश्वर प्रशाद बोहराले लामो प्रमुख जिल्ला अधिकारी सापकोटाले जिल्लामा परेको कामकाजको प्रसंसा गर्दै सरुवाका बखत विदाई गरेको बताए । महासचिव बोहराले मायाको चिनो बाफत विजयशालकोे गिलास सहित गिफ्ट दिएर सम्मान विदाई गरेकको बताए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी देश विकासका लागि निजी क्षेत्र सक्षम हुनुपर्ने बताए । कञ्चनपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष एव कावा अध्यक्ष सुरेश गु्रुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा अर्का उपाध्यक्ष धर्मसिह रावलले समापन गरेका थिए । कार्यक्रममा पुर्व खानेपानीमन्त्री अब्दुल खाँको समेत स्वागत गरेको छ । वाणिज्य संघका महासचिव बोहराले पुर्वमन्त्री खाँलाई जिल्लाकोे औद्योगिक बृद्धि विकासका लागि ध्यानाकर्षण गराएका छन । पुर्वमन्त्री खाँले देश विकासका लागि त्रिपक्षीय सम्बन्ध आवश्यक रहेकोे औल्याए । पुर्वमन्त्री खाँले निर्माणधिन महाकाली पुलको समेत स्थलगत अनुगमन गर्दै समयमै पुल निर्माणमा जोडदिएका छन ।

ताजा खबर

बेलडाँडीमा आलु खेतीतर्फ किसानको आकर्षण, पकेट क्षेत्र कार्यक्रम प्रभावकारी

कञ्चनपुर ०२, पौष कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा रहेको सिद्ध वैजनाथ...

मेयर बोगटीः स्वर्गीय आमा–बुवाको स्मृतिमा प्रभात विद्या निकेतनलाई सहयोग

कञ्चनपुर २९, पौष  भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले...

राप्रपा बैतडीको अध्यक्षमा पुनः इन्द्रदेवशरण भट्ट चयन 

बैतडी,२८ पाैष ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बैतडीको अध्यक्षमा पुनः...

राप्रपा भीमदत्तनगर -४ वडा कमिटी अध्यक्षमा गुप्ता 

अमित ठाकुर  कञ्चनपुर, २६पाैष । राष्ट्रिय प्रजातन्त्र पार्टी भीमदत्तनगर वडा नंं...

बेदकोट ८का वडाध्यक्ष महेश जोशीको सकृयताले वडाका जनता लालपुर्जा पाउँदै 

धनसिह धामी   कञ्चनपुर, २४पुष कञ्चनपुरको बेदकोट नगरपालिका ८का लालपुर्जा बिहिन जनता...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?